जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण जीवनशैली फिक्कलमा ‘क्यान्सर सचेतना’ कार्यक्रम सम्पन्न पालिका विशेष सूचना
Hamropalika menu advertisement

कोशी प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार बनाउने सत्ता गठबन्धनको सहमति

  • प्रकाशित मितिः September 10, 2026
  • हाम्रो पालिका
कोशी प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार बनाउने सत्ता गठबन्धनको सहमति

इलाम: सत्तारुढ गठबन्धनको शीर्ष नेताले कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा सरकार बनाउने निर्णय गरेका छन् ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा बसेको बैठकले कोशीमा पहिलो पालोमा कांग्रेस नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको एकीकृत समाजवादीका कार्यबाहक अध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

बैठकपछि पत्रकाहरुसँग उनले भने, हामी गठबन्धनमा भएको दलहरुको तर्फबाट नेपाली कांग्रेस संसदीय दलको नेता उद्धव थापालाई मुख्यमन्त्रीमा अगाडि सार्न सल्लाह दिने निर्णय भएको छ ।’कोशीमा गत शुक्रबार एमाले नेता हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएर पदमुक्त भएपछि आइतबार प्रदेश प्रमुख परशुराम खापुङले सरकार गठनको आह्वान गरेका छन् । तर नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच कसले पहिले सरकारको नेतृत्व गर्ने भन्ने विवाद थियो ।

अनलाईन खबर

TOP