जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण जीवनशैली फिक्कलमा ‘क्यान्सर सचेतना’ कार्यक्रम सम्पन्न पालिका विशेष सूचना
Hamropalika menu advertisement

फिक्कलको फेन्सोङ गुम्बा परिसरमा बृक्षा रोपण(फोटो फिचर)

  • प्रकाशित मितिः September 10, 2026
  • हाम्रो पालिका
फिक्कलको फेन्सोङ गुम्बा परिसरमा बृक्षा रोपण(फोटो फिचर)

फिक्कल: इलामको फिक्कलमा रहेको एतिहासीक फेन्सोङ गुम्बा परिसरमा मंगलबार बृक्षा रोपण गरीएको छ । स्थानीय युनाईटेड क्लब फिक्कलको संयोजनमा नगरले उपलब्ध गराएको शिरिसको बिरुवा गुम्बा परिसरमा लगाईएको हो । नगरको बन वाताबरण तथा बिपत ब्यवस्थापन समितका संयोजक राजकुमार सेरङ, बन पैदावर ब्यवसायी संघ केन्द्रिय अध्यक्ष रोहित खड्का, सूर्योदय होटल ब्यवसायी संघ सूर्योदयका अध्यक्ष अभिषेक श्रेष्ठ, नगरका आर्टीकेक्ट इन्जिनियर सिर्जन गदाल लगायत स्थानीय युवाको सहभागीतामा गुम्बा परिसरमा बिरुवा रोपीएको हो । नगरले गुम्बामा पूर्वाधार बिकास र सजावटको काम समेत गरीरहेको छ । ओपन जिम सहित पार्क निर्माण गरीएको गुम्बा परिसरलाई थप हरियाली बनाउन बिरुवा लगाईएको इन्जिनियर गदालले जानकारी दिनु भयो ।

यसै बिच सूर्योदय नगरपालिकाले बिरुवा रोपण कार्यक्रमलाई तिब्रता दिएको छ । नगर क्षेत्रका सरकारी जमिन, बन क्षेत्र, बिभिन्न पार्क तथा बिद्यालय र कार्यालय परिसरमा बिरुवा रोपण कार्यक्रमलाई तिब्रता दिएको हो । नगरले यस बर्ष ४० हजार बिरुवा रोपण गर्ने कार्यक्रम अन्र्तगत निशुल्क बिरुवा बितरण र रोपण गरीरहेको छ । नगरले सेतो शिरिस, सेतो श्रीखण्ड, अम्बक, अमला , जामुन, बेल टाकी चाँप , बडर लगायत बिभिन्न प्रजातीका बिरुवा स्थानीयलाई समेत बितरण गरी रहेको छ । बिभिन्न ठाउँबाट खरिद गरेर ल्याएको बिरुवा नगरले निशुल्क बितरण गरीरहेको नगरको बन बातावरण तथा बिपत ब्यवस्थापन शाखाका संयोजक राजकुमार लिम्बुले जानकारी दिनु भयो । उहाका अनुासर शाखाले ४० हजार, नेपाल राष्टिय बन पैदावर ब्यवसायी संघले १५ हजार र सव डिभिजन बन कार्यालय पशुपतिनगरले १० हजार गरी ६५ हजार बिरुवा रोप्ने काम सम्पन्न भएको छ ।
बातावरण समित संयोजक लिम्बुले नगरलाई सधै हरियाली राख्न बिरुवा रोप्ने कार्यक्रमलाई निरन्र्ता दिएको बताउनु भयो । सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राईले नगरले बिगतका बर्ष देखि नै बिरुवा रोप्ने कार्यक्रम संचालन गर्दै आएको जानकारी दिनु भयो ।‘बिरुवा रोपेर मात्र हुँदैन, बिरुवा संरक्षण गरेर हुर्काउन सक्नु पर्छ’नगर प्रमुख राईले भन्नु भयो ।
नेपाल राष्टिय बन पैदावर ब्यवसायी संघका केन्द्रिय अध्यक्ष रोहित खड्काले बर्षेनी रुख कटानका कारण बबन जंगल मासिदै जादा नगरले थालेको उक्त अभियान अझ प्रभावकारी बनाउनु पर्ने बताउनु भयो । नगरले अन्तु , कन्याम लगायतका पर्यटकीय स्थलमा समेत बृक्षारोपण गरीरहेको छ ।

TOP