जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

पाथीभरा मन्दिरको छानविन प्रतिवेदन सार्वजनिक भएन

  • प्रकाशित मितिः April 16, 2026
  • हाम्रो पालिका
पाथीभरा मन्दिरको छानविन प्रतिवेदन सार्वजनिक भएन

प्रेम अधिकारी,फिक्कल:

 

इलामको रोङ गाउँपालिकाको हासपोखरी–कुट्टीडाँडामा अवस्थित पाथीभरा मन्दिरको छानविन प्रतिवेदन समितिले इलामका प्रमुख जिल्ला अधिकारीलाई बुझाए पनि प्रतिवेदन सार्वजनिक गरीएको छैन ।
२५ दिनमा प्रतिवेदन पेश गर्ने गरी जिल्ला प्रशासन कार्यालय इलामले गत जेठ २३ गते समिति बनाई छानविन गर्ने जिम्मा दिएकोमा समितिले ढिलो गरी आईतबार प्रतिवेदन बुझाए पनि सार्वजनिक भने नगरीएको हो ।
छानविन समिति बनाउदा जिल्ला प्रशासनले पाथीभरा मन्दिरमा बिगतको पाथीभरा संरक्षण संस्थाका सबै गतिविधि र आर्थिक अनियमितता समितिको प्रतिवेदनका आधारमा सरोकारवाला बिच सार्वजनिक गर्ने जनाईए पनि प्रतिवेदन भने गुपचुप राखिएको छ ।
इलामका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद कोईरालाको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाएर छानविन शुरु भएको थियो । समितिमा कोइराला सहित कोष तथा लेखा नियन्त्रण कार्यालयका आलेप अधिकृत देबी चरण भण्डारी, अडिटर किसोर ताम्राकार, सहरी बिकास कार्यालयका इन्जिनियर र रोङ गाउँपालिकाको प्रतिनिधिका रुपमा चार्टर एकाउन्टेन प्रज्वल अधिकारी रहनु भएको थियो ।
छानविनका क्रममा समितिले पाथीभराको पुरानो पाथीभरा संरक्षण सस्थाले मन्दिरमा भेटी संकलन गर्दा काटेको रसिद, काम गर्दाका बील भर्पाई , निर्माण कार्यको बिवरण आदिको अध्ययन गरेको थियो । बिगत लामो समय देखि नविकरण समेत हुँन नसकेको संस्थाले काम गर्ने क्रममा आम्दानी र खर्चको बिवरण नमिलाई गरेको पाईएको छ । निर्माण र खरिदका काम गर्दा सावर्वजनिक गरीद ऐन भन्दा बाहिर रहेर काम गरीएको पाईएको छ ।
छानविन गर्ने क्रममा समिति संयोजक कोइरालाले मन्दिरका धेरै बिषय छानविन नगर्न र सानातिना बिषय भन्दै पुरानो समितिलाई कतिपय बिषय छानविनकै क्रममा सच्याउन भने पछि समिति भित्रै बिवाद भएको थियो । पछिल्लो समय समेत संयोजक कोईरालाले आधा छानविनको प्रतिवेदन बुझाउन समितिका अन्य पदाधीकारीलाई दवाब दिनु भएको थियो । प्रतिवेदन बुझाउने क्रममा समेत समिति संयोजक कोईरालाले कतिपय बिषय लुकाउन खोजेपछि समितिका गाउँपालिका प्रतिनिधि अधिकारी र कोलेनिका प्रतिनिधि भण्डारीले नोटअफ डिसेन्ट लेख्नु भएको थियो । पछि प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले समितिले बनाएको प्रतिवेदन पेश गर्न निर्देशन दिए पछि तत्कालको समस्या हल भएको थियो । पुरानो पाथीभरा संरक्षण संस्थाले आर्थिक बर्ष २०७५÷०७६ देखिको हिसाव बुझाएको छैन । उक्त समितिको १९ महिनाको लेखा परीक्षण समेत नभएको हिसाव बुझाउन वाँकी थियो । उक्त संस्थाको बैंक खातामा सो अवधिको १७ लाख रुपियाँ मात्र रकम जम्मा भएको देखिएको छ । तर, छानविनको क्रममा थप ८८ लाख रुपियाँ समिति संग नगद मौजदात रहनु पर्ने देखिएको छ ।
इलामका प्रजिअ पोखरेलले छानविन समितिले बुझाएको प्रतिवेदन आफुले पहिले अध्ययन गर्ने बताउनु भयो । उहाले उक्त प्रतिवेदन गृह मन्त्रालय र अख्तीयार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा पठाउने जानकारी दिनु भयो । प्रतिवेदन सार्वजनिक गर्ने भन्दा सम्बन्धित ठाउँमा बुझाउने बताउदै आउनु भएका प्रजिअ पोख्रेलले भन्नु भयो‘अध्ययन गरेर बिधि पूर्वक सार्वजनिक गर्छु समय अझै लाग्छ ।’ उहाले पशुपतिनाथ मन्दिरमा समेत भ्रष्टाचार भएको बताउदै पाथीभराको अनियमिततालाई सामान्य रुपमा लिन समेत आग्रह गर्नु भयो ।
गाउँपालिकाका प्रतिनिधि चार्टर एकाउन्टेन अधिकारीले प्रतिवेदन सार्वजनिक नहुँनु दुखद पक्ष भएको बताउनु भयो । उहाले भन्नु भयो‘प्रजिअ पोख्रेलले प्रतिवेदन बुझदै, तयार भएको प्रतिवेदन समितिका पदाधीकारीलाई आज देखि बिर्सनु भन्नु भएको छ, जसले संका उत्पन्न गराउछ ।’
यता रोङ गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय इलामलाई छानविन समितिको एक प्रति प्रतिवेदन माग्दा नदिए पछि लिखित रुपमा पत्राचार गर्ने भएको छ । प्रजिअ पोख्रेलले प्रतिवेदन दिन नमिल्ने भन्दै गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोलाई लिखित पत्र पठाउनु दिन मिल्दैन भनेर लेखेर पठाउछु भन्ने जवाफ दिनु भएको छ । गाउँपालिका अध्यक्ष स्याङ्बोले लिखित रुपमा प्रतिवेदन माग गर्दा नपाए आज साझ सम्ममा जिल्ला प्रशासनले छानविनका क्रममा लुकाउन र तोडमोड गर्न खोजेका बिषय सहित गाउँपालिकाले पर्दाफास गर्ने जानकारी दिनु भयो । अध्यक्ष स्याङ्बोले भन्नु भयो‘एक दुई रुपियाँ गर्दै दर्शनार्थीले चढाएको रकमको हिनामिना नहोस भन्ने हो, हामीलाई सबैले सोद्धा के जवाफ दिने, हामी चाडै पत्रकार सम्मेलन गर्छौ ।’ उहाले केहि छुटाउने नहुने बिषय समेटी गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दा समेत ती बिषयमा ध्यान नदिएको बताउनु भयो।
पाथीभरा संरक्षण संस्थाको मातहतमा रहेको उक्त मन्दिरको संचालन तथा ब्यवस्थापनको सम्पूर्ण जिम्मेवारी केहि महिना अघि कानुन निर्माण गरी गाउँपालिकाको स्वामित्वमा ल्याईएको थियो ।
गाउँपाकिाले पाथीभरा संरक्षण तथा ब्यवस्थापन ऐन २०७९ तयार गरी गाउँसभाबाट २०७९ माघ ११ गते पारित गरेको थियो । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ११ अनुसार कार्यबिधि बनाई जैविक बिविधता तथा धार्मीक क्षेत्रको संरक्षण गर्ने गरी उक्त मन्दिरलाई गाउँपालिकाको स्वामित्वमा ल्याईएको हो । गाउँपालिकाको स्वामित्वमा ल्याइए पछि करिब ८ महिनाको अवधिमा मन्दिरमा एक करोड नगद भेटी संकलन भएको छ । हाल गाउँपालिकाले निर्माण गरेको समितिले दैनिक जसो हिसाव सार्वजनिक गर्दै आएको छ । नगद संगै सुन चादी सहितका जिन्सी समेत उक्त अवधिमा संकलन भएको छ । स्थानीयले समेत पुरानो समितिले मन्दिरमा भ्रष्टाचार गरेको भन्दै तत्काल छानविन प्रतिवेदन सार्वजनिक नगरीए चरणबद्ध आन्दोलन गर्ने चेतावनाी दिदै आएका छन् ।

 

TOP