जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण जीवनशैली फिक्कलमा ‘क्यान्सर सचेतना’ कार्यक्रम सम्पन्न पालिका विशेष सूचना
Hamropalika menu advertisement

इलामको माइबेनीमा मकर मेला

  • प्रकाशित मितिः September 6, 2026
  • हाम्रो पालिका
इलामको माइबेनीमा मकर मेला

फिक्कल: इलामको माई र जोगमाई खोलाको दोभानमा पर्ने माइबेनीमा मकर मेला शुरु भएको छ । आज बिहानैबाट माईजोगमाईको दोभानमा मकर नुहाउनेको भिड लागेको हो । यहाँ मकर स्नान गर्दा सबै पाप हरण हुने धार्मिक विश्वासका साथ सर्वसाधारण माइबेनी मेलामा मकर नुहाउन आउने गरेका छन् । माईजोगमाई गाउँपालिका र इलाम नगरपालिकाको संगम स्थलमा पर्ने बेनीमा मेला लगाउनका लागि केहि दिन अघि देखि नै स्थानीय मेला आयोजक समितिले पहल गरेको थियो । मेलामा स्वदेशी र छिमेकी देश भारतबाट आएका भक्तजनको घुईचो लागेको छ ।
माईमा स्नान गर्न इलाम सहित छिमेकी जिल्ला पाँचथर, ताप्लेजुङ, झापा सहित छिमेकी देश भारतको दार्जिलिङ, सिक्किम, मिरिकबाट हजारौँ सर्वसाधारण आउने गरेका छन् । कोरोना महामारीका कारण बिगतका बर्षहरुमा मेला लाग्न पाएको थिएन । मेलामा स्थानीयले उखु, सुन्तला, तरूल बिक्रीका लागि राखेका छन् । उक्त मेलामा उखु, तरुल, राडीपाखी र भाडावर्तनको अत्यधिक ब्यपार हुँने गरेको छ । माईजोगमाई गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेवेले धार्मीक पर्यटन प्रवर्धन गर्नका लागि मेलाले महत्वपूर्ण सहयोग पुग्ने बताउनु भयो ।
मकर सघ्राान्तिका दिन पवित्र नदीमा गएर मकर स्नान गर्ने हिन्दुहरूको धार्मिक प्रचलन भए पनि माइबेनीमा संस्थागत रूपमा मेला लगाउने कार्य तत्कालिन बडाहाकिम गजराजसिंह थापाको पालादेखि सुरु भएको पाइन्छ । विसं १९२० देखि संस्थागत रूपमा माइबेनी मेला लगाउन सुरुवात भएको बताइन्छ। पहिलेपहिले ताप्लेजुङदेखि राडीपाखी, गलैँचा लिएर आउने व्यापारी मेलाबाट फर्कँदा भोटेघोडा बिक्री गरेर जाने गरेको स्थानीय अग्रजहरुको भनाई छ ।

TOP