जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

२० लाख किसानलाई परिचय पत्र वितरण गरिने :कृषि मन्त्री अधिकारी

  • प्रकाशित मितिः May 29, 2026
  • हाम्रो पालिका
२० लाख किसानलाई परिचय पत्र वितरण गरिने :कृषि मन्त्री अधिकारी

फिक्कल:
कृषि तथा पशुपंछी बिकास मन्त्री रामनाथ अधिकारीले नेपालका २० लाख किसानलाई किसान परिचय पत्र वितरण गरीने बताउनु भएको छ।
्इलामको रोङ गाउँपालिकामा आयोजित गुरु किसान घोषणा तथा साना किसान कृषि प्रशोधन उद्योगको उद्घाटन गर्दै मन्त्री अधिकारीले पहिचान खुलेका २० लाख किसानलाई चाडै परिचय पत्र बितरण गरीने बताउनु भएको हो ।
मन्त्री अधिकारीले नेपाल सरकारले गुरु किसान पहिचान गर्न नसकेको अवस्थामा रोङ गाउँपालिकाले गर्न सकेको भन्दै आगामी आर्थिक बर्षको बजेटमा गुरु किसानलाई प्रविधि हस्तान्तरणका लागि तीन करोड रुपियाँ मन्त्रालयले सहयोग गर्ने बताउनु भयो । मन्त्री अधिकारीले भन्नु भयो‘तीन तहका सरकार मिलेर देश भर गुरु किसान जन्माउन सकियो भने मात्र देशमा समृद्धि आउने छ ।’ उहाले किसानका नाममा बिगतमा अनुदानको रकम हिनामिना भएको बताउदै आगामी दिनमा खास किसानको पहिचान खुलाएर मात्र सहयोग गरीने जानकारी दिनु भयो ।
उक्त अवसरमा कोशी प्रदेश उद्योग कृषि तथा सहकारी बिकास मन्त्री खगेन सिंह लिम्बुले तीनै तहका सरकार बिच समन्वय गरेर किसानको समृद्धिका क्ष्पेत्रमा काम गर्नु पर्ने बताउनु भयो । मन्त्री लिम्बुले कृषि पेशालाई ब्यवस्थित र मर्यादित बनाएर युवालाई बिदेशीनबाट रोक्नु पर्ने बताउनु भयो । उहाले कोशी प्रदेश सरकारले आवश्यक्ताका आधारमा स्थानीय पालिकाहरुको माग सम्बोधन गरीने जानकारी दिनु भयो । कोशी प्रदेशलाई खोरेत मुक्त बनाउनका लागि पहल भैरहेको जानकारी दिदै संघीय , प्रदेश र स्थानीय सरकारको समन्वयमा तीन खम्बे तीति अवलम्बन गरी किसानको पक्षमा काम गर्नु पर्नेमा जोड दिनु भयो ।
उक्त अवसरमा रोङ गाउँपालिकाले उत्पादन गरेका कृषि जन्य बस्तुको प्रसोधन गर्ने गरी निर्माण गरीएको साना किसान कृषि प्रशोधन उद्योगको उद्घाटन गरीएको थियो । उक्त उद्योगमा गुन्द्रुक , चिया, तिते करेला आदिको प्रसोधन गरीने गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले जानकारी दिनु भयो । उक्त अवसरमा एक सय २१ जना गुरु किसानलाई ब्याग, डायरी , गुरु किसानको लोगो आदि वितरण गरीएको थियो ।

TOP