अर्थ वाणिज्य ६ लाख ९० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा इलाममा सम्पन्न जीवनशैली सशस्त्र प्रहरीद्धारा केश कर्तक तालिम सञ्चालन अर्थ वाणिज्य अंग्रेजी नयाँ बर्षमा कन्याममा ‘फुड एण्ड कल्चरल फेस्टिवल’ हुने अर्थ वाणिज्य ३ लाख ८० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा फिक्कलमा सम्पन्न जीवनशैली इलाम क्षेत्र नं. १ मा सर्वसम्मत नेतृत्व चयन गर्न कांग्रेस पूर्व सभापति फोरमको पहल जीवनशैली कन्याम चिया बगानका २२ जना श्रमिकलाई निःशुल्क चस्मा वितरण जीवनशैली माईजोगमाई गाउँपालिकामा सोधपुछ तथा सहायता कक्ष स्थापना प्रदेश पूर्व सभापति फोरमको पहल : इलाम क्षेत्र नं १ मा कांग्रेसको सर्वसम्मत नेतृत्वको खोजी जीवनशैली सूर्योदयमा लैंङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान कार्यक्रम सम्पन्न जीवनशैली इलाम क्षेत्र नं. १ मा कांग्रेसका ९ जनाको नाम सिफारिस
Hamropalika menu advertisement

रोङ गाउँपालिकामा नौमती बाजाको संरक्षण गरिदै

  • प्रकाशित मितिः January 11, 2026
  • हाम्रो पालिका
रोङ गाउँपालिकामा नौमती बाजाको संरक्षण गरिदै

फिक्कल: इलामको रोङ गाउँपालिकाले महिलालाई ब्यवसायीक बनाउदै आर्थिक अवस्था सुधार गर्नका लागिनौमती तथा पञ्चेबाजा संरक्षण अभियान शुरु गरेको छ । हराउँदै गएको संस्कार, संस्कृति ,लोक बाजा,नौमति बाजा,संगीनी नृत्य जस्ता परम्परागत संस्कार संस्कृति संरक्षणका लागि रोङ गाउँपालिका महिला बालबालिका शाखाले अभियान थालेको हो ।
गाउँपालिकाले शुरुमा महिलाका लागि १० दिने नौमती पन्चेबाजा बजाउने तालिम संचालन गरेको महिला बालबालिका शाखा प्रमुख राधिका तामाङले बताउनु भयो ।रोङ संगीनी समुहका १५ जना महिलालाई तालिम संचालन गरेको रोङ गाउँ पालिका अध्यक्ष मणिकुमार स्याङ्बोले बताउनु भयो। तालिम माता पाथिभरा महिला नौमती बाजा तालिम केन्द्र बिर्तामोडका प्रशिक्षक कलाकार तारादेबी आचार्य र टिकादेवी प्रसाईले प्रशिक्षण गराई राख्नु भएको छ ।
गाउँपालिका अध्यक्ष स्याङ्बोले महिलालाई सीप सिकाएर ब्यवसायीक बनाउदा परम्परागत संस्कृतिको समेत संरक्षण हुने बताउनु भयो । ‘महिलाको लगनशिलता हेरेर हामी प्रत्येक वडामा नौमती बाजा तालिम संचालन गरी उहाहरुलाई ब्यवसायिक बनाउने काममा लाग्ने छौ ’अध्यक्ष स्याङबोले भन्नु भयो। रोङले सजिलो काम भएकाले महिलाले नौमती बजाएर ब्यवसायिक बन्न सक्ने भएकाले सबै वडामा महिलालाई तालिम दिने तयारी गरेको छ । बिवाह सहितका शुभ कार्यमा नौमती, पञ्चे बाजा बजाउने गरीन्छ । एक दिन बाजा बजाएको १० देखि १५हजार सम्म समुहले लिइने गरेको पाइन्छ ।
यस अघि देखि नै सूर्योदय वडा नं. ९ ६ र इलाम नगरपालिका ९ का महिलाले ब्यवसायिक तालिम लिएर नौमती तथा पंञ्चे बाजा बजाएर ब्यवसायिक बनीसकेका छन् ।

TOP