जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

मानव बेचबिखन बिरुद्द पशुपतिनगरमा चेतनामुलक कार्यक्रम सम्पन्न(फोटो फिचर)

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
मानव बेचबिखन बिरुद्द पशुपतिनगरमा चेतनामुलक कार्यक्रम सम्पन्न(फोटो फिचर)

फिक्कल: इलामको सूर्योदय नगरपालिका २ पशुपतिनगरमा मानव बेचबिखन बिरुदद्धको १६ औ राष्ट्रिय दिवस बिभिन्न कार्यक्रम गरी सोमबार मनाईएको छ । मानव बेचबिखनको ट्रान्जिट प्वाईन्टका रुपमा रहेको सीमावर्ती पशुपतिनगरमा स्थानीयलाई सजग गराउने उद्देश्यले दिवसको अवसरमा कार्यक्रम गरीएको हो ।
तीनै तहको सरकार , मानव बेचबिखन बिरुद्धको सरोकार भन्ने मुल नाराका साथ कार्यक्रम गरीएको छ ।
सूर्योदय नगरपालिका महिला बालबालिका तथा जेष्ठ नगरिक शाखा, माईती नेपाल पशुपतिनगर र शक्ति समुहको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रमको अवसरमा पशुपतिनगर बजारमा मानव बेचबिखन बिरुद्धका नारा र प्लेकार्ड सहित ¥याली सम्पन्न गरिएको थियो । ¥याली पछि पशुपतिनगर भन्सार कार्यालयमा आयोजित कार्यक्रममा सरोकारवालाले मानवबेचबिखन बिरुद्ध एक भएर अगाडी बढ्नु पर्ने प्रतिवद्धता जनाएका छन् ।
सूर्योदय नगरपालिका महिला बालबालिका तथा जेष्ठ नगरिक शाखा प्र्रमुख तारा शेर्पाको अध्यक्षता तथा सूर्योदय नगरपालिका सामाजिक बिकास समितिका संयोजक डिक बम्जनको प्रमुख आतिथयतामा सम्पन्न कार्यक्रममा , वडा नम्बर ३ का वडाध्यक्ष लोक बहादुर प्रधान, सूर्योदय उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोद राई , माईती नेपाल पशुपतिनगरका होम ढकाल , शक्ति समुहका प्रतिनिधि, स्थानीय प्रहरी प्रशासन लगायतको सहभागीता रहेको थियो ।
वडा नम्बर २ र ३ का वडाबासी , बिद्यार्थी , शिक्षक गरी २५० बढीको सहभागीता रहेको कार्यक्रममा मानव बेचबिखन बिरुद्धका चेतनामुलक गीत समेत प्रस्तुत गरिएको थियो ।
माईती नेपाल र शक्ति समुहले मानव बेचबिखन बिरुद्धका बिभिन्न कार्यक्रम यस क्षेत्रमा गर्दै आएका छन । सूर्योदय नगरपालिका महिला बालबालिका तथा जेष्ठ नगरिक शाखाले समेत मानव बेचबिखन बिरुद्धका कार्यक्रममा सक्रिय रुपमा सघघाउदै आएको छ ।

TOP