प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

मादक पदार्थ सेवन गरी सवारी चलाउने इलामका ७ जना चालक प्रहरी नियन्त्रणमा

  • प्रकाशित मितिः June 10, 2026
  • हाम्रो पालिका
मादक पदार्थ सेवन गरी सवारी चलाउने इलामका ७ जना चालक प्रहरी नियन्त्रणमा

फिक्कल: इलाम जिल्लाको मेची राजमार्ग तथा आसपासका सडकमा सवारी चेकजाँच सम्बन्धी बिषेश अभियान शुरु गरिएको छ । अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय इलाम तथा मातहत प्रहरीबाट खटिएको प्रहरी टोलिले सवारी साधन चेकजाँच गर्ने क्रममा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ७ जना चालकलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय इलामका सुचना अधिकारी तथा प्रहरी निरीक्षक तेज बहादुर दाहालका अनुासर पक्राउ पर्नेमा इलामको संदकपुर गाँउपालिका ४ का ३२ बर्षिय राम लिम्बु, पाँचथर तुम्बेवा गाँउपालिका ५ का ४२ बर्षिय गोपिचन्द्र कुरुङबाङ , पाँचथरकै फिदिम नगरपालिका ८ बस्ने ३८ बर्षिय बम बहादुर मुखीया, इलाम नगरपालिका ५ का ३२ बर्षीय चेवन कुमार बजगाई , इलाम नगरपालिका ४ का ४३ बर्षिय सरोज कोईराल , इलामको संदकपुर गाँउपालिका ५ बस्ने २२ बर्षिय रबिन लिम्बु र सोही स्थानका ३४ बर्षिय जितेन लिम्बु रहेका छन् ।
उनीहरुलाई मादक पर्दाथ सेवन गरी सवारी चलाएर यात्रुको ज्यान जोखीममा पारेको भन्दै प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालय इलामबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ । प्रहरीले जिल्ला भर चाडबाड लक्षित सचेतना कार्यक्रम समेत शुरु गर्ने जनाएको छ । प्रहरीले जिल्ला भरका सडकमा प्रहरी खटाएर अभियान नै शुरु गरेको छ । यसै बिच जथाभावी पार्कीङ गर्ने सवारी साधनलाई ह्वील लक लगाउन थालिएको छ जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

TOP