कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

कृषि उपजको बजारीकरणमा तीनै तहका सरकार लाग्नु पर्छ: माईजोगमाई गाउँपालिका अध्यक्ष थेवे (अन्तरवार्ता)

  • प्रकाशित मितिः November 13, 2025
  • हाम्रो पालिका
कृषि उपजको बजारीकरणमा तीनै तहका सरकार लाग्नु पर्छ: माईजोगमाई गाउँपालिका अध्यक्ष थेवे (अन्तरवार्ता)

 

माईजोगमाई गाउँपालिका इलाम जिल्लाको सुदुरपुर्बी क्षेत्रमा रहेको गाउँपालिका हो । यस पालिकाको तल्लो क्षेत्रमा धान झुल्ने बेसी र माथिल्लो क्षेत्रमा हिउ तुसारो झर्ने फाँट रहेका छन् । भारतीय सीमावर्ती क्षेत्रमा पर्ने माईजोगमाई गाउँपालिका कृषि र पर्यटनमा अब्बल भए पनि समुचित बिकास भने भएको छैन । नेपालको संघीय शासन प्रणाली अन्तर्गत राज्य पुर्नसंरचनामा स्थानिय तहको नंया सिमांकन गर्दा यो गाउँपालिका साबिकका ५ वटा साबिकका गाउँ बिकास समितिबाट रुपान्तर भइ स्थापना भएको छ । यो गाउँपालिका जातिगत तथा सास्कृतिक रुपमा बिशिस्टता र विविधता बोकेको गाउँपालिका हो । इलामको पुर्बी भागमा मात्र बसोबास गर्ने न्यूनसंख्यामा रहेका लेप्चा र थामी जातिको समेत यस गाउँपालिकामा बसोबास रहेको छ । ऐतिहासिक तथा पर्यटकीय महत्वको रुपमा रहनु भएका समाजसेबी सन्त बालागुरुको कर्मभुमि नयाँबजार, नयाँबजारकै दर्गा मन्दिरमा रहेको नेपालकै सबै भन्दा अग्लो गणेशको मुत्र्ती, नामसालिंङमा रहेको माइबेनी धाम, नयाँबजारको बौद्ध गुम्बा , शिवालय मन्दि, उत्तरे पोखरी, साङछोलिङ गुम्बा ,मेघ्मा गुम्बाका साथै पर्यटकीय स्थल जौबारी, तुम्लिङ , टङ्लु, मेघमा आदि यहाँका मुख्य गन्तब्य स्थल हुँन । यहाँको मुख्य आम्दानीको स्रोत कृषि र पशुपालन हो ।अलैँची र आलु उत्पादनका हिसावले यो पालिका जिल्लाकै अग्रणी स्थानमा पर्दछ । नेकपा एमालेबाट निर्वाचित माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवे संग पशुपतिनगर समाचारदाता प्रेम अधिकारीले गर्नु भएको कुराकानी ।

माईजोगमाई गाउँपालिकाको समग्र अस्था कस्तो छ?

समग्रमा भन्नु पर्दा गाउँपालिका भित्र ठूला योजना संचालनमा रहेका छन । जस्तै फिक्कल–नयाँबजार बाटो कालोपत्रे सकिन लाग्यो । १५ शैयाको आधाभुत अस्पताल निर्माणाधिन अवस्थामा छ । हाम्रा बार्षिक स्वीकृत कार्यक्रम अनुसार नै कार्यक्रम संचालन गरी कार्यान्वयन गर्न द्रुत गतिमा लागि परेका छौ । वाँकी रहेका ऐन,कानुन निर्माण गर्ने देखि समग्र पालिकाको बिकासकै लागि सिंगो पालिका टिम लागि परेको छ । पूर्वाधार बिकासलाई पनि त्यतिकै जोड दिएका छौ ।

बिकास निर्माणका काम कसरी अगाडी बढ्दै छन् ?

बिकास निर्माणका काम गत बर्षका भएका कतिपय कामहरु हेरेर थप काम कसरी गर्ने भनेर बिगतका कामको मुल्याङकन गरी अगाडी बढ्दै छौ । गाउँ सभाबाट भौतिक निर्माण ,शिक्षा ,स्वास्थ्यमा र सामाजिक बिकासका क्षेत्रमा तय गरेका कार्यक्रमलाई कसरी अगाडी बढाउने काममा लागि रहेका छौ । पालिकामा सडक, बिजुली , खानेपानी जस्ता संरचना निर्माण भैरहेका छन् ।बिगतै अधुरा काम पुरा गर्न पनि समय लाग्ने भएकाले त्यतिकै लागेका छौ । भौगोलिक बिकट्ताका बिच पनि पालिकाको बिकास अगाडी बढी रहेको छ ।

निर्वाचनका बेला निक्कै महत्वकांक्षी घोषणा पत्र सार्वजनिक गर्नु भएको थियो, त्योे घोषणा पत्रमा उल्लेख भए अनुसार काम भएका छन्?

हामी करिव २० महिनाको कार्यकालमा छौ , घोषणा पत्रमा उल्लेख भएका कति काम पुरा गर्न वाँकी छन् भने कति पुरा भए । महत्वकांक्षी योजना वाँकी छन । शिक्षा स्वास्थ्यका एजेन्डा पुरा हुने क्रममा छन् । स्वास्थ्य बिमा सुधारका कुरा उठाएका थियौ, त्यो सुधार भयो । एकै पटक त हुने होईन आंशिक रुपमा पुरा गर्दै जाने छौ । फेरी मेरो घोषणा पत्र अनुसार मात्र भन्दा पनि सिंगो कार्यापालिकाको निर्णयमै उचित लागेका काम गरीरहेका छौ ।

कृषि र पशुपाल क्षेत्रको बिकास र बजारीकरणमा के गर्दै हुनुहुन्छ?

यो अत्यान्त महत्वपूर्ण बिषय हो । कृषि र पशुपालन नै यो गाउँपालिकाका किसानको जिवन यापनको आधार हो । तर, स्थानीय सरकारको प्रयन्तबाट मात्र चाहि उतपदन र उत्पादित बस्तुको प्रोत्साहन गर्ने , फयासिलेट गर्ने भन्ने कुरा चाही स्थानीय सरकारले मात्र गर्न नसक्ने रहेछ । हाम्रो अपेक्षा के हो त भन्दा खेरी संघीय सरकारले हाम्रो उत्पादनलाई प्रामोसन गर्ने , अनुदान दिने भन्ने कुराको साथसाथै बजारीकरणको कुरा अति महत्वपूर्ण रहेछ । हामी स्थानीय सरकारको स्रोत साधनबाट उत्पादन त गराउन सक्छौ, उत्पादनमा जोड्न पे्ररित त गर्छौ । प्रोत्साहन र सानातिना अनुदानका कार्यक्रम संचालन गरी रहेका छौ, तर, उत्पादित बस्तुको स्थिर मुल्य र बजारीकरणको अभाव चाहि हामीले महसुस गरेका छौ । त्यसका लागि संघीय सरकारले आन्तरिक उत्पादनलाई कसरी प्रोत्साहन गर्ने र बजारीकरण गर्ने भन्ने प्रस्ट नीति बनाउनु पर्छ । बिदेशबाट आयाति बस्तुलाई कम गरी स्वदेशी बस्तुको उपभोगमा जोड दिने बातावरण संघीय सरकारले बनाउनु पर्छ । अव अहिले दुध नबिकेर किसान,उद्योगी सबै समस्यामा छन । भारतबाट सस्तो मुलयमा दुध र दुग्धजन्य बस्तु आयात भएका कारण नेपाली दुधले बजार नपाएको भनीएको छ । त्यसो हो भने भारतबाट दुधको आयात रोकी नेपाली दुधलाई बजारीकरण गर्नु पर्छ । धेरै समस्याको गाठो फुकाउने भनेको नै संघीय सरकारले हो । दुधको समस्या समाधान गर्न स्थानीय स्तरमा भने छलफल गर्ने तयारी छ । हामीले छलफल गरे पनि निकास भने संघीय सरकारले नै दिनु पर्छ ।

स्वास्थ्य र शिक्षाको क्षेत्रमा के–के सुधार भएका छन्?

स्वास्थ्यको क्षेत्रमा उल्लेखीय कामहरु गर्न नसके पनि मुख्य गरेर १५ शैयाको आधारभूत अस्पताल निर्मााणाधिन अवस्थामा छ ।नागरिकको प्रत्येक स्वास्थ्य चौकी र बिभिन्न किल्निक संचालन गरी स्वास्थ्य जाँच गराइृ रहेका छौ । बच्चाको बृति बिकासको अनुगमन गर्ने गर्भवर्ती जाँच गर्ने काम गरी रहेका छौ । पालिकाका ६ वटै वडामा गाउँघर किल्निक र खोप कार्यक्रम संचालन गरेका छौ । जसका लागि चालु आर्थिक बर्षमा बजेटको ब्यवस्था गरेका छौ र आगामी बर्ष सबै क्षेत्रमा पहुँच पुग्ने गरी बजेटको ब्यवस्था गर्ने प्रतिबद्धता ब्यक्त गर्दछु । दन्त शिविर, आँखा शिविर चाहि पालिका भरी नै संचालन गरीरहेका छौ । शिक्षाको क्षेत्रमा गुणस्तर सुधारमा लागेका छौ । शिषेश गरी भवन निर्माण गर्ने , कम्प्युटर ल्याव र साईन्स ल्याव संचालन गरीरहेका छौ । शिक्षकको क्षमता बिकास तालिम संचालन गर्दै र्छौ । स्थानीय पाठ्यक्रम निर्माण यसै आर्थिक बर्षमा हुने छ । यो कक्षा ३ सम्म लागु हुँने छ । बिज्ञ सहितको टोलीको साथमा बिद्यालय र कक्षाको अनुगमन गरी थप सुधारका लागि पहल गरीरहेका छौ ।

अथाह संभावना भए पनि पर्यटन क्षेत्रमा बिकास र प्रर्वधन किन हुँन सकेन ?

तपाईले उठाउनु भएको बिषय महत्वपूर्ण छ । बिकास भएन भन्ने कुरा हामी स्र्वीकार पनि गर्छौ । अथाह संभावना भए पनि बिकास गर्ने , प्रमोसन गर्ने र प्रचार गर्ने काम गर्न सकिरहेका छैनौ । सानातिना प्रयन्त भएका छन । तर,त्यसले मात्र उपलब्धी हासील भएन । हामो सीमित स्रोत साधनले मात्र नपुग्ने रहेछ । पर्यटन क्षेत्र बृहत छ । लगानी बढी आवश्यक छ । हाम्रा प्राकृति संभावना भएका क्षेत्रलाई प्रर्वधन गर्न , भौतिक संरचना निर्माण गर्नु पर्ने छ । हाम्रो पालिकामा भएका पर्यटकीय क्षेत्रलाई प्रर्वधन गर्नका लागि इलामका १० वटै पालिका भित्रका पर्यटकीय क्षेत्र पहिचान गरेर एकीकृत बिकास र प्रर्वधनमा लाग्नु पर्छ । जसका लागि एउटा पर्यटन सर्किट निर्माण गर्नु पर्छ र एकीकृत रुपमा पर्यटन क्षेत्रको बिकास गर्न सक्यौ भने मात्र पर्यटन क्षेत्रको बिकास, प्रर्वधन हुन सक्छ । यसो गरीयो भने पालिकाहरुको आम्दानि समेत बढ्छ । पर्यटन , कृषि , स्वास्थ्य र शिक्षामा १० वटै पालिकाले कमन किसिमको योजना बनाएर अगाडी बढ्नु पर्छ । त्यसका लागि आर्थिक रुपमा पनि सबै पालिकाले दायित्व लिनु पर्छ भन्ने लाग्छ ।

प्रदेश र संघीय सरकार संगको समन्वय कस्तो छ ?

हाम्रो बिशेष गररे संघीय सरकारको ससर्त अनुदानहरु प्राप्त गर्न हामीले अनुरोध गरी पठाएका योजनाहरुमा शर्सत अनुादन आउने गर्छन । समन्वयमै काम भैरहेको छ । संघीय सरकारलाई धेरै झिज्याएका छैनौ । तर, स्थानीय र संघीय सरकारलाई पुलको रुपमा काम गरी जोडनु पर्ने प्रदेश सरकार संग खासै समन्वय छैन । प्रदेश सरकारबाट पनि केहि योजना त आएका छन ।तर, कस्तो छ भने सामान्यतय कहा कुन योजना आवश्यक्ता छ र कसरी योजना संचालन हुँदै छ , त्यसको कार्यान्वयन कसरी हुँदै छ भन्ने थाहा पाईदैन । हामीले सोझै प्रदेश मन्त्रालयमा योजना पेश गर्ने माग गर्ने काम त गरीरहेका छौ । समन्वय नभई काम गर्दा अनुत्पादक क्षेत्रमा बजेट लगानी भई रहेको छ ।स्थानीय आवश्यक्ता स्थानीय सरकारलाई नै बढी थाहा हुन्छ । हाम्रो क्षेत्रको प्रदेश सांषदले अहिले सम्म पालिका टेक्नु पनि भएको छैन । यसलाई समन्वय गरेर जानु पर्छ । समन्वय गर्नका लागि मैले केहि बिज्ञ साथीहरुलाई अनुरोध पनि गरेको छु । हामीलाई समन्वय नहुँदा नोक्सानी पनि भएको छ । जस्ले गरे पनि जनताकै लागि बिकास गर्ने हो , त्यसले गर्दा समन्वय हुँन जरुरी छ । प्रदेश संग भन्द संघीय संरकार संग चाहि अलि बढी नै समन्वय छ । म पालिका बासी दाजुभाईदिदी बहिनी, सबै राजनीतिक दल, सरोकारवालालाई आग्रह गर्दछु आउनुहोस समन्वय गरेर काम गरौ, हाम्रो पालिकालाई समृद्ध बनाउन सबै एक जुट होऔ । म सबैमा यहि आग्रह गर्दछु ।

गोरखापत्र दैनिकबाट

TOP