पर्यटन इलामको माङसेबुङमा धार्मिक पर्यटकको घुँइचो जीवनशैली लाप्चा जातिले आज नमबन पर्व मनाउदै, सूर्योदय र रोङमा आज स्थानीय बिदा जीवनशैली झण्डी डाँडामा पर्यटन समिति गठन जीवनशैली सूर्योदयमा विज्ञान तथा गणित प्रदर्शनी सम्पन्न पर्यटन नयाँबजारमा बालाचतुर्दशी मेला जीवनशैली सूर्योदयमा बिज्ञान तथा गणित प्रदर्शनी शुरु जीवनशैली जिर्मले र रम्भ्याङ स्वास्थ्य चौकीमा थेरापी सोवामा स्थानीयको आकर्षण जीवनशैली सूर्योदय ८ मा ‘प्रथम मालुम पर्यटन महोत्सव’ शुरु कला / मनोरञ्जन सूर्योदय ८ मा आज देखि ‘प्रथम मालुम पर्यटन महोत्सव’ शुरु हुदै पालिका विशेष रोङ गाउँपालिकामा ६५ जनाको आँखाको निःशुल्क शल्यक्रिया
Hamropalika menu advertisement

फेसबुक अकाउन्ट ह्याक हुनबाट यसरी जोगाउन सकिन्छ

  • प्रकाशित मितिः December 8, 2024
  • हाम्रो पालिका
फेसबुक अकाउन्ट ह्याक हुनबाट यसरी जोगाउन सकिन्छ

काठमाडौं । पछिल्लो समय फेसबुक अकाउन्ट ह्याक हुने घटना बढिरहेका छन् । नेपाल प्रहरीकाे साइबर ब्यूरोमा आउने अधिकांश फेसबुक सम्बन्धी उजुरीमध्ये ६० प्रतिशत फेसबुक ह्याकसम्बन्धी हुन्छन् ।

सामान्यतः सामाजिक सञ्जाल प्रयोगकर्ताकै कमजोरीले गर्दा अकाउन्ट ह्याक हुने सुरक्षा जानकार बताउँछन् । फेसबुक अकाउन्टमा बलियाे पासवर्ड नराख्नु, टु फ्याक्टर अथेन्टिकेसन अन नगर्नु, अनावश्यक लिङ्क क्लिक गर्नु नै अकाउन्ट ह्याक हुनुका प्रमुख कारण हुन् ।

आज हामी ह्याक हुन नदिन आफ्नो फेसबुक अकाउन्ट कसरी बलियो पार्ने भन्ने विषयमा जानकारी दिँदैछौं । ​तपाईंको अकाउन्ट कत्तिको सुरक्षित छ भनेर फेसबुकले वर्षौंदेखि प्राइभेसी चेकअपको फिचर उपलब्ध गराएको छ । यसको सहायताले तपाईं क्षणभरमै फेसबुक अकाउन्ट सुरक्षित बनाउन सक्नुहुन्छ । 

यसरी सुरक्षित बनाउनुहोस् आफ्नो फेसबुक अकाउन्ट: 

-सबैभन्दा पहिले माेबाइलमा फेसबुक एप खोल्नुहोस् । 

-त्यसपछि माथि दायाँपट्टि भएको प्रोफाइल पिक्चरसँगैको तीन ओटा लाइनमा थिच्नुहोस् । 

-अनि, स्क्रोल गर्दै तल गएर सेटिङ एन्ड प्राइभेसी (Setting & Privacy) को अप्सन छान्नुहोस् । 

-त्यसपछि प्राइभेसी शर्टकट्स (Privacy Shortcuts)  को अप्सनमा जानुहोस् । 

-उक्त प्राइभेरी शर्टकटको अप्सनभित्र अकाउन्ट सुरक्षित राख्न आवश्यक सबै सेटिङहरू समावेश गरिएको हुन्छ । तर, तपाईंले आफ्नो अकाउन्टमा के कुराहरू परिवर्तन गर्न सकिन्छ, जसले गर्दा अकाउन्ट सुरक्षित हुन्छ भन्ने थाहा पाउन सक्नुहुन्छ । त्यसका लागि ‘टेक अ प्राइभेसी चेकअप’ (Take a Privacy Checkup) को अप्सनमा जानुहोस् । 

तपाईंले शेयर गरेका कुराहरू कसले देख्छ ?

प्राइभेसी चेकअपमा गइसकेपछि तपाईंले सबैभन्दा पहिले हेर्नुपर्ने कुरा हो, ‘तपाईंले शेयर गरेका कुराहरू कसले देख्छ ?’ अर्थात् Who can see what you share?

तपाईंले आफ्नो फेसबुकमा शेयर गरेका स-साना कुराहरूको सहयाताले नै ह्याकरहरू तपाईंले राखेको पासवर्ड अनुमान गर्न सक्छन् । त्यसैले आफूले फेसबुकमा राख्ने पोस्ट वा शेयर गर्ने अन्य कुराहरू आफूसँग जोडिएका व्यक्तिमाझ मात्र देखिनेगरी राख्नुपर्छ ।

तपाईंको पोस्ट आफूसँग जोडिएका व्यक्तिलाई मात्र देखाउन ‘प्राइभेसी चेकअप’भित्र रहेको ‘हु क्यान सि ह्वाट यू शेयर’ (Who can see what you share) को अप्सनमा जानुहोस् । 

-त्यसपछि तपाईंको प्रोफाइलको सूचना, पोस्ट र स्टोरी, ट्याग गरेको पोस्ट  र ब्लक गरिएका अकाउन्ट सम्बन्धी राखिएको सूचनाको पेज खुल्छ ।

-अन्तिममा रहेको ‘कन्टिन्यु’ (Continue) को बटनमा थिच्नुभयो भने तपाईंको फोन नम्बर कसले देख्छ, जन्ममिति कसले देख्छ, तपाईंले गर्ने कामको जानकारी कसले पाउँछ, साथी भएका र फलो गरेका अकाउन्ट कसले देख्छ, तपाईंले लाइक गरेका पेज कसले देख्छ भन्ने कुराको अप्सन राखिएको हुन्छ ।

त्यसको दायाँपट्टि प्रायः सबै अप्सनमा पब्लिक राखिएको देखिन्छ । यसको अर्थ उक्त पेजमा देखिएका जति पनि सूचना छन् ती सबै जसले पनि देख्न पाउँछ भन्ने हुन्छ । त्यसका लागि तपाईंले कसलाई कसलाई देखाउने हो त्यो अप्सन मात्र छान्न सकिन्छ । सामान्यतः यी जानकारीमा ‘वन्ली मि’ वा ‘फ्रेन्ड्स’को अप्सन छान्नुभयो भने उपयुक्त हुन्छ । 

-त्यसपछि अन्तिममा दायाँपट्टि रहेको ‘नेक्स्ट’को बटनमा थिच्नुहोस् ।  

-यसमा पनि डिफ्ल्ट अडियन्स को हुने र स्टोरी कसले देख्ने भन्ने अप्सन राखिएको हुन्छ । डिफल्ट अडियन्समा फ्रेन्ड्सको अप्सन छान्नुहोस् । स्टोरिजमा पनि फ्रेन्ड्सको अप्सन छान्न सक्नुहुन्छ । 

-त्यसपछि पुनः अन्तिममा दायाँपट्टि रहेको नेक्स्टको बटनमा ट्याप गर्नुहोस् । 

-यसपछि खुल्ने पेजमा तपाईंको प्रोफाइलमा भएका पोस्ट कसले देख्ने, तपाईं ट्याग भएको पोस्ट कसले देख्ने जस्ता कुराहरू हुन्छन् । यसमा पनि आफूलाई उपयुक्त लोाग्ने फ्रेन्ड्स वा ‘वन्ली मि’ को अप्सन छान्न सक्नुहुन्छ । 

-त्यसपछि तल रहेका दुई ओटा अप्सन ‘रिभ्युविङ ट्याग’ र ‘रिभ्यविङ पोस्ट द्‍याट यु आर ट्याग्ड इन’ निकै महत्त्वपूर्ण हुन्छन् । यी अप्सनलाई पनि अन गर्नुहोस् । 

-यति गरेपछि पुनः अन्तिममा दायाँपट्टि रहेको नेक्स्टको बटनमा थिच्नुहोस् । त्यसमा तपाईंले ब्लकलिस्टमा राखेका मान्छेहरू देखाउँछ । कसैलाई ब्लक गर्न पर्‍यो भने त्यही अप्सन छान्न सक्नुहुन्छ । 

-अब पुनः नेक्स्टको बटन थिच्नुहोस् । यति भयो भने तपाईंको प्राइभेसी अन्तर्गतका सबै कुराहरू ठीक छन् भन्ने बुझियो । त्यसपछि रिभ्यु एनोदर टपिकको बटनमा ट्याप गर्नुहोस् । 

तपाईंको अकाउन्ट कसरी सुरक्षित राख्ने ? (How to keep your account secure?)

प्राइभेसी चेकअपमा हुने अर्को सेक्सन हो ‘हाउ टु किप योर अकाउन्ट सेक्युअर’ । यो यस्तो अप्सन हो, जहाँ तपाईंको अकाउन्टको पासवर्ड कस्तो छ, टु फ्याक्टर अथेन्टिकेसन अन छ वा छैन, लगइन अलर्ट के छ भन्ने कुरा हेर्न सक्नुहुन्छ । यी कुराहरू जाँच गर्न तल रहेको ‘रिभ्यु’ (Review) को बटनमा ट्याप गर्नुहोस् । 

-यदि तपाईंको पासवर्ड परिवर्तन गर्नुपर्ने छ भने ‘चेन्ज पासवर्ड’ (Change Password) को बटनमा ट्याप गर्नुहोस् । यदि पर्दैन भने अन्तिममा दायाँपट्टि रहेको स्किप (Skip) अप्सनमा ट्याप गर्नुहोस् । 

-यति भइसकेपछि तपाईंको टु फ्याक्टर अथेन्टिकेसन (Two-factor authentication) अन छ वा छैन भन्ने देखिन्छ । यदि अन छैन भने मेनेज (Manage) को अप्सनभित्र गएर आफूलाई उपयुक्त हुने टु फ्याक्टर अथेन्टिकेनका अप्सन अन गर्नुहोस् । 

-त्यसपछि पुनः ब्याक गएर अन्तिममा दायाँपट्टि रहेको ‘नेक्स्ट’को अप्सनमा ट्याप गर्नुहोस् । 

-यसपछि खुल्ने पेजमा फेसबुक लगइन अलर्टको सेटिङ दिइएको हुन्छ । अन्त कतै कसैले लगइन गर्दा तपाईंको डिभाइसमा नोटिफिकेसन आओस् भन्ने चाहनुहुन्छ भने उक्त अप्सन अन गर्नुहोस् । र, पुनः नेक्स्टको बटनमा ट्याप गर्नुहोस् । 

-यति भएपछि दोस्रो अप्सनको पनि प्राइभेसी जाँच सकिन्छ । त्यसपछि ‘रिभ्यु एनोदर टपिक’को अप्सनमा ट्याप गर्नुहोस् । 

तपाईंलाई अरू प्रयोगकर्ताले फेसबुकमा कसरी फेला पार्न सक्छन् ? (How people can find you on facebook)

तपाईं आफ्नो अकाउन्ट र आफूले राखेका पोस्ट गोप्य रहन् वा सीमित मान्छेले मात्र देखुन् भन्ने चाहनु भयो भने यो सेटिङ तपाईंका लागि महत्त्वपूर्ण हुन्छ । सामान्यतः अकाउन्ट खोलेपछि हाम्रो अकाउन्ट पब्लिक हुन्छ । हाम्रो नाम, हामीले राखेका अन्य जानकारी वा पोस्ट जोसुकैले पनि हेर्न पाउँछन् । यस्ता कुरा व्यवस्थित गर्न तलका प्रक्रियाहरू अपनाउनुहोस् । 

-सबैभन्दा पहिले प्राइभेसी चेकअपमा रहेको ‘हाउ पिपुल क्यान फाइन्ड यु अन फेसबुक’ अप्सनमा जानुहोस् । 

-त्यहाँ फ्रेन्ड रिक्वेस्ट, फोन नम्बर र ईमेल एड्रेश र सर्च इन्जिन जस्ता अप्सन उल्लेख छन् । यी तीनै कुरा हुन् जसको सहयताले मान्छेले तपाईंलाई फेसबुकमा फेला पार्न सक्छन् । 

-यति गरेपछि अन्तिममा रहेको ‘कन्टिन्यु’ अप्सनमा ट्याप गर्नुहोस् । 

-सबैभन्दा माथिको सेक्सनमा तपाईंलाई कसले फ्रेन्ड रिक्वेस्ट पठाउन पाउने भन्ने अप्सन राखिएको छ । उक्त अप्सनबाट आफूलाई कसले फ्रेन्ड रिक्वेस्ट पठाउन पाउने भन्ने अप्सन छान्नुहोस् । 

-त्यसपछि तलपट्टि हरेको ‘नेक्स्ट’ बटनमा थिच्नुहोस् । अनि फोन नम्बर र ईमेल एन्ड्रेस कसले देखिरहेका छन् भन्ने देखिन्छ । डिफल्ट रूपमा हाम्रो फोन नम्बर र ईमेल एड्रेस पब्लिक हुन्छ । यस्ता सूचना ‘वन्ली मि’मा राख्नुहोस् । 

-यति गरेपछि पुनः ‘नेक्स्ट’ बटनमा थिच्नुहोस् । 

-त्यसपछि फेसबुक बाहिर पनि (जस्तै गुगलमा) तपाईंको नाम सर्च गरियो भने तपाईंको फेसबुक प्रोफाइल देखाउने वा नदेखाउने भन्ने सोधिएको हुन्छ । उक्त अप्सन डिफल्ट रूपमा अन हुन्छ । त्यसैले आफ्नो प्राइभेसीका लागि अप्सन अफ गर्न सक्नुहुन्छ । यति भइसकेपछि फेरि पनि ‘नेक्स्ट’ बटनमा थिच्नुहोस् । 

-र, अन्तिममा ‘रिभ्यु एनोदर टपिक’को अप्सनमा जानुहोस् । 

फेसबुकमा तपाईंको डेटा सेटिङ (Your data setting on facebook) 

फेसबुकको डेटा सेटिङमार्फत तपाईंको डेटा कहाँ कहाँ प्रयोग भइरहेको छ भन्ने हेर्न सक्नुहुन्छ । विशेषगरी कुनै पनि एप वा वेबसाइटमा लगइन गर्न फेसबुक प्रयोग गर्नु भएको छ भने यही सेटिङबाट थाहा पाउन सकिन्छ । त्यसका लागि तलका प्रक्रिया अपनाउनुहोस्:

-सबैभन्दा पहिले प्राइभेसी चेकअपमा रहेको ‘Your data setting on Facebook) अप्सनमा जानुहोस् । 

-अनि, नयाँ पेजमा देखिने ‘कन्टिन्यु’ बटनमा ट्याप गर्नुहोस् । 

-यति गरेपछि तपाईंको फेसबुक अकान्ट कुन एप तथा वेबसाइटमा लगइन छ भन्ने हेर्न सक्नुहुन्छ । आफूलाई उपयुक्त नलागेको साइटबाट अकाउन्ट रिमुभ गर्नुहोस् । 

-त्यसपछि ‘नेक्स्ट’ बटनमा थिच्नुहोस् । यति गरेपछि तपाईंको लोकेसन फेसबुकले कसरी ट्रयाक गरिरहेको छ भन्ने अप्सन देखिन्छ । लोकेसन सेटिङ मिलाउन ‘Go to device setting’ मा जानुहोस् । त्यसपछि फेसबुकले मागेको लोकेसनको एक्सेस ‘डिनाइ’ (Deny) गरिदिनुहोस् । यस्तो भयो भने फेसबुकले तपाईंको लोकेसन ट्रयाक गर्न सक्दैन । यद्यपि तपाईंको आईपी एड्रेसबाट तपाईं भएको छेउछाउको लोकेसन फेसबुकलाई थाहा भइरहन्छ । 

-यति गरेपछि पुनः ‘नेक्स्ट’ बटनमा थिच्नुहोस् । 

-अनि रिभ्यु एनोदर टपिकको बटनमा ट्याप गर्नुहोस् । 

तपाईंको प्रोफाइलको सूचना

तपाईंले आफ्नो प्रोफाइलमा राखेका कतिपय सूचना नै तपाईंको फेसबुक ह्याक हुनुको प्रमुख कारण बन्छ । तसर्थ तपाईंले आफ्नो प्रोफाइलमा त्यस्ता जानकारी मात्र राख्नुपर्छ जसले गर्दा गलत नियत भएका व्यक्तिले तपाईंको पासवर्ड सजिलै अनुमान नगरुन् । त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस् ।

-सबैभन्दा पहिले प्राइभेसी चेकअपमा गएर ‘Your ad preferences on Facebook’ अप्सन छान्नुहोस् ।

-अनि नयाँ पेजमा देखिएको ‘कन्टिन्यु’ बटनमा ट्याप गर्नुहोस् ।

-यति गरिसकेपछि खुल्ने पेजमा विज्ञापनका लागि फेसबुकले तपाईंको डेटा प्रयोग गर्ने कुरा उल्लेख गरेको हुन्छ । यसमा पनि अन्तिममा रहेको नेक्स्टको अप्सनमा ट्याप गर्नुहोस् । र, त्यहाँ देखाइएका प्रोफाइलका जानकारी हाइड गर्न चाहनुहुन्छ वा पब्लिक राख्न चाहनुहुन्छ, त्यो छान्न सक्नुहुन्छ । डिफल्टमा सबै जानकारी पब्लिक नै हुन्छन् । तसर्थ आफ्नो आवश्यकता अनुसार प्रोफाइल इन्फरमेसन हाइड गर्न सक्नुहुन्छ ।

-यति भइसकेपछि पुनः ‘नेक्स्ट’ बटनमा थिच्नुहोस् । उक्त पेजमा तपाईंले लाइक गरेको कुनै पनि पेजको जानकारी कसले देख्न पाउँछन् भन्ने कुरा उल्लेख गरिएको हुन्छ । यसमा डिफल्ट रूपमा फ्रेन्ड्सको अप्सन राकिएको हुन्छ । त्यसलाई हटाएर ‘वन्ली मि’ राख्नुहोस् ।

-अनि, अन्तिममा नेक्स्ट बटनमा ट्याप गर्नुहोस् । 

यसरी तपाईं प्राइभेसी चेकअपको सहायताले आफ्नो अकाउन्ट सुरक्षित बनाउन सक्नुहुन्छ ।टेकपाना

TOP