अर्थ वाणिज्य ६ लाख ९० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा इलाममा सम्पन्न जीवनशैली सशस्त्र प्रहरीद्धारा केश कर्तक तालिम सञ्चालन अर्थ वाणिज्य अंग्रेजी नयाँ बर्षमा कन्याममा ‘फुड एण्ड कल्चरल फेस्टिवल’ हुने अर्थ वाणिज्य ३ लाख ८० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा फिक्कलमा सम्पन्न जीवनशैली इलाम क्षेत्र नं. १ मा सर्वसम्मत नेतृत्व चयन गर्न कांग्रेस पूर्व सभापति फोरमको पहल जीवनशैली कन्याम चिया बगानका २२ जना श्रमिकलाई निःशुल्क चस्मा वितरण जीवनशैली माईजोगमाई गाउँपालिकामा सोधपुछ तथा सहायता कक्ष स्थापना प्रदेश पूर्व सभापति फोरमको पहल : इलाम क्षेत्र नं १ मा कांग्रेसको सर्वसम्मत नेतृत्वको खोजी जीवनशैली सूर्योदयमा लैंङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान कार्यक्रम सम्पन्न जीवनशैली इलाम क्षेत्र नं. १ मा कांग्रेसका ९ जनाको नाम सिफारिस
Hamropalika menu advertisement

आगलागी नियन्त्रणका सामग्री हस्तान्तरण

  • प्रकाशित मितिः January 3, 2026
  • हाम्रो पालिका
आगलागी नियन्त्रणका सामग्री हस्तान्तरण

इलाम :  वन जंगलमा हुने डढेलो वा आगलागी नियन्त्रणका लागि चाहिने विभिन्न उपकरण सहितका सामग्री हस्तान्तरण गरिएको छ ।
जिल्लाको दक्षिणी चुरे वन क्षेत्रमा लक्षित डढेलो नियन्त्रणका लागि ती सामग्री ससस्त्र प्रहरी वल इलाम गुल्म र नेपाली सेनाको रणशार्दुल गणलाई उपलव्ध गराइएको हो । डिभिजन वन कार्यालयमा सोमबार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले ससस्त्र प्रहरी उपरिक्षक द्रोण विष्ट र रणशार्दुल गणका गणपति कर्णेल प्रल्हाद घलेलाई सामग्री हस्तान्तरण गर्नुभयो । कार्यालयका सुचना अधिकारी गजेन्द्र श्रेष्ठले नेपाल प्रहरीलाई समेत उक्त सामग्री उपलव्ध गराइनै जानकारी दिएका छन् ।
चुरे उत्थानशील आयोजना मार्फत उपलव्ध भएका सामग्रीहरुमा सीक्कल, खुर्पा, बो स , हाते आरा (ठूलो, सानो) बञ्चरो, सावेल, गैती, दाँते (रेक) सेफ्टी बेल्ट, हेल्मेट, हेण्ड ग्लोव, प्राथमिक उपचार सामग्रीको बाकस रहेका छन् । यस्तै उध्याउने ढुंगा, डिभार्किङ रड, पावर चेन स, फेस मास्क, वाटर जेट व्याग, फायर फ्ल्यापर, फायर सुट सेट, टर्च लाइट, फाइत एस्टीङ्गवीसर लगायतका सामग्री रहेका छन् । प्राप्त सामग्री चुलाचुली र माई क्षेत्रमा रहेका ससस्त्र क्याम्पमा राखिने बताइएको छ ।
फागुन चैत्र बैशाख महिनामा चुरै क्षेत्रमा रहेका घना वन जंगलमा आगलागीको समस्या वर्षेनी हुने गरेको छ ।

 

TOP