जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

६१ लाख बढीको सुरक्षा सामग्री एक बर्ष देखि चिया बिस्तार फिक्कलको गोदाममा

  • प्रकाशित मितिः May 29, 2026
  • हाम्रो पालिका
६१ लाख बढीको सुरक्षा सामग्री एक बर्ष देखि चिया बिस्तार फिक्कलको गोदाममा

फिक्कल: राष्ट्रिय चिया तथा कफी बिकास बोर्डले इलामका चिया किसानलाई बितरण गर्न भनी खरीद गरेको ६१ लाख बढी मुल्यको सुरक्षा सामग्री एक बर्ष देखि राष्ट्रिय चिया तथा कफि बिकास बोर्ड चिया बिस्तार योजना फिक्कलको गोदाममै थन्कीएको छ ।
राष्ट्रिय चिया तथा कफी बिकास बोर्ड केन्द्रिय कार्यालयले उद्योग तथा बाणिज्य मन्त्रालय अन्र्तगत इआइएम कार्यक्रम अन्र्तगत निस्टेप परियोजना मार्फत बोर्डबाट ट्रेडमार्क पाएका इलामका तीन हजार नौ सय किसानलाई बिवतरण गर्न खरिद गरेको सुरक्षा सामग्री एक बर्ष देखि बितरण नगरी चिया बिस्तार योजनाको गोदाममै थन्किीएको हो ।
बोर्डले बोलपत्र आवहान गरी मिलन मल्टी इन्टरनेशनल सप्लार्यस काठमाण्डौ मार्फत एक बर्ष अघि खरीद गरेको तीन हजार नौ सय थान रेन्कोट, तीन हजार नौ सय थान गम्बुट र तीन हजार नौ सय थान पंजा जस्ता सुरक्षा सामग्री नेपाल टी क्वालीटी फर्म द हिमालय ट्रेडमार्क पाएका २४ वटा उद्योग तथा सहकारीमा आवद्ध तीन हजार नौ सय किसानलाई बिवरण गर्ने गरी खरीद गरेको थियो । ठेक्का सम्झौता भएको मिलन मल्टी इन्टरनेशनल सप्लार्यस काठमाण्डौले शुरुमा सामान स्पेसीफिकेसन (सम्झौता) अनुसारको नल्याएको भन्दै बोर्डले नापतौल तथा गुणस्तर बिभागबाट छानविन गरेको थियो । बिभागले २०८१ जेष्ठ २४ गते नै परीक्षण गर्न नसकिने भनी पत्र पठाएको थियो । बोर्डले सम्झौता अनुसारको सामान नभएको भनेकै भरमा सप्लार्यस कम्पनीले पहिलो पटकको सामान फिर्ता गरी दोस्रो पटक सम्झौता अनुसारकै सामान ल्याएको कम्पनीका संचालक मिलन लम्सालले बताउनु भयो ।
सप्लार्यसका संचालक लम्सालले सम्झौता अनुसारकै सामान दिदा पनि एक बर्ष देखि बोर्डले बिभिन्न बहाना बनाएर सामग्री बितरण नरेको र सामान खरीदको भुक्तानी समेत हाल सम्म नदिएको जानकारी दिनु भयो ।
केन्द्रिय चिया सहकारी संघका महासचिव तथा निस्टेप परियोजना सामान खरिद प्राविधिक समितिका सदस्य रविन राईले टेक्निकल कुरा के नमिलेको आफुले थाहा नपाए पनि किसानका लागि खरिद गरीएको सामग्री किसानलाई बितरण गर्नु पर्ने बताउनु भयो । उहाले प्रक्रिया पु¥¥याएर सामगी बिवरण गर्नु पर्नेमा बोर्डले अलमल गर्दा किसानलाई समस्या भएको बताउनु भयो ।
राष्ट्रिय चिया तथा कफी बिकास बोर्डका निर्देशक तथा प्रवत्ता दिपक खनालले दोस्रो पटक खरीद भएको सामग्री समेत कमसल भएका कारण वितरण हुन नसकेको बताउनु भयो । उहाले रेन्कोट सम्झौता अनुसारकै भए पनि गम्बुट र पंजा सम्झौता भन्दा फरक पाइएका कारण सामान वितरण गर्न नसकिएको बताउनु भयो । उहाले भन्नु भयो‘केहि महिना अघि नै बोर्डले भुक्तानी दिन नसक्ने भनेर निर्णय गरेको छ ।’ उहाले एकतिर नापतौल बिभागले परीक्षण गर्न नसकिने भनेर पत्र पठाउनु र बोर्डका कार्यकारी निर्देशक बेनुप प्रसाद प्रसाई कार्यालय नआईदिने गरेका कारण समस्या भएको बताउनु भयो । उहाले तत्कालै नयाँ कार्यकारी निर्देशक सरकारले नियुक्ती गर्ने तयारी गरेकाले नयाँ कार्यकारी निर्देशक आएपछि की भुक्तानी दिने की सप्लार्यसको सामान फिर्ता दिने बताउनु भयो । ‘कार्यालय नै लामो समय देखि नेतृत्व बिहिन जस्तो भए पछि बितरण या भुक्तानी भन्ने बिषय अलमलमा परेको छ।’निर्देशक खनालले भन्नु भयो ।
२०८१ साल जेठ १३ गते नै चिया बिस्तार आयोजना फिक्कलले सप्लार्यसबाट सामान बुझेको देखिन्छ । सप्लार्यस कम्पनीले भुक्तनी नपाए पछि पटक पटक भुक्तानीका लागि बोर्डमा पत्राचार गरेको थियो । तर, बोर्डले पत्रको जवाफमा २०८१ असार ११ गते भुक्तानी गर्न नसक्ने भनेर उक्त कम्पनीलाई पत्र पठाएको बोर्डले जनाएको छ । भुक्तानी नदिने भनेर पत्राचार भए पनि यो कारण भुक्तानी नदिएको भनेर अहिले सम्म नखुलाइएको सप्लार्यस कम्पनीका संचालक लम्सालले बताउनु भयो । कम्पनीले ६१ लाख ७८ हजार नौ सय ६४ रुपियाँ भुक्तानी पाउनु पर्ने जनाएको छ । बोर्ड र सप्लार्यस बिच आर्थिक लेनदेन नमिलेका कारण सामग्री बितरण नगरी भुक्तानी समेत नदिएको चिया उद्योगीको भनाई छ ।
भुक्तानी नपाए पनि सप्लार्यस कम्पनीका लम्सालले उच्च अदालत पाटनमा सम्झौता र बिल अनुसारको रकम भुक्तानी माग गर्दै मुद्धा दर्ता गराउनु भयो ।
उच्च अदालत पाटनले २०८१ गते भदौमा उक्त मुद्धा माथी फैसला गर्दै अदालको क्षेत्रअधिकार क्षेत्राधिकार बाहिरको भएको भन्दै निवेदकको रिट खारेज गरेको थियो । अदालतले आदेशमा सम्mौता अनुसार आपसी सहमती गर्नु भनी उल्लेख गरेको छ । सप्लार्यस कम्पनीका संचालक लम्सालले लामो समय देखि भुक्तानी रोकीदा आफु समस्यामा परेको बताउनु भयो । उहाले भन्नु भयो‘यत्रो समय भुक्तानी नहुदा मानसिक तनावमा छु , अझै भुक्तानी हुने टुंगो छैन ।’
२०८० भदौ ३१ मा बोलपत्र बोर्डका तत्कालिन कार्यकारी निर्देशक डाक्टर बिष्णु प्रसाद भट्टराईको संयोजक्त्वमा रहेको समितिले सामान खरिदका लागि बोलपत्र आवहान गरेको थियो । २०८०मंसिर ४ को बोर्ड बैठकले कम मुल्य हाल्ने सप्लार्यस रुमा उक्त कम्पनीलाई छनौट गरेको थियो । उक्त कम्पनीले २०८० माघ २ मा सामान बुझाएको बोर्डकै पत्रबाट देखिन्छ ।

 

 

 

 

TOP