जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन कला / मनोरञ्जन आज नवरात्रको पहिलो दिन घटस्थापना जीवनशैली यो भिटामिनको कमीले दिमागमा आउँछ नकारात्मक बिचार अर्थ वाणिज्य तीन करोड भन्दा कमका टुक्रे योजना रोक्का
Hamropalika menu advertisement

इलामको फाकफोथुमका निर्वतमान वडाध्यक्ष थापा सहित १९२ जना एमाले परित्याग गरि कांग्रेसमा प्रवेश

  • प्रकाशित मितिः October 24, 2025
  • हाम्रो पालिका
इलामको फाकफोथुमका निर्वतमान वडाध्यक्ष थापा सहित १९२ जना एमाले परित्याग गरि कांग्रेसमा प्रवेश

इलाम: फाकफोकथुम गाउँपालिकाको आमचोकमा एमाले लगायत अन्य पार्टी परित्याग गरि १९२ जना नेपाली काङ्ग्रेस प्रवेश गरेका छन् । गठबन्धनले हिजो बुधबार आयोजना गरेको चुनावी सभामा ठूलो संख्यामा नेकपा एमालेका कार्यकर्ताले नेपाली काङ्ग्रेस रोजेका हुन् ।पार्टी परित्याग गर्नेमा एमाले फाकफोकथुम गाउँपालिका उपाध्यक्ष एवम् वडा नम्बर ७का निर्वतमान वडाध्यक्ष लोक बहादुर थापा लगायत छन् ।थापा लगायतको ठूलो समूहलाई नेपाली काङ्ग्रेस इलामका सभापति एवम् प्रतिनिधि सभा क्षेत्र नम्बर २का उम्मेदवार डम्बर खड्का,पूर्व सभापति केशव थापा,हिमालय कर्मचार्य लगायतले स्वागत गर्दै पार्टी प्रवेश गराएका थिए ।थापा २०७४ सालको निर्वाचनमा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।कार्यक्रममा थापाले विगत २३ बर्षदेखी इलामको क्षेत्र नम्वर २ बाट सुवासचन्द्र नेम्वाङले चुनाव जितेपनि विकासको नाममा सिन्को नभाचेको बताउँदै अव नेम्वाङबाट कुनै काम नहुने बताए ।२३ बर्षदेखी जनतालाई पटक पटक झुक्याएको बताउँदै थापाले आगामी मसिर ४ गते नेम्वाङलाई विदा गर्नुपर्नेमा जोड दिए ।दुई तिहाईको संसदलाई भंग गरेर एमाले अध्यक्ष ओली तानाशाहा बन्न खोजेकोले संविधानको रक्षाको लागि पाँच दलिय गठबन्धनको आवश्यकता रहेको नेपाली काग्रेस ,माओवादी केन्द्र र नेकपा एसका नेताहरुले बताएका थिए ।

TOP