पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण जीवनशैली फिक्कलमा ‘क्यान्सर सचेतना’ कार्यक्रम सम्पन्न पालिका विशेष सूचना पालिका विशेष सूचना अर्थ वाणिज्य सन्दकपुर गाउँपालिकामा ४५ करोड ५४ लाखको बजेट अर्थ वाणिज्य चुलाचुली गाउँपालिकाले ‘लिम्बू भाषा’ सरकारी कामकाजको भाषा बनाउने अर्थ वाणिज्य रोङका अभिभावकविहीन विद्यार्थीलाई मासिक २ हजार ‘उज्यालो भविष्य भत्ता’
Hamropalika menu advertisement

प्रदेश १ को पर्यटन ब्राण्ड , नाम र लोगो कार्यदलले सरकारलाई बुझायो

  • प्रकाशित मितिः August 18, 2026
  • हाम्रो पालिका
प्रदेश १ को पर्यटन ब्राण्ड , नाम र लोगो कार्यदलले सरकारलाई बुझायो

फिक्कल: प्रदेश १ को पर्यटन ब्राण्ड नाम र लोगो तथा प्रचार प्रसार कार्यदलले ‘पृथ्वीको स्वर्ग–मेरो प्रदेश’ स्लोगन सहितको लोगो भएको प्रतिवेदन सरकारलाई बुझाएको छ ।
कार्यदलका संयोजक भविश श्रेष्ठले प्रतिवेदनमा उल्लेख भएको ब्राण्ड, नाम र लोगो भएको प्रतिवेदन प्रदेश १ को संस्कृति पर्यटन मन्त्री खिनु लङ्वा लिम्बुलाई हस्तान्तरण गरेका हुन् । कार्यदलका संयोजक श्रेष्ठले ५० दिन लगाएर कार्यदलले प्रतिवेदन बुझाएको बताए ।
प्रदेश १ का १३७ पालिकाहरूमा नै पालिकाको मुख्य ब्राण्डको खोजी गरेकोमा ११२ वटा पालिकाको पर्यटकीय गन्तव्य र ब्राण्डहरु समेटेर प्रतिवेदन सरकारलाई बुझाइएको बताए । श्रेष्ठको संयोजकत्वमा बनेको कार्यदलमा जीतबहादुर राई, दोर्जे सुशील शेर्पा र कौशल चेम्जोङ रहेका थिए । सदस्य सचिवमा मन्त्रालयले एकजना कर्मचारीलाई जिम्मा दिएको थियो ।
सेलिङ ब्राण्डको नारा दिएर कार्यदलले ब्राण्ड निर्धारण गरेको जनाएको छ । त्यस्ता सेलिङ ब्राण्डहरुमा सुनसरीको बेसार, उदयपुरको तेज पत्ता ,खोटाङको घँघरुको लौरो, धनकुटाको एभोकाडो, भोजपुरको खुकुरी ब्राण्ड भएको प्रतिवेदन कार्यदलले दिएको छ ।
त्यस्तै सोलुखुम्बुको लुक्ला बिन्स, ताप्लेजुङको छुर्पी, सङ्खुवासभाको अल्लो, पाँचथरको अलैँची, इलामको चिया, तेह्रथुमको ढाकाको कपडा, झापाको सुपारी र मोरङको माछालाई बिक्री गर्न सकिने पहिचान भएकोले यसको ब्राण्डिङ र बिक्री वितरणसँग जोडिएको छ ।
कार्यदलले प्रदेश १ का १४ जिल्लामा पुगेर त्यहाँको उत्पादन, बजारीकरण र स्थानीयको मागको आधारमा ब्राण्डको पहिचान गरेको जनाइएको छ। ब्राण्डको नाम ल्याउनु भन्दा पहिला सबै जिल्लाका उद्योग वाणिज्य संघहरुसँग पनि समन्वय गरिएको तथा पालिकाहरूले पनि त्यहाँको पहिचान अर्थात् ब्राण्ड भएको बारेमा लिखित जानकारी गराएको आधारमा जिल्ला विशेष पहिचान खोजिएको संयोजक श्रेष्ठले बताए ।यो कार्यदलले बुझाएको प्रतिवेदनलाई कार्यान्वयनमा लग्ने मन्त्री लिम्बुले बताएकी छन् । यो कार्यदलले आफ्नो प्रतिवेदन बुझाइसकेकोले त्यसमा उल्लेख भएका विषयहरू मन्त्रालयले थप अध्ययन गरेर यसलाई मन्त्री परिषदबाट पारित गरी कार्यान्वयनमा लग्ने बताइन् ।

TOP