प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने
Hamropalika menu advertisement

ओलम्पिक डेमा इलाममा व्याडमिन्टन प्रतियोगिता

  • प्रकाशित मितिः October 11, 2026
  • हाम्रो पालिका
ओलम्पिक डेमा इलाममा व्याडमिन्टन प्रतियोगिता

इलाम: ओलम्पिक डे २०२३ को अवसरमा इलाम सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालयको कवर्डहलमा व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा खुला ए तर्फ फुर्तेम्वा शेर्पा र रेनिस सुनुवार प्रथम भए । यो जोडीले राजन दाहल र रोहन दासलाई पराजित गरेको हो । त्यस्तै खुला बि तर्फ सन्तोष राई र सन्देश राईको जोडी बोधराज वस्नेत र कमलश्रेष्ठलाई पराजित गर्दै विजेता वने । सुपर भेट्रानतर्फ दिलिप घिमिरे र सुभाष चिपालुको जोडी उत्कृष्ट रहयो । उनीहरुले इश्वर चिपालु र राजेन्द्र आचार्यलाई पराजित गरेका हुन् । महेश श्रेष्ठ र थेवा तामाङ लेखराज राई र देवेन्द्र सुनुवारलाई हराउदै भेट्रानतर्फ विजेता वने ।
बुधवार सुरु भएको प्रतियोगितामा विजेता तथा उपजिजेता खेलाडीहरुलाई आयोजक जिल्ला व्याडमिन्टन संघ इलामका अध्यक्ष हुकुमलाल थेवे, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेललगायतले ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरे । समापन कार्यक्रमको अवसरमा वोल्दै संघका अध्यक्ष थेवेले जिल्लामा व्याडमिन्टन खेलाडी उत्पादनकालागि चा“डै प्रशिक्षणको व्यवस्था मिलाउने जानकारी दिए । इलाम नगरपालिकाका प्रमुख केदार थापाले हरेक खेलको विकासमा नगरपालिकाले सधै साथ र सहयोग गर्ने प्रतिवद्धता जनाए ।

TOP