जीवनशैली सूर्योदयमा माघ २७ गतेदेखी एचपिभी खोप अभियान संचालन गरीने अर्थ वाणिज्य रोङ गाउँपालिकामा ‘अविभावक शिक्षा’ प्रभावकारी बन्दै अर्थ वाणिज्य पूर्वीनाकाबाट २३ अर्बको आयात, १३ अर्बको निर्यात कला / मनोरञ्जन ‘किम्फ’ फिल्ममा रम्दै इलामेली अर्थ वाणिज्य इलामको माइजोगमाई गाउँपालिकाको माईबेनीमा प्रतियोगितात्मक कृषि प्रदर्शनी खेलकुद सूर्योदय नगर स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधि करफोक मा.बि.लाई जीवनशैली नाम्सालिङको हात्तीटारमा निशान पदयात्रीको भब्य स्वागत कला / मनोरञ्जन निशान पदमार्गमा पदयात्राको अन्तिम तयारी पालिका विशेष निशान पदमार्ग उद्घाटन कार्यक्रम जीवनशैली निर्माण व्यवसायी संघ इलामको अध्यक्षमा डिल्ली खनाल निर्वाचित
Hamropalika menu advertisement

सूर्योदयको बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न,दर्जनौ सम्मानित

  • प्रकाशित मितिः January 21, 2025
  • हाम्रो पालिका
सूर्योदयको बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न,दर्जनौ सम्मानित
Spread the love

फिक्कल: इलामको सूर्योदय नगरपालिकाको आर्थिक बर्ष २०८१/०८२ को बजेट तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भएको छ । सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राईको अध्यक्षता तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आथित्यतामा बजेट तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा उप प्रमुख दुर्गाकुमार बरालले स्वागत गनुृ भएको थियो । मुख्यमन्त्री कार्कीले डिजिटल माध्यमबाट उद्घाटन गर्नु भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले कार्यक्रमबारे जानकारी दिनु भयो । उहाले आर्थिक बर्ष २०८१/०८२ का लागि सूर्योदयको कुल बजेट एक अर्व ४१ करोड ४६ लाख २७ हजार पाँचसय रुपियाँ रहेको जानकारी दिनु भयो । सिंगो बजेट मध्ये सबैभन्दा बढी रकम सामाजिक बिकासका क्षेत्रमा रहेको छ ।

धार्मिक पर्यटनको बिकास गरौः मुख्यमन्त्री कार्की

कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशको समृद्धिका लागि धार्मीक पर्यटनको बिकास गर्नु पर्ने बताउनु भएको छ ।
इलामको सूर्योदय नगरपालिकाको आर्थिक बर्ष २०८१/०८२ को बजेट तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा मंगलबार सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा धार्मीक पर्यटनको अथाह संभावना रहेकाले प्रदेशको समृद्धिका लागि धार्मीक पर्यटनको बिकास गर्नु पर्ने बताउनु भएको हो ।
उहाले बराहक्षेत्रको चतहरा, रामधुनी, अर्जुनधारा, पाथीभरा जस्ता धार्मीक र अनेकौ सांस्कृतिक स्थल रहेको कोशी प्रदेशमा धार्मीक पर्यटनको बिकास गर्न सके मात्र पर्यटन क्षेत्रको बिकास हुँने बताउनु भयो । मुख्य मन्त्री कार्कीले भन्नु भयो‘राष्ट्रिय पुँजीको बिकास गर्नका लागि पर्यटकीय गन्तब्यलाई बेच्न सक्नु पर्छ ।’ उहाले उत्पादनमा जोडिएर राष्ट्रिय पुँजीको निर्माण लाग्न आग्रह समेत गर्नु भयो । ‘यस अघि के भए के भएनन भनेर निरास हुने भन्दा अव प्रदेशलाई सक्षम बनाउन बिगतका कमी कमजोरीलाई स्वीकार गरेर आर्थिक समृद्धिमा लाग्नु पर्दछ ’मुख्यमन्त्री कार्कीले भन्नु भयो । उहाले आफनै पालमा कोशी प्रदेशलाई आर्थिक बिकास तर्फ देशकै उत्कृष्ठ बनाउने दावी गर्नु भयो ।

 

बजेट कार्यान्वयन गर्न सरोकारवालाको सुझाव

कार्यक्रममा संविधानसभा सदस्या लिलादेबी श्रेष्ठले नगरले गरेका सकारात्मक कामको प्रस.शा गर्दै केहि बिषय सुधार गर्नु पर्ने बताउनु भयो । उहाले बिद्यालय मर्च गर्न नहुने तर्क राख्नु भयो । कार्यक्रममा कोशी प्रदेशका पूर्व आन्तरिक तथा कानुन मन्त्री शम्सेर राईले तीनै तहका सरकारले जनताको पक्षमा काम गर्नु पर्ने बताउनु भयो । उहाले बिकासका काम गर्दा आम नागरिकको पहुँच पुग्ने गरी गर्नु पर्ने बताउनु भयो । पूर्व मन्त्री तथा प्रदेश सभा सदस्या खिनु लङ्वा लिम्बुले तिनै तहका सरकारको समन्वयमा मात्र बिकास सम्भव भएको बताउनु भयो । पूर्व उप प्रमुख तथा नेकपा एमाले सूर्योदय नगर कमिटी अध्यक्ष दुर्गादेबी भट्टराईले नगरले गरेका राम्रा कामको पंशंसा गर्दै सुधार गर्नु पर्ने बिषयमा सधै आवाज उठाइृ रहने बताउनु भयो । उहाले अनुदानका कार्यक्रम प्रभावकारी बनाउन आग्रह गर्नु भयो । उहाले आएको बजेट जस्ताको त्यस्तै कार्यान्वयन गर्न आग्रह गर्नु भयो ।
उक्त कार्यक्रममा कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख चित्रकाला बराईली , जिल्ला समन्वय समितिका पूर्व प्रमुख गणेश बराल , सहायक प्रमुख जिल्ला अधिकारी महेश तिम्सीना,सूर्योदय बाल संजालका अध्यक्ष निर्मल गुरुङ, नेपाली काग्रेस नगर सभापती जिवन कुमार नेपाल, नेकपा एकाका नगर अध्यक्ष कमल गदाल, रास्वपाका नगर उपसभापती महेश गदालले आफनो धारणा राख्नु भएको थियो । कार्यक्रमको
सूर्योदय नगरपालिकाले बर्षेनी असार १५ गते बजेट तथा कार्यक्रम सार्वजनिक गर्ने गरेको छ । सार्वजनिकीकरण कार्यक्रममा बिभिन्न क्षेत्रबाट नगरको बिकास गर्ने २६ जनलाई सम्मान गरीएको छ ।
सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राईले दिगो बिकासका लक्ष्य प्राप्त गर्ने गरी नगरले काम गरीरहेको जानकारी दिनु भयो ।
महालेखा परीक्षकको कार्यालयको ६१ औं प्रतिवेदनमा इलामका १० पालिका मध्ये सूर्योदय नगरपालिका सबै भन्दा कम बेरुजु भएको पालिकामा परेको जानकारी दिदै आगामी दिनमा बेरुजु शुन्यमा झार्ने लक्ष्यका साथ काम भैरहेको जानकारी दिनु भयो । आर्थिक बर्ष २०७९/०८० को महालेखाको प्रतिवेदन अनुसार सूर्योदयको बरुजु शून्य दशमलब शून्य सात (०.०७%) प्रतिशत मात्र छ ।
आर्थिक बर्ष २०८१/०८२ का लागि सूर्योदयको कुल बजेट एक अर्व ४१ करोड ४६ लाख २७ हजार पाँचसय रुपियाँ रहेको प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले जानकारी दिनु भयो । नगरको आन्तरिक आम्दानी बार्षिक आठ करोड रहेको छ । नगरले आन्तरिक आम्दानी बृद्धि गर्न बिभिन्न योजना निर्माण गरीरहेको जनाएको छ । गत आर्थिक बर्ष आर्थिक बिकास र सुशासन तर्फ सूर्योदय नगरपालिका देशकै पहिलो भएको थियो ।

दर्जनौ सम्मानित

नगरपालिकाले नगरलाई बिभिन्न माध्यमबाट योगदान गर्ने ब्यक्ति र संघसंस्था गरी ३६ जनालाई सम्मान गरेको छ । नगरले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्मानपत्र र नगर सहित सम्मानित तथा पुरष्किृत गर्नु भयो ।नगरले गठन गरको समितिले बिभिन्न क्षेत्रमा उत्कृष्ठ कार्य गर्ने ब्यक्तिलाई सम्मान गरेको जनाएको छ ।


नगरले गीत संगीत साहित्य तर्फ पुजन प्रधान, उत्कृष्ठ किसानतर्फ चन्द्रकला मादेन, मोहन लाप्चा, उत्कृष्ठ अर्गानिक किसानतर्फ बिक्रम चेम्जोङ, डेरी उद्योगतर्फ चन्द्र सोङमेन राई , पालुवा वाल संजाल , प्राथमिक स्वास्थ्य संस्था पशुपतिनगर, साना किसान सहकारी संस्था, पत्रकार जय राई सहित कर्मचारीहरु रविन खत्री , अनिस दुलाल, खगेन्द्र प्रधान, सुनिल मोते र भिम बिश्वकर्मालाई सम्मान गरेको थियो । उक्त कार्यक्रमको संचालन कर्मचारी खेमराज राई र सरला तामाङले गर्नु भएको थियो ।

TOP