पशुपतिनगर (इलाम)
इलामको सूर्योदय नगरपालिकाका प्रत्येक वडामा एक÷एक वटा ‘अलवेदर’(बाह्र मासे)सडक निर्माण गरीएको छ । वडा र नगरपालिकाको केन्द्र सम्म सहज सडक संजालको पहुँचका लागि निर्माण गरीएका ‘अलवेदर’(बाह्र मासे)सडक यतिबेला कालोपत्रेको चरणमा पुगेका छन् । गाउँका सडक धमाधम कालोपत्रे हुँन थालेपछि यहाँका स्थानीय उत्साहि बन्न थालेका छन् ।
सूर्योदय नगरपालिकामा १३ दशमलब ५ किलोमिटर कालोपत्रे, ८३ दशमलब ८ किलोमिटर ग्राभेल र ६ सय ६८ दशमलब ९३ किलोमिटर गरी जम्मा तीन सय ३३ वटा स्थानीय सडकहरु रहेका छन । नगरले यी सडकलाई ‘ए,बी,सी र डी’ गरी चार किसिमले बर्गाीकरण गरेको नगरका इन्जिनियर कविन सापकोटाले जानकारी दिनु भयो । इन्जिनियर सापकोटाका अनुसार नगर भित्र स्ट्राटेजिक रोड नेटवर्क(एस.आर.एन.) अन्र्तगतका ठूला तीनवटा सडक छन् । जस अनुसार मेची राजमार्ग, फिक्कल–पशुपतिनगर र छिपिटार–अन्तु सडकको कालोपत्रे ४८दशमलब २० किलोमिटर, ग्राभेल २ दशमलब ४५ किलोमिटर र कच्ची(धुलेबाटो) २ दशमलब ४१ किलोमिटर पर्दछ ।
सूर्योदय डिस्ट्रिक्ट रोड केयर(डि.आर.सी.एन.) अन्र्तगत १० दशमलब ८३ किलोमिटर कालोपत्रे, १६ दशमलब १२ किलोमिटर ग्राभेलर ३६ दशमलब ५६ किलोमिटर कच्ची(धुलेबाटो) रहेका छन । नगरपालिकाले आफनो नगर भित्रका सडकलाई १२ महिना नै सवारी साधन संचालन गर्ने गरी योजना अनुसार केहि बर्ष पहिले नै नगर स्तरीय सडक संजाल गुरुयोजना बनाएको थियो । गुरुयोजना अनुसार २८ बर्ष भित्रमा नगर भित्रका सबै सडक निर्माण भैसक्ने उल्लेख गरीएको छ । हाल सम्म १३ दशमलब ५ किलोमिटर कालोपत्रे, ८३ दशमलब ०८ किलोमिटर ग्राभेल र ६ सय ६८ दशमलब ९३ किलोमिटर कच्ची बाटोको स्तर उन्नतीको काम भैरहेको छ ।
सडक निर्माणको ब्यवस्थित योजना बनाएर निर्माण गर्दा नागरिकको जिवनस्तरमा सुधार ल्याउन सकिने गरी सडक संजालको गुरुयोजना निर्माण गरीएको नगर प्रमुख रण बहादुर राईले जानकारी दिनु भयो । नगर प्रमुख राईले भन्नु भयो‘परम्परागत शैलिले सडक निर्माण गर्ने हो भने नगरका सडक ग्राभेल मात्रै गर्न पनि २८ बर्ष लाग्छ, हामीले नयाँ ढंगले काम गर्दा नागरिकलाई सहज भएको छ ।’स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधिले एक वडा एक ग्राभल सडक निर्माणलाई प्राथमिकता दिएपछि सूर्योदयका १४ वटै वडाका एक÷एक वटा सडक ग्राभेल गर्ने काम हुँदै हाल कालोपत्रेको चरणमा आएको नगरपालिकाका सिभिल इञ्जिनियर सापकोटाले बताउनु भयो ।
नगरभित्रका सडक २७ वर्ष भित्र ग्राभेल गर्नका लागि हरेक पाँच वर्षमा ५९ करोड रुपियाँ खर्च नगरपालिकाले गर्नुपर्ने हुन्छ । यो रकम सडकको सर्भे, वातावरण संरक्षण, सडक चौडा र सडक स्तर उन्नतीमा लाग्ने खर्च हो । पाँच वर्षमा ५९ करोडको ५ प्रतिशत वातावारण संरक्षण, ५ प्रतिशत सर्भे डिजाइन, १५ प्रतिशत सडक चौडा र ७५ प्रतिशत सडक ग्राभेलमा खर्च हुने गुरुयोजनामा उल्लेख छ । अहिलेको दररेट अनुसार नगर क्षेत्रका सडक ग्राभेलका लागि ३ अरब २० करोड २७ वर्षभित्र खर्च गर्नुपर्ने छ ।
गाउँका सडक कालोपत्रे हुन थालेपछि यहाँका कृषि उपजलाई बजार सम्म लैजान सहज भएको छ । सूर्योदय १४ का देवि प्रसाद आचार्यले उत्पादित बस्तु बजारीकरणमा सडक संजालले सहज भएको बताउनु भयो । सूर्योदय–१ का सन्तोष बजगाईं गाउँमा उत्पादित कृषिउपज सङ्कलन गरेर भारतीय सीमाक्षेत्र मानेभञ्ज्याङ बजारमा बिक्री गर्न लैजानुहुन्छ । पैदल यात्रा गर्न करिब तीन घन्टा लाग्नेमा सडक बनेपछि अहिले उहाँलाई बजार पुग्न सहज भएको छ । बाटो अप्ठ्यारो हुँदा घोडामा तीन–चार घन्टासम्म लाग्थ्यो । अहिले बाटो सजिलो भएको छ । विगतमा भन्दा ग्रामीण क्षेत्रका किसानलाई बजार पुग्न, विद्यार्थीलाई विद्यालय आवतजावत गर्न र बिरामीलाई तत्काल अस्पताल पुग्न सजिलो भएको स्थानीयको भनाइ छ किसानले दुःख गरेर उत्पादन गरेका उपजले सडक अभावकै कारण बजार नपाउने समस्याको अन्त्य भएको किसान बताउँछन् ।
बाटो बनाउन मेसिन प्रयोग गरेर काम देखाउने र जनताको आँखामा भ्रम छर्ने परम्परागत तरिकालाई हटाएर दिगो विकासको मोडलमा पालिका अघि बढेको उपप्रमुख दुर्गाकुमार बरालले बताउनुभयो । ‘माटो र बाटोमात्र विकास हो भन्ने परम्परागत सोचलाई परिवर्तनका लागि आर्थिक, सामाजिक, वातावरण र सुशासन क्षेत्रको विकासका लागि समान रूपमा योजना तथा कार्यक्रम अघि बढाइएको छौँ’, उहाँले भन्नुभयो।
सूर्योदयका किसानले चियापछि धेरै दुग्ध उत्पादन गर्छन् । चियालाई स्थानीय उद्योगमा पुर्याउन, दुग्धलाई डेरीमा लैजान र आलु, अलैँची, अदुवा, स्कुस, साग, टमाटरजस्ता कृषि उत्पादनलाई बजार पु¥याएर बिक्री गर्न बाह्रमासे सडकले ठूलो राहत गरेको किसान बताउँछन् । भारतसँग जोडिएको मानेभञ्ज्याङ, पशुपतिनगर र फाटकसहित स्थानीय, फिक्कल, हर्कटे, आइतबारे, गोर्खेलगायत बजार यहाँका किसानको मुख्य व्यापार स्थल हो । मानेभञ्ज्याङ, पशुपतिनगर, फाटक, गोर्खे बाहेकका सबैजसो बजार मेची राजमार्गले छोएका छन् ।
सडक गुरुयोजना अनुसार सूर्योदय नगरपालिका भित्रका सडकमा सबैभन्दा बढी दुईपाङ्ग्रे मोटरसाइकल प्रयोग हुँदै आएका छन् ।नगरस्तरीय सडकमा ४५ प्रतिशत मोटरसाइकल प्रयोग हुन्छन् । त्यस्तै जिप ,कार २६ प्रतिशत, ट्रयाक्टर १७ प्रतिशत र ट्रक बस १२ प्रतिशत नगरपालिका भित्र गुड्ने गरेका छन् ।गोरखापत्र दैनिक