प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

इलामको फिक्कलमा बैशाख ३ र ४ गते सडक महोत्सव हुने

  • प्रकाशित मितिः June 10, 2026
  • हाम्रो पालिका
इलामको फिक्कलमा बैशाख ३ र ४ गते सडक महोत्सव हुने

फिक्कल: इलामको सूर्योदय नगरपालिकाको फिक्कल बजारमा पाँचौ सूर्योदय सडक महोत्सव हुने भएको छ । पर्यटन प्रवर्धन गर्ने उद्देश्यले बैशाख ३ र ४ गते सूर्योदय नगरपालिकाको फिक्कलमा पाँचौ संस्करणको सूर्योदय सडक महोत्सव हुने भएको हो ।
बिगतका बर्ष देखि लाग्दै आएको महोत्सवमा यस पटक स्थानीय खाद्य परिकार, हस्तकला सामग्री, बिद्युतीय सवारी साधनको स्टल, वातावरणमैत्री निर्माण सामग्रीको स्टल र स्थानीय पर्यटकीय उपजका स्टल रहने छन् । दुई दिन सम्म संचालन हुँने महोत्सव सम्पन्न गर्दा १९ लाख रुपियाँ खर्च हुने र उक्त अवधिमा १५ हजारले महोत्सवको अवलोकन गर्ने आयोजक सूर्योदय होटल ब्यवसायी संघका अध्यक्ष प्रज्वल प्रधानले जानकारी दिनु भयो । उहाले भन्नु भयो‘सडक महोत्सव नेपालका थोरै ठाउँमा मात्र हुने गरेको छ, त्यस मध्ये निरन्तर्ता पाएको फिक्कलले पनि हो ।’
महोत्सवको आयोजना सूर्योदय होटल ब्यवसायी संघ, यूनाइटेड फिक्कल क्लब र सूर्योदय जेसिजले गरेका छन्। सूर्योदय जेसिजका अध्यक्ष अभिषेक पौडेलले सूर्योदयको पर्वका रुपमा मनाईदै आएको सडक महोत्सवमा दुई दिनमा एक करोड बढीको करोबार हुने बताउनु भयो । ‘हामी संघ संस्थाले गरेका यस्ता पर्यटन प्रवर्धनका कार्यक्रममा स्थानीय सरकारले साथ दिनु पर्छ ।’
महोत्सवमा रैथाने खानाका परिकारका स्टललाई प्राथमिक्ता दिईएको आयोजकले जनाएको छ । महोत्सवमा हुर्रा नाच, लाखे नाच र परेड प्रस्तुत गरीने अध्यक्ष पौडेलले जानकारी दिनु भयो । महोत्सवमा द एकस ब्याण्ड सहित रचना रिमाल सहितका कलाकारले सांगीतिक प्रस्तुती राख्ने कार्यक्रम छ । आयोजकले महोत्सवका लागि सबै तयारी पुरा भएको जानकारी दिएको छ ।

TOP