इलाम जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित चुलाचुली गाउँपालिका साबिकका चुलाचुली र साकफारा दुई गा.वि.स. मिलाएर बनाइएको छ । जिल्लाको पश्चिम दक्षिणी क्षेत्रमा अवस्थित यस गाउँपालिकाको कूल क्षेत्रफल १०८.४६ वर्ग किलोमिटर रहेको छ । छ वटा वडामा विभाजन गरिएको यस गाउँपालिकाको पूर्वमा माई नगरपालिका,पश्चिमका मोरंग जिल्ला उत्तरमा माङसेबुङ गाउँपालिका तथा दक्षिणमा झापा जिल्लासंग सिमाना जोडिएको छ । पूर्वपश्चिम राजमार्गसंग पक्की सडकले जोडिएको यस गाउँपालिकामा पहाडी भूभागका अतिरिक्त केहि समथर भूभाग समेत पर्दछ ।
दक्षिणको मैदानी भागमा उस्ण हावापानी र कृषियोग्य भूमि भएकोलेपहाडी क्षेत्रबाट बसाइ सराइ गरी आएका मानिसको बाहुल्यता रहेको क्षेत्र हो । सामाजिक वनावटका आधारमा करिव ५५ प्रकारका जातजातिहरु मद्धे ३० प्रतिशत राई र २५ प्रतिशत ब्राम्हणछेत्री तथा बाँकी अन्य जातजाति वसोवास गर्दछन । जिल्ला सदरमुकाम पुग्न झापा भएर जानु पर्दछ । पछिल्लो समय चुलाचुलीमा बिकासका लहर छाउन थालेका छन । नेपाली काग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ संग गरीएको कुराकानीको अंश ः
चुलाचुली गाउँपालिकाको समग्र अवस्था कस्तोे छ ?
चुलाचुलीको अवस्था मध्यान्न भन्दा माथी छ । हामी निर्वाचित भएर आए पछि हामीले हाम्रो घोषणा पत्र अनुसार नै काम गरीरहेका छौ । बजेट अनुसार बिकास निर्माणका काम द्रुत गतिमा हुँदै छ । घोषणापत्र अनुसार ८५ प्रतिशत लक्ष्य पुरा भएको छ । बिस्तारी सुधार हुँदै छ ।
देखिने गरीका बिकास निर्माणका काम कसरी हुँदै छन्?
हामीले पूर्वधारमा वडा नं. १ देखि ६ सम्मै ब्ल्कटप कालोपत्रे सडक शुरु गरी सक्यो । सबै वडामा कालोपत्रे पुरर्याएका छौ । यस अघि त्यो थिएन । हामीले अन्तरपालिका सडक निर्माण गरेका छौ । इलामको माङसेबुङ, गाउँपालिका , माई नगरपालिका , झापा कमल गाउँपालिका संग अन्तरपालिका सडक निर्माण् गरीरहेका छौ । झापा र मोरङका पालिका संग हामीले यो प्रकृतिको सडक निर्माण गरीरहेका छौ । यी देखिने गरीका काम हुँन । अरु भनेको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा थुप्रै काम भएका छन् ।
निर्वाचनका बेला निक्कै महत्वकाक्षी घोषणापत्र सार्वजनिक गर्नु भएको थियो, त्यो घोषणापत्र अनुसार काम भएका छन्?
अवश्य भएका छन । मैले काम गर्ने नै त्यही घोषणा पत्र अनुसार हो । हामीले के भनेका थियो भने बैंकबाट दिईने सामाजिक सुरक्षा भत्ता लिन आउदा साकफाराका नागरिकको एक पटकमा आठ हजार लिन आउदा चार हजार भाडा मात्र खर्च गर्नु पथ्र्यो । हामीले बोले अनुसार त्यो हामीले घर घर लैजान थालेका छौ । अपाङ्ग, अशक्तलाई त झन खोजी खोजी घरघरमै गएर सामाजिक सुरक्षा भक्ता दिने गरेका छौ । अर्को हामीले स्वास्थ्य बिमा सहन बनाउने भनेका थियौ । बनायौ पनि । स्वास्थ्य बिमाको प्रथम केन्द्र चाहि चुलाचुली नै राखेका छौ । लाइसेन्स लिएर त्यो राख्न हामी सफल भयौ ।अहिले एम.बी.बी.एस. डक्टर राखेर हामीले दैनिक दुई सय जनालाई सेवा दिएका छौ । जहा चाही चुलाचुलीमा एम्बुलेन्स नै थिएन, अहिले दुईवटा एम्बुलेन्स छन । कृषिमा सिमलतरुलको उद्योग स्थापना गर्ने भनेका थियौ । अहिले पालिका भरी सिमलतरुल खेती बिस्तार गरी सकेका छौ । सिमलतरुलबाट पिठो संगै साबुदाना उत्पादन गर्ने गरी अहिले काम थाली सकेका छौ ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा के काम भएका छन्?
शिक्षामा हामीले चुलाचुलीका सबै बुहारीहरुलाई निशुल्क ११ , १२ पढाएका छौ । अहिले बुहारीले निशुल्क पढीरहेका छन । अर्को चाही हामीले सामुदायिक बिद्यालयलाई बस दिएका छौ । अनि चुलाचुलीका प्रत्येक आधारभुत बिद्यालयमा अग्रेजी माध्यम राखेका छौ । त्यसले भविश्यमा एउटा नतिजा निकाल्छ ।
स्वास्थ्यको क्षेत्रमा त्यहि हो । स्वास्थ्य बिमा ल्यायौ, डाक्टर राखेका छौ । नागरिकले सहज रुपमा स्वास्थ्य उपचार पाएका छन । पालिकामा १५ शैयाको अस्पताल तयारी अवस्थामा छ । प्रत्येक वडामा स्वास्थ्य चौकी निर्माण गरेका छौ । दलित , अपाङ्ग र अशक्तलाई हामीले स्वास्थ्य बिमा कार्यक्रममा सहज रुपमा सहभागी गराएका छौ ।
कृषि र पशुपालन नै तपाईको पालिकाको मुख्य ब्यवसाय हो, कृषि र पशुपालनको क्षेत्रमा के गर्दै हुनुहुन्छ ?
पशुको क्षेत्रमा वडा नं. १ देखि ६ सम्मै अनुदानमा डेरी संचालनमा ल्याएका छौ । बार्षिक रुपमा पशुपालन किसानलाई मागका आधारमा अनुदान दिएका छौ । दुध र दुधजन्य बस्तुको बजारीकरणमा पनि हामीले पहल गरीरहेका छौ ।
पर्यटनको क्षेत्रमा के गर्दै हुनुहुन्छ ?
केहि दिन अघि पर्यटन प्रवर्धन गर्नका लागि १० दिन सम्म ऐन पोखरी महोत्सव लगायौ । यो महोत्सवले यहिका नागरिकको आम्दानी बढाउने देखि पर्यटन प्रवर्धनको काम भएको छ । अव यो चुलाचुलीलाई हेर्ने दृष्टीकोण नै फरछ । यहाँ झगडा हुन्छ, काटमार हुन्छ भन्ने भ्रम छ । तर, ऐना पोखरी महोत्सवले त्यो भ्रम मात्र हो है भन्ने बनाएको छ । कुनै झगडा बिवाद बिनै महोत्सव सम्पन्न भयो । हामी स्थानीय स्तरमा उत्पादन भएका बस्तु र रैथाने खाना प्रर्वधनमा लागेका छौ । यस्ता स्टल राखेर भए पनि हामी पर्यटक संग जोडेर यस्ता बस्तुको प्रवर्धन गर्न लागि परेका छौ । यहाँ आन्तरिक पर्यटनको संभावना धेरै छ । चुरेको फेदमा छ यो पालिका छ । आगामी बर्षबाट ६ वटै वडामा पर्यटन प्रर्वधनका कार्यक्रम र बजेटको ब्यवस्था गर्छौ ।
सिमल तरुल ब्राण्ण्ङि गरिए पछि किसानलाई के फाईदा हुन्छ ?
यसका लागि हामीले एक बिगाहा जमिन प्राप्ती गरेका छौ । कोशी प्रदेशबाट पाएका छौ । अव तीन महिना भित्रमा घेराबारा सक्छौ । अर्को बर्ष देखि मेसिन ल्याएर उत्पादन शुरु गर्छौ । उद्योग शुरु भए पछि किसानले परिश्रमको मुल्य पाउछन् । गाउँघरमै उत्पादनको मुल्य पाएपछि किसानको आर्थक आय आर्जन बढ्छ र पालिका पनि समृद हुन्छ ।
चुलाचुलीका साख समस्या के हुन्?
आफनै सदरमुकाम जान एक दिन लाग्छ, त्यो पनि झापा भएर जानु पर्छ ।पूर्वाधारमा बाटोघाटोको समस्या छ , बर्खामा खोलाको समस्या छ । बिद्युतीकरणको अझै केहि समस्या छ । अव रोजगारी श्रृजना गरी जिविको पार्जनमा युवालाई जोड्नु हाम्रो मुख्य समस्या छ । बिद्यालय छोड्ने, कुलतमा लागने पनि युवाका समस्या छन् ।
संघ र प्रदेश संगको समन्वय कस्तो छ ?
हामी बजेट माग्न जाने हो संघमा, तर, माग गरे अनुसार बजेट पाईएको छैन । त्यो चाहि दुखद पक्ष छ । संघले पनि सबै पालिकालाई समाबेसी तरीकाले बजेट बितरण गर्नु पर्छ । तर, त्यहा के देखियो भने सांषद , मन्त्रीको पहुँचको भरमा बजेट बितरण गरेको पाइयो । यसरी समाबेसी रुपमा बिकास हुँदैन । लविङ त हामी गरी रहन्छौ तर, बजेट आउदैन । अव प्रदेशमा पनि त्यहि हो । प्रदेशबाट केहि बजेट चाहि हामीले ल्याएका छौ । प्रदेशका पनि योजना का संचालन हुन्छन, कहिले सम्पन्न हुन्छन हामीलाई थाहा हुँदैन । हामीले आपत्ती जनाएकै त्यहि हो । प्रदेशको काम गराईनै कच्चा खाल्को छ । सोचे जस्तो बजेट अनुसार काम भएनन्। योजना अनुगमन नियमन र रखदेख कस्ले गर्ने भन्ने स्पष्ट छैन । समन्वय भएमा धेरै काम राम्ररी गर्न सकिन्छ ।
तपाईको कार्यकालमा चुलाचुली गाउँपालिका कस्तो बन्छ?
हाम्रा नेताले भने जस्तो चुलाचुली सिंगापुर, अमेरीका चाईना बनाउछौ भन्दैनौ । चुचाचुलीलाई चुलाचुली नै बनाउने हिम्मत छ । तर, बस्न लायक चुलाचुली बनाउछौ । नागरिकका सबै खाले आवश्यक्ता पुरा गर्ने गरीको पालिका हामी बनाउछौ । चुलाचुलीको जे भूगोल छ, जस्तो बसाई छ, हाम्रो समुदायले जे आशा गरेको छ त्यो चाहि दिन्छौ ।