जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

निशान पदमार्गमा पदयात्राको अन्तिम तयारी

  • प्रकाशित मितिः May 28, 2026
  • हाम्रो पालिका
निशान पदमार्गमा पदयात्राको अन्तिम तयारी

फिक्कल: इलाममा दुई सय वर्ष लामो इतिहास बोकेको निशान पदमार्गमा पदयात्रीको स्वागतका लागि भब्य तयारी गरीएको छ । नेपाल–भारत सीमाना जोडिएको मेची नदिको मुहानदेखि इलामको निशान स्थापना गरिएको माईस्थान मन्दिर सम्मको ४१ किलोमिटर पदमार्गमा गरीने पदयात्राका लागि ठाउँठाउँमा स्वागतको भब्य तयारी गरीएको हो ।
मेची बजारमा २४ गते बिहान पदयात्राको थालनी गरीने भएको छ । २४ देखि २६ गते सम्म नेपाली सेना , स्थानीय जनप्रतिनिधि, पर्यटन ब्यवसायी र सरोकारवालाको टोलीले पदयात्रा गर्ने भएको इलामको गडिथुम्कामा रहेको रणसार्दुल गणका प्रमुख प्रहलाद घलेले जानकारी दिनु भयो ।पदयात्राको क्रममा पर्ने पदमार्ग अन्र्तगत सूर्योदय नगरपालिका , माइजोगमाई गाउँपालिका र इलाम नगरपालिकाका बिभिन्न स्थानमा पदयात्रीको स्वागतमा स्थानीय जातजातीको झाकी सहितका स्वागतका कार्यक्रम तय गरीएको छ ।
गडिथुम्कामा रहेको रणसार्दुल गणको पहलमा सूर्योदय नगरपालिका, इलाम नगरपालिका र माईजोगमाई गाउँपालिकाको पहलमा नेपाल भारत सिमाना जोडिएको मेची नदिको मुहानदेखि इलामको निशान स्थापना गरिएको माईस्थान मन्दिरसम्मको पदमार्गको पहिचान गरी कार्यान्वयनका लागि तीनवटै पालिकाको कार्यपालिका बैठकबाट अनुमोदन भए पछि निशान पदमार्गमा पदयात्रा सहित उद्घाटन गर्न लागिएको छ । मेची बजारबाट शुरु भएको पदयात्रा, सूर्योदयको पूर्णेडाँडामा २५ गते उद्घाटन गरी, माईजोगमाईको हात्तीटारमा बास बस्ने कार्यक्रम छ । २६ गते निशान स्थापना भएको इलाम नगरपालिका ७ को माई स्थान मन्दिरमा पदयात्राको समापन गरीने छ ।
पदमार्ग अन्र्तगत सूर्योदय नगरपालिकाको सीमपानी क्षेत्रमा पदमार्गको मर्मत सहित सरसफाई गरीएको छ । यस्तै अन्तुमा सांस्कृतिक साझी, कजेनीमा साँस्कृतिक झाँकी , चन्द्रग्राउण्डमा साँस्कृतिक कार्यक्रम सहित स्वागत कार्यक्रम ,आरुबोटेमा साँस्कृतिक झाँकी सहित पञ्चकन्या स्थित करफोक खलङ्गा सामुदायिक होमस्टेमा पदयात्रीलाई रात्रीकालिन खाना तथा बासको व्यवस्था गरीएको सूर्योदय नगरपालिकाका योजना अधिकृत खेम राज राईले जानकारी दिनु भयो । पौष २५ गते बिहान पूर्णेडाँडामा औपचारिक समुद्‍घाटन कार्यक्रम गरीने छ ।यस्तै माईजोगमाई गाउँपालिकाको हात्तटारमा साँस्कृतिक झाकी सहितका कार्यक्रम तय गरीएको गाउँपालिका उपाध्यक्ष प्रविना राईले जानकारी दिनु भयो । इलाम नगर क्षेत्रमा पर्ने पदमार्गमा समेत पदयात्रीको स्वागतमा बिभिन्न कार्यक्रम आयोजना गरीएको इलाम नगरपालिका वडा नं. ७ का अध्यक्ष नरेश श्रेष्ठले जानकारी दिनु भयो ।
नेपाल–अङ्ग्रेज युद्धपछि विक्रम संवत् १८७२ फागुन २० गते भएको सुगौली सन्धि पश्चात् तत्कालिन नेपाली सेनाले इलाम सदरमुकाममा निशान ल्याउन प्रयोग गरिएको मार्गलाई नेपाली सेनाको समन्वयमा स्थानीय तीन पालिकाले पहिचान गरी कार्यान्वयनमा ल्याएपछि उद्घाटन गर्न लागिएको छ ।यस अघि भारतको नागरीगडीदेखि, नेपाल भारत सीमा क्षेत्र सात माइल(मेची मुहान), सिद्धिखोला, गैरीगाउँ, रम्फोक, नयाँचोक, जोगमाईखोला, हात्तीटार, माईवेनी, तिल्केनी हुँदै माइस्थान मन्दिर सम्मको जीआईएस नक्सा तयार सार्वजनिक गरिएको थियो । नागरी गडीमा अझै पनि गडी मन्दिर लगायत ऐतिहासिक बस्तु रहेको अध्ययन टोलीले जनाएको छ । “तत्कालीन समयमा गोर्खाली सेना फिर्ता भएको पदमार्ग भएकाले त्यतिबेलाका गोरेटो बाटोको पहिचान गरेर कायम भएको छ “ इलामका इतिहाविद युद्धप्रसाद बैधले भन्नुभयो ।
रणसार्दुल गण इलामका प्रमुख घलेले भन्नुभयो“भविष्यमा यो पदमार्ग पर्यटकीय गन्तव्य बनी व्यावसायिक बन्ने देखिन्छ, जसका लागि पालिकाले बढी दायित्व बहन गर्नु पर्दछ ।“तत्कालीन नेपाल–अङ्ग्रेज युद्धपछि १८७२ फागुन २० मा भएको सुगौली सन्धिले पूर्वमा मेची नदीलाई नेपाल–भारत सीमा कायम भयो ।

त्यसपछि मिरिकस्थित नागरी गढीमा रहेको श्रीनाथ पल्टन अहिलेको सूर्योदय नगरपालिकाको पूर्णेडाँडामा आएर बसेको इतिहास छ । मेचीदेखि नागरीगढी हुँदै टिस्टासम्मको भू–भाग ४० दिनभित्र गडी खाली गर्न सम्झौता भयो । सम्झौता कार्यान्वयन गर्दै सुब्बा जयन्त खत्रीले नागरीगढी खाली गरी सदरमुकाम पूर्णेडाँडा ल्याउनु भएको इतिहास छ । पूर्णेडाँडा भारतीय सीमा नजिक भएको र अङ्ग्रेजले जुनसुकै बेला आक्रमण गर्न सक्ने भएकाले मुकाम खडा गर्ने क्रममा माइजोगमाई गाउँपालिकाको नामसालिङस्थित हात्तीटार हुँदै श्रीनाथ पल्टन इलाम नगरपालिका–७ स्थित माईस्थान मन्दिर ल्याइएको थियो । माईस्थान मन्दिर १८८० सालमा स्थापना भएको अनुमान छ । हाल निशान उक्त मन्दिरमा संरक्षण गरी राखिएको छ ।

TOP