जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

एकै दिन २०२० जनामा कोरोना संक्रमण

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
एकै दिन २०२० जनामा कोरोना संक्रमण


२ असोज, । नेपालमा एकै दिन कोरोना संक्रमितको संख्या २ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ५८ वटा पीसीआर परीक्षणमा २०२० संक्रमित भेटिएका हुन् ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ६१ हजार ५ सय ९३ पुगेको छ ।

शुक्रबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ जना रहेका छन् । जसमध्ये संस्थागत आइसोलेसनमा ९ हजार २९५ जना रहेका छन् र होम आइसोलेसनमा ८ हजार ८८ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई ८७१ जना डिस्चार्ज भएका छन् । शुक्रबारसम्म डिस्चार्ज हुनेको संख्या ४३ हजार ८ सय २० जना पुगेको छ ।

संक्रमितमध्ये १७३ जना आईसीयूमा र ३६ जना भेन्टिलेटरमा उपचाररत छन् ।

५ सय भन्दा बढी संक्रमित भएको जिल्लामा मोरङ, सिराहा, सुनसरी, ललितपुर, मकवानपुर, चितवन, काठमाडौं, भक्तपुर र रुपन्देही रहेका छन् । त्यस्तै शून्य संक्रमित रहेको जिल्लामा सोलुखुम्बु, मुस्ताङ, डोल्पा, रसुवा, हुम्ला र मुगु रहेका छन ।अनलाईन खबर बाट

TOP