जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन कला / मनोरञ्जन आज नवरात्रको पहिलो दिन घटस्थापना जीवनशैली यो भिटामिनको कमीले दिमागमा आउँछ नकारात्मक बिचार अर्थ वाणिज्य तीन करोड भन्दा कमका टुक्रे योजना रोक्का
Hamropalika menu advertisement

इलाममा माघ ६ देखि १३ सम्म ‘इलाम गोल्डकप’ हुने

  • प्रकाशित मितिः October 22, 2025
  • हाम्रो पालिका
इलाममा माघ ६ देखि १३ सम्म ‘इलाम गोल्डकप’ हुने

इलाम: इलामको ठूलो टुँडिखेलमा आउँदो माघमा ‘इलाम गोल्डकप’ आयोजना गरिने भएको छ । माघ ६ देखि १३ सम्म आयोजना गरिने गोल्डकपमा आठ टिम सहभागी हुनेछन् । आयोजक रेडहर्स फुटबल क्लबले इलाम सदरमुकाममा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको छ । पत्रकार सम्मेलनमै सहभागी माइभ्याली फुटबल क्लब पदाधिकारीले भने यसअघि घोषित ‘माइभ्याली गोल्डकप’ भने तत्काललाई स्थगित गरिएको बताएका छन् ।

माइभ्यालीले यसअघि पत्रकार सम्मेलन नै आयोजना गरी आउँदो फागुन २४ देखि चैत ३ सम्म माइभ्याली गोल्डकपको सातौं संस्करण आयोजना गर्ने घोषणा गरेको थियो । तर, तत्काललाई इलाम गोल्डकपलाई नै प्राथमिकता दिने माइभ्याली अध्यक्ष दिनेश काफ्लेले जानकारी दिए । ठूलो टुँडिखेलमा रेडहर्स फुटबल क्लबले आयोजना गर्ने इलाम गोल्डकपमा भने नेपाल र देशबाहिरका गरी आठ टिम सहभागी हुनेछन् । आयोजकसहित चर्च ब्वाइज, एनआरटी, झापा, सुनसरी, बाग्मतीसहितका टिम सहभागी हुने आयोजक रेडहर्सका महासचिव प्रकाश घिमिरेले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा सहभागी हुने केही टिमको टुंगो लाग्न बाँकी नै छ । ‘विजेताले नगद पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र पाउनेछन् । अखिल नेपाल फुटबल संघ ९एन्फा०का पूर्वसदस्य निरोज खड्गीले प्रतियोगिता सञ्चालन गर्न स्रोत खोजी भइरहेको जनाए । ‘

TOP