प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने
Hamropalika menu advertisement

आगलागी नियन्त्रणका सामग्री हस्तान्तरण

  • प्रकाशित मितिः October 12, 2026
  • हाम्रो पालिका
आगलागी नियन्त्रणका सामग्री हस्तान्तरण

इलाम :  वन जंगलमा हुने डढेलो वा आगलागी नियन्त्रणका लागि चाहिने विभिन्न उपकरण सहितका सामग्री हस्तान्तरण गरिएको छ ।
जिल्लाको दक्षिणी चुरे वन क्षेत्रमा लक्षित डढेलो नियन्त्रणका लागि ती सामग्री ससस्त्र प्रहरी वल इलाम गुल्म र नेपाली सेनाको रणशार्दुल गणलाई उपलव्ध गराइएको हो । डिभिजन वन कार्यालयमा सोमबार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले ससस्त्र प्रहरी उपरिक्षक द्रोण विष्ट र रणशार्दुल गणका गणपति कर्णेल प्रल्हाद घलेलाई सामग्री हस्तान्तरण गर्नुभयो । कार्यालयका सुचना अधिकारी गजेन्द्र श्रेष्ठले नेपाल प्रहरीलाई समेत उक्त सामग्री उपलव्ध गराइनै जानकारी दिएका छन् ।
चुरे उत्थानशील आयोजना मार्फत उपलव्ध भएका सामग्रीहरुमा सीक्कल, खुर्पा, बो स , हाते आरा (ठूलो, सानो) बञ्चरो, सावेल, गैती, दाँते (रेक) सेफ्टी बेल्ट, हेल्मेट, हेण्ड ग्लोव, प्राथमिक उपचार सामग्रीको बाकस रहेका छन् । यस्तै उध्याउने ढुंगा, डिभार्किङ रड, पावर चेन स, फेस मास्क, वाटर जेट व्याग, फायर फ्ल्यापर, फायर सुट सेट, टर्च लाइट, फाइत एस्टीङ्गवीसर लगायतका सामग्री रहेका छन् । प्राप्त सामग्री चुलाचुली र माई क्षेत्रमा रहेका ससस्त्र क्याम्पमा राखिने बताइएको छ ।
फागुन चैत्र बैशाख महिनामा चुरै क्षेत्रमा रहेका घना वन जंगलमा आगलागीको समस्या वर्षेनी हुने गरेको छ ।

 

TOP