जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

पत्रकार महासंघ इलाम शाखाले तयार पारेको पुस्तक ‘इलाम’ को विमोचन

  • प्रकाशित मितिः September 26, 2026
  • हाम्रो पालिका
पत्रकार महासंघ इलाम शाखाले तयार पारेको पुस्तक ‘इलाम’ को विमोचन

इलाम: पत्रकार महासंघ इलाम शाखाले तयार पारेको पुस्तक ‘इलाम’ को विमोचन गरिएको छ । मंगलबार आयोजित एक समारोहमा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर रानाले पुस्तक विमोचन गर्नु भएको हो ।इलामको पत्रकारिता र समग्र जिल्लाको इतिहास समेटेर जिल्ला शाखाले पुस्तक तयार पारेको छ ।

‘हामीले इलामको पत्रकारिताको इतिहास खोज्ने कार्य प्रारम्भ गरेका छौ’, महासंघका अध्यक्ष बिप्लव भट्टराईले भन्नुभयो । ‘यो पुस्तक पत्रकारिताको अनुसन्धान गर्नेहरुका लागि उपयोगी दस्तावेज हो, यहाँ समावेश भएका विषयहरु थप खोजी गर्न सकिने खालका छन् ।’तिन खण्डमा विभाजन गरिएको यो कितावमा ४६ जना लेखकहरुको विचार समावेश छ । २ सय ६२ पृष्ठ लामो किताबलाई इलामको पत्रकारिता जीवन्त अभिलेख उपमा दिईएको छ ।

पुस्तकमा इलामको पत्रकारिताको इतिहास, वर्तमान अवस्था, समस्या, सम्भावना, चुनौतीका साथै जिल्ला र विभिन्न पालिकाहरुको परिचय समेटिएको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।पुस्तकमा खण्ड(१ मा पत्रकारितासँग सम्बन्धि आलेख ३० वटा, खण्ड(२ मा इलामसँग सम्बन्धित १६ वटा आलेख र खण्ड(३ मा इलामका १० वटा पालिकाको परिचय समेटिएको छ ।

नेपाल पत्रकार महासंघ इलामले पहिलो पटक यो पुस्तक प्रकाशन गरेको हो । महासंघले पहिलो चरणमा पाँच सय प्रति पुस्तक प्रकाशन गरेको हो । यस्तै पुस्तक विमोचन कार्यक्रमकै अवसर पारेर पत्रकार महासंघ इलाम शाखाको आधिकारिक वेबसाईट समेत उद्घाटन गरिएको छ ।उक्त अवसरमा कोशी प्रदेश सरकारको बिकास निर्माणमा संचारकर्मीको भूमिका बिषयक अन्तक्रिया कार्यक्रम समेत सम्पन्न भएको छ । इ हिमाल टाइम्सबाट

 

TOP