इलाम : नेकपा एमाले इलाम नगर अध्यक्षमा ठाकुरनारायण श्रेष्ठ निर्वाचित भएका छन् । गएराती सम्पन्न दोस्रो नगर अधिवेनको निर्वाचनमा श्रेष्ठ अत्यधिक मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । श्रेष्ठले एक सय ६९ मत प्राप्त गरी निर्वाचित हुँदा प्रतिष्पर्धी तिलक ठकुरीले ९३ मत मात्र प्राप्त गरे । ठकुरी यसअघिका नगर अध्यक्ष हुन् श्रेष्ठ नगर सचिव हुन् ।
उपाध्यक्षमा दिपेन्द्र चापागाईं निर्वाचित भएका छन् । उनले सन्जिव राईलाई पराजित गरे । सचिवमा नारदप्रसाल लम्साल निर्वाचित भएका छन् । उनले गायत्री थेगिमलाई पराजित गरे ।उपसचिवमा प्रकाश घिमिरे निर्वाचित भए । उनले ठाकुर कट्टेल र डिपी दुलाललाई पराजित गरे । महिला उपसचिवमा सरिता दियाली सर्वसम्मत भइन् ।
कार्यसमिति सदस्यहरुमा खुल्लातर्फ मतदानबाट र अन्यतर्फ सर्वसम्मत निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष श्रेष्ठले जानकारी दिए । अधिवेनबाट ६६ सदस्यीय नगर कमिटी निर्वािचित भएको उनले बताए ।शुक्रबार सदरमुकामस्थित गौतम बुद्ध सभागृहमा भएको नगर अधिवेशनको उद्घाटन एमाले केन्द्रीय सदस्य एवम् प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर रानाले गरेका थिए ।