प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने
Hamropalika menu advertisement

चुलाचुलीमा सीमल तरुल प्रसोधन उद्योग संचालन गरिने

  • प्रकाशित मितिः October 11, 2026
  • हाम्रो पालिका
चुलाचुलीमा सीमल तरुल प्रसोधन उद्योग संचालन गरिने

फिक्कल:

इलामको चुलाचुली गाउँपालिका वडा एक कमलका भुवनसिंह इवाको परिवारले करिव १८ कठ्ठा जमिनमा सिमल तरुल खेती गरेको छ । इवाजस्ता धेरै किसानले चुलाचुलीमा परम्परागत रुपमा सिमल तरुल फलाउछन् । सिमल तरुल कच्चा पदार्थकै रुपमा नै विक्रि गरेर किसानले आम्दानी लिइरहेका छन् । ‘झापाको पाडाजुगि, दमक तिर लगेर सिमल तरुल बेच्ने गरेको छु ,बार्षिक करिव दुइ देखि अढाइ लाख सम्मको आम्दानीहुने गरेको छ ।’ इवाले भन्नु भयो ।
चुलाचुलीका सवै वडामा सिमल तरुल व्यापक मात्रामा उत्पादन हुदै आएको छ । सिमल तरुलको परम्परागत रुपमा घरेलु मदिरा बनाउन, खाजा खान, र पीठो बनाएर उपभोग गर्ने गरिएको छ ।
गाउँमै उत्पादन प्रशस्त भएपनि नेपालमा भने सिमल तरुलबाट बनेका विभिन्न खाद्यपदार्थ आयात भइरहेको पाइन्छ । वार्षिक एक अर्व ६० करोड बढी सीमल तरुलबाट बनेका खाद्य पदार्थ नेपाल भित्रिएको पाइएको चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले जानकारी दिनु भयो । ‘सीमल तरुलबाट सावुदाना, आइसक्रिम, चिप्स र सावुन जस्ता बस्तुको उत्पादन गर्न सकिन्छ , यसलाई मुल्य अभिवृद्धि गर्न हामीले पहल थालेका छौ ।’अध्यक्ष केरुङले भन्नु भयो ।
सिमल तरुलको ब्राण्डीङमा गाउँपालिका लागेको छ ं । यसका लागि किसानको संलग्नतामा गाउँपालिकाले कम्पनी खोलेर सावुदाना उत्पादन गर्ने तयारी थालेको । अध्यक्ष केरुङले बताउनु भयो । सीमलतरुलको उत्पादन बृद्धिका लागि चुलाचुली गाउँपालिकाले किसानलाई गत आर्थिक बर्षमै नअनुदान उपलव्ध गराएको छ । ६ वटा विभिन्न कृषि फार्म सहित सिमल तरुल उत्पादन गर्ने किसानलाई २२ लाख १० हजार रुपियाँ अनुदान उपलव्ध गराइएको गाउँपालिकाले जनाएको छ ।
आर्थिक वर्षको अन्त्यमा संघीय सरकारबाट ताजा तरकारी र फलफूल शिर्षकमा बजेट आएकोले सवै खर्च गर्न नसकेको अध्यक्ष केरुङले बताउनु भयो । कोशी प्रदेश सरकारबाट समेत सहयोग उपलव्ध भएकाले वडा नं. तीन मा सिमल तरुल प्रशोधन उद्योग संचालन गर्न पहल गरिएको छ । एक विगाहा जमिन निशुल्क उपलव्ध भएकोले यसलाई प्रयोग गरि सिमल तरुल ब्राण्डीङका लागि उद्योग स्थापना गर्ने जनाईएको छ ।
भारत लगायतका देशमा रहेका विभिन्न प्रकारका मेशीनरीको अध्ययन भइरहेको र प्रक्रिया पुरा गरेर मात्र उद्योग स्थापना गरिने भएको छ ।
सिमल तरुलमा अनुदान दिएको विषयमा गैर किसानलाई अनुदान दिएको भनेर चर्चा भएको थियो । तर, किसानले भने सिमल तरुल रोप्ने सिजन भएकाले अनुदान आउदा उम्रनै नपाइकन अनावश्यक हल्ला फिजाइएको बताएका छन् । वडा नं. ५ का किसान दिलमाया राईले गाउँमा वास्तविकता नबुझि अनुदानको विषयमा केरकार गरेर किसानलाई हतोत्साहित बनाएको बताउनु भयो । गाउँपालिकाले सीमलतरुलमा लगानी गरेर स्थानीय उत्पादनलाई प्रोत्साहन गरेको उहाको भनाई छ ।
गाउँपालिकाले किसानकै संलग्नतामा कम्पनी दर्ता गरी सिमल तरुल प्रशोधन उद्योग खोल्न पहल गरेको छ । सिमल तरुलबाट सावुदाना, पीठो र विभिन्न प्रकारका चिप्स उत्पादन गरी बजार सम्म पुर्याउने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले उद्योग व्यवस्थापनका लागि थप बजेट विनियोजन गर्ने जानकारी दिएको छ ।
अन्यबालीको तुलनामा कम पानी र कम मेहनतमा उत्पादन लिन सकिने सिमल तरुलको मुल्य अभिबृद्धि हुँदा गाउँपालिका क्षेत्रमा मात्र नभएर अन्य पालिकाको उत्पादनले समेत मुल्य पाउने देखिन्छ । परम्परागत रुपमा पाइने सीमलतरुलको तुलनामा पातको डाँठ रातो भएको चीनियाँ जातको सिमल तरुलमा किसानको आकर्षण भएको पाइएको छ । प्रतिबोट बढिमा ६ किलो ग्राम सम्म फल्ने सीमल तरुल चुलाचुलीका बासीन्दाको मुख्यबाली नै सावित भएको छ । अहिले गाउँपालिकाको अधिकांश जमिनमा सिमल तरुलको खेती गरिएको छ ।

TOP