जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना

  • प्रकाशित मितिः May 28, 2026
  • हाम्रो पालिका
बिहीबार दिउँसोदेखि  मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना

फिक्कल:  बंगाललको खाडीमा विकसित भएको मोन्था नामक सामुद्रिक चक्रवात आगामी दुई दिनभित्र नेपाल प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। चक्रवातको प्रभावले विशेषगरी कोशी र मधेस प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको भन्दै विभागले सतर्क रहन आग्रह गरेको छ। हाल भारतको विशाखपटनम क्षेत्रमा रहेको यो चक्रवात क्रमशः भारतको भू–भाग हुँदै नेपालतिर प्रवेश गर्ने क्रममा रहेको जल तथा मौसम विभागका बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले जानकारी दिएका छन्।

बिहीबारदेखि शनिबारसम्म उच्च जोखिम

पराजुलीकाअनुसार चक्रवातको प्रभाव बिहीबार कात्तिक १३ गते दिउँसोदेखि १५ गते शनिबार दिउँसोसम्म रहने पूर्वानुमान छ। समुन्द्री क्षेत्रबाट ठूलो मात्रामा जलवाष्प बोकेर ल्याएकाले नेपालको विशेषगरी कोशी प्रदेश र मधेस प्रदेशमा भारी वर्षाको सम्भावना छ।यसको प्रभाव बागमती प्रदेश र कोशी प्रदेशका हिमाली क्षेत्रमा पनि फैलिन सक्छ। साथै, उच्च हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको छ, जसले पर्वतारोहण र दैनिक जनजीवनमा असर पार्न सक्छ।

नदीहरूमा जल सतह बढ्ने, नदी तटीय क्षेत्रमा सतर्कता

बाढी पूर्वानुमान शाखा प्रमुख पराजुलीले चक्रवातका कारण ठूला नदीहरूको जल सतह उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको बताएका छन्। बागमती र कोशीजस्ता ठूला नदीमा ठूला बाढी आउने जोखिम नरहे तापनि नदी सतह सतर्कता तहसम्म पुग्न सक्ने भएकाले नदी तटीय क्षेत्रमा बसोवास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ।
यद्यपि, मधेस र कोशी प्रदेशका पहाडी तथा चुरे क्षेत्र भएर बग्ने साना खोला नालाहरूमा भने आकस्मिक तथा तिब्र बहावको सम्भावना रहेको भन्दै कात्तिक १३ गते रातिदेखि १५ गतेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

जल तथा मौसम विभागका प्रवक्ता विभूति पोखरेलले पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावले गर्दा मंगलबार बदली देखिएको बताए। उनकाअनुसार, बुधबारदेखि मौसममा सुधार आउँदै जानेछ, तर बिहीबारबाट चक्रवात ुमोन्थाु सक्रिय हुने भएकाले नेपालको मौसम फेरि प्रभावित हुनेछ।रोतोपाटीबाट

TOP