प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने
Hamropalika menu advertisement

भोकका सारथीहरुका नाममा !

  • प्रकाशित मितिः October 11, 2026
  • हाम्रो पालिका
भोकका सारथीहरुका नाममा !

महेश आचार्य,काठमान्डौ:

दर्जनौ चलचित्र र म्युजिक भिडियोमा अभिनय गरीरहेका नायक अर्जुन थापालाई आजभोली हरेक दिन बिहानै उठेर ललितपुरको चाँगाथली पुग्नैपर्छ तर चलचित्र वा म्युजिक भिडियो छायांकन को लागी भने होइन । वहाँजस्तै करिब बिस पच्चिस जना दयालुहरु त्यहाँ भेला भएर पहिले सागसब्जी, दाल, चामल खरिद अनि पकाउने काम । यसरी भनिरहँदा लाग्नसक्छ वहाँहरु सायद आफ्नो भिडियोले युटुबमा करोड दर्शक पाएको उपलक्ष्यमा पार्टी गर्दै हुनुहुन्छ । तर हाम्रो त्यो अनुमान पनि गलत प्रमाणित हुन्छ जब हामीले यो कामको सहि अर्थ थाहा पाउछौ ।

नायक अर्जुन थापा, बिनय बस्नेत, सपना रोका मगर सहितको एउटा ठुलो समुह काठमाडौमा लकडाउन शुरु भएदेखिनै भोकाहरुलाई नि:शुल्क खाना खुवाउदैछन । वहाँहरुको यो सत्कर्मलाइ धेरै साथी र सारथीहरुले साथ दिदैछन । वहाँहरुले हरेक दिन साझ पाँच बजे
पशुपतिनाथ मन्दिरकोको बसपार्क क्षेत्र पुग्नै पर्दछ । जहाँ पर्खीरहेका हुन्छ्न करिब चार सयको हाराहारीमा भोका मान्छेहरु । त्यहाँ खाना बाडेपछि वहाँहरुले भोलिको तयारीमा जुट्नपर्ने हुन्छ ।

प्रधानमन्त्री के. पी. शर्मा ओलिले त अब कोहि भोकै मर्दैन । सरकारले भोकाहरुको घर घरमै दाल चामलको पोको पुर्‍याउन पठाउछ भन्नुहुन्थ्यो नि भन्ने प्रश्नमा नायक थापाले त्यो ब्यबस्था नेकपाका कार्यकर्ताको लागी होला भन्ने संका व्यक्त गर्नुभयो र भन्नुभयो मन्त्रीहरुले यात्रामा आफ्नो गाडिको सिसा खोलेर मात्रै हेर्ने गरे पनि भोकाहरुको ब्यथा थाहा पाउनुहुने थियो तर सरकारलाइ त आफ्नै ब्यबस्थापन गर्नै गार्हो भैरहेको छ ।

बेवारिसे बेवास्थापन तथा पुनर्जीवन केन्द्र संस्था बाट अद्द्यक्ष बिनय बस्नेत, नायक अर्जुन थापासहित सपना रोका मगर ,पवित्रा लामा, सर्मिला वईबा, सरोज देवकोटा , कुमार भट्टराई, मुना अधिकारी, पबित्रा लामा लगायतको एउटा ठुलो समुह यो पुन्य काममा २०७६ चैत देखीनै दिनरात खटिरहेको छ ।

बिनय बस्नेत र वहाँकी छोरी सपना बेवारीसे लाश जलाउने काम गर्दै आउनु भएकोमा यो पल्टभने भोकाहरुको सारथी समेत बन्नुभएको छ । वहाँहरुलाई महान काममा सहयोग गर्न बिनय बस्नेत – ९८६५-१०५०६०, र नायक अर्जुन थापालाई – ९८४९-५६९७९३ मा फोन गर्न सकिनेछ ।

एकपल्ट सोध्न मन लाग्छ, यसरी आफ्नो रोजीरोटिनै माया मारेर अरुकै भोको पेटको चिन्ता लिएर बाच्ने बिनय र अर्जुन जस्ता सारथीहरुको बिर्सिएको आफ्नै भोक-तिर्खा चाहिँ कस्ले सोध्छ होला, कस्ले बुझ्छ होला । जय होस भोकका सारथीहरुको ।

TOP