प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने
Hamropalika menu advertisement

नेकपा एमाले सूर्योदय अध्यक्षमा पुनः दुर्गादेवी भट्टराई

  • प्रकाशित मितिः October 11, 2026
  • हाम्रो पालिका
नेकपा एमाले सूर्योदय अध्यक्षमा पुनः दुर्गादेवी भट्टराई

फिक्कल: नेकपा एमाले सूर्योदय नगर कमिटीको अध्यक्षमा पुनः दुर्गादेवी भट्टराई निर्वाचित हुनु भएको छ । शनिबार सम्पन्न दोश्रो नगर अधिवेशनबाट भट्टराईको अध्यक्षतामा ६१ सदस्यीय नगर कमिटी गठन भएको हो । उपाध्यक्षमा डिक बम्जन चयन हुनु भएको छ । सचिवमा पारस राईले निरन्तरता पाउनु भएको छ । उपसचिवद्धयमा तुलसा खत्री र शरण फागो चयन हुनु भएको छ ।
सदस्यहरुमा भुगोलबाट ४२ जना, युवाबाट ७ जना दलिबाट ३ जना ,लोपोन्मुख समुदायबाट १ जना रहेका छन् । उद्धघाटन सत्रमा पार्टीलाई योगदान गर्ने जेष्ठ नागरिक सम्मानित हुनु भएको छ । सम्मानितमा डम्बर उदास, पस्पत राई, पन्चा योन्जन, हर्कधन तामाङ, जुद्ध बहादुर खत्री, ज्ञानिराम पोख्रेल, छत्र बहादुर राई, श्याम घिमिरे र सनत पराजुली रहनु भएको छ ।
त्यसैगरी हेम बहादुर फागो, नर बहादुर राई, डम्बर बहादुर राई ( मरोणोप्रान्त), टिकाराम आचार्य, खड्ग ब राई, नर ब लाप्चा, पद्म माया कार्की, टीका भट्टराई, राधा देवी राई नन्दलाल परियार रहनु भएको छ । उहाहरुलाई वडा नं १० पार्टी कमिटि र राष्ट्रिय युवा संघले सम्मान गरेको नवनिर्वाचित उपसचिव शरण फागोले जानकारी दिनु भयो । अधिवेशनमा १८८ जना प्रतिनिधि सहभागी रहनु भएको थियो ।

TOP