जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण जीवनशैली फिक्कलमा ‘क्यान्सर सचेतना’ कार्यक्रम सम्पन्न पालिका विशेष सूचना
Hamropalika menu advertisement

रोङ गाउँपालिकामा नौमती बाजाको संरक्षण गरिदै

  • प्रकाशित मितिः September 10, 2026
  • हाम्रो पालिका
रोङ गाउँपालिकामा नौमती बाजाको संरक्षण गरिदै

फिक्कल: इलामको रोङ गाउँपालिकाले महिलालाई ब्यवसायीक बनाउदै आर्थिक अवस्था सुधार गर्नका लागिनौमती तथा पञ्चेबाजा संरक्षण अभियान शुरु गरेको छ । हराउँदै गएको संस्कार, संस्कृति ,लोक बाजा,नौमति बाजा,संगीनी नृत्य जस्ता परम्परागत संस्कार संस्कृति संरक्षणका लागि रोङ गाउँपालिका महिला बालबालिका शाखाले अभियान थालेको हो ।
गाउँपालिकाले शुरुमा महिलाका लागि १० दिने नौमती पन्चेबाजा बजाउने तालिम संचालन गरेको महिला बालबालिका शाखा प्रमुख राधिका तामाङले बताउनु भयो ।रोङ संगीनी समुहका १५ जना महिलालाई तालिम संचालन गरेको रोङ गाउँ पालिका अध्यक्ष मणिकुमार स्याङ्बोले बताउनु भयो। तालिम माता पाथिभरा महिला नौमती बाजा तालिम केन्द्र बिर्तामोडका प्रशिक्षक कलाकार तारादेबी आचार्य र टिकादेवी प्रसाईले प्रशिक्षण गराई राख्नु भएको छ ।
गाउँपालिका अध्यक्ष स्याङ्बोले महिलालाई सीप सिकाएर ब्यवसायीक बनाउदा परम्परागत संस्कृतिको समेत संरक्षण हुने बताउनु भयो । ‘महिलाको लगनशिलता हेरेर हामी प्रत्येक वडामा नौमती बाजा तालिम संचालन गरी उहाहरुलाई ब्यवसायिक बनाउने काममा लाग्ने छौ ’अध्यक्ष स्याङबोले भन्नु भयो। रोङले सजिलो काम भएकाले महिलाले नौमती बजाएर ब्यवसायिक बन्न सक्ने भएकाले सबै वडामा महिलालाई तालिम दिने तयारी गरेको छ । बिवाह सहितका शुभ कार्यमा नौमती, पञ्चे बाजा बजाउने गरीन्छ । एक दिन बाजा बजाएको १० देखि १५हजार सम्म समुहले लिइने गरेको पाइन्छ ।
यस अघि देखि नै सूर्योदय वडा नं. ९ ६ र इलाम नगरपालिका ९ का महिलाले ब्यवसायिक तालिम लिएर नौमती तथा पंञ्चे बाजा बजाएर ब्यवसायिक बनीसकेका छन् ।

TOP