कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

पर्यटन दिवसको अवसरमा सूर्योदयमा फोटो प्रतियोगिता हुँने

  • प्रकाशित मितिः November 18, 2025
  • हाम्रो पालिका
पर्यटन दिवसको अवसरमा सूर्योदयमा फोटो प्रतियोगिता हुँने

फिक्कल: विश्व पर्यटन दिवसको अवसर पारेर इलामको सूर्योदय नगरपालिकाले फोटो प्रतियोगिता २०२२ आयोजना गर्ने भएको छ । एक्सप्लोर दि अनएक्सप्लोर नारा राखेर आगामी असोज ११ गते प्रतियोगिता हुन लागेको हो ।

सूर्योदय नगरपालिकाले आज पत्रकार भेटघाटको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी गराएको छ । नगर क्षेत्रमा प्रचार नगरिएका धेरै गन्तव्यहको पहिचानको उद्धेश्य राखेर प्रतियोगिता आयोजना गरिएको नगरपालिकाका इन्जिनियर सृजन गदालले जानकारी दिनु भयो।

प्रतियोगिताको बिजेताले १५ हजार, दोश्रो हुनेले १० र तृतिय हुनेले ५ हजार रुपैया प्राप्त गर्नेछन् । सूर्योदय नगरपालिकाको पर्यटन प्रर्वद्धनमा योगदान गर्न सक्ने फोटो माग गरिएको छ । सहभागीहरुले बढीमा ५ वटासम्म फोटो पठाउन सक्नेछन् । फोटोसंगै कम्तीमा ५० शब्दको विवरण समेत हुनुपर्ने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले ड्रोनबाट खिचेको तस्बिरलाई प्रतियोगितामा सहभागी नगराउने जनाएको छ । असोज ९ गते राती १२ बजेसम्म फोटो पठाउने मिति तोकिएको छ । नगरले फर्म भरेर फोटो पठाउन आहवान समेत गरेको छ । फोटो सूर्योदय नगर भित्रको २०७९ साल भित्र खिचेको हुँनु पर्ने नगरका सूचना प्रविधि अधिकृत उज्वल सुवेदीले जानकारी दिनु भयो ।

TOP