जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन कला / मनोरञ्जन आज नवरात्रको पहिलो दिन घटस्थापना
Hamropalika menu advertisement

पाथीभरा केबुलकारको काम स्थगित, यातायात बन्द खुल्यो

  • प्रकाशित मितिः November 7, 2025
  • हाम्रो पालिका
पाथीभरा केबुलकारको काम स्थगित, यातायात बन्द खुल्यो

ताप्लेजुङ: ताप्लेजुङस्थित पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा निर्माण सुरु गरिएको पाथीभरा केबुलकारको काम स्थगित भएको छ । केबुलकार निर्माण विवादबारे सरकार र आन्दोलनरत पक्षबिच भएको वार्तामार्फत छ बुँदे सहमति भएपछि निर्माणको काम स्थगित हुनुको साथै एकसाता लामो यातायात बन्द खुलेको हो ।

सरकार र आन्दोलनरत पक्षबिच सोमबार र मङ्गलबार भएको वार्ताबाट केबुलकार निर्माणको काम तत्कालका लागि स्थगित गर्ने र यातायात बन्द फिर्ता लिने लगायतका विषयमा सहमति भएको हो । पाथीभरा केबुलकार परियोजना सुरु भएदेखि नै परियोजनाको विरोध हुँदै आएकोमा पछिल्लो पटक निर्माणको काम थलेपछि थप द्वन्द्व बढेको थियो ।

निर्माणको काम थालेपछि सङ्घर्षरत पक्ष अर्थात ‘नो केबुलकार समूह’ र प्रहरीबिच झडप भएको थियो । झडपका क्रममा प्रहरीले गोली चलाउँदा केही विरोधी गम्भीर घाइते भएका छन् भने अन्य दुवै पक्षका सामान्य घाइते थिए । सोही विषयलाई लिएर द्वन्द्व चर्किएपछि मुक्कुम्लुङ संरक्षण संयुक्त सङ्घर्ष समिति, केबुलकार खारेजी सङ्घर्ष समितिले मेची राजमार्ग र तमोर कोरिडोर सडकमा माघ १५ गतेदेखि अनिश्चितकालीन यातायात बन्द आह्वान गरेका थिए ।

मेची राजमार्ग र तमोर कोरिडोर बन्द कायम राख्दै सङ्घर्ष समितिहरु र मुक्कुमलुङ संरक्षण अन्तरदलीय सङ्घर्ष समिति समेतबाट आन्दोलनलाई थप सशक्त बनाउन भन्दै माघ २० गतेदेखि अरुण पूर्वका नौ जिल्लामा यातायात बन्द आह्वान गरिएको थियो । बन्दले ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङसहित पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित बन्दै गएपछि सरकारले बनाएको वार्ता टोली र आन्दोलनरत पक्षबिचको वार्तामा सहमति जुटेको हो ।

पाथीभरा केबुलकारको स्टेसन लगायतका सन्दर्भमा माघ २७ गते पुनः वार्तामा बसी विस्तृत छलफल गर्नेसमेत सहमतिमा उल्लेख गरिएको छ । आन्दोलनका क्रममा घाइते भएकाहरूको सरकारले निःशुल्क र प्रभावकारी रूपमा स्वास्थ्य उपचार गर्ने, माघ १२ गते भएको घटनाको विषयमा छानबिन गरी कानुनी कारबाही गर्ने सहमति भएको छ । त्यस्तै आन्दोलनका क्रममा थुनामा रहेका थुनुवा बन्दीहरुको विना शर्त तत्काल रिहाइको प्रक्रिया प्रारम्भ गर्ने पनि सहमतिमा उल्लेख छ ।

यता सरकार र आन्दोलनरत पक्षबिचको सहमतिसँगै बन्द खुलेपछि बुधबारदेखि यातायात सञ्चालनमा आएको छ । ताप्लेजुङदेखि बाहिरिने र जिल्ला भित्रिने यातायातका साधनहरु बुधवार बिहानैदेखि सुचारु भएका पाथीभरा यातायात प्रालिका फुङ्लिङस्थित काउन्टर इन्चार्ज शरण लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाभित्रका ग्रामीण सडकमा पनि यातायात सञ्चालनमा आएका छन् । पाथीभरामा चन्द्र ढकाल नेतृत्वको पाथीभरा (मुक्कुमलुङ) दर्शन केबुलकार प्रालिले केबुलकार निर्माण गर्न लागेको हो ।गोरखापत्र अनलाईन

TOP