चियाको बजार प्रर्वधनकालागि गुणस्तरीय उत्पादन नै मूख्य सर्त हो । त्यसकालागि चियाको वोटदेखि ओठसम्मका प्रकृया सुधार हुन आवश्यक छ । पछिल्लो समय भारतीय बजारको विकल्पमा पश्चिमा देश सहितका बजार खोजिदै गरेको यहा“को अर्थोडक्स चियाको गुणस्तर सुधारको विकल्प नभएकोमा सरोकारवाला पुगिसकेका छन् ।
परम्पगरागत तवरले नै उत्पादन ह“ुदै आएको चियाकोे समग्र क्षेत्रको सुधारकालागि राष्ट्रिय चिया तथा कफि विकास वोर्डले सञ्चालन गरिरहेको परियोजना मार्फत भने कृषकले प्राविधिक रुपमा नै सक्षम हुने अवसर पाइरहेको पाईएको छ । अन्तराष्ट्रिय बजारमा नेपाली चियालाई विश्वासिलो वनाउन ट्रेडमार्क कर्यान्वयनमा ल्याएको बोर्डले ट्रेसाविलिटि सिस्टम कार्यान्वयन गरेको छ । यो सिस्टम लागू भएपछि विश्वका जुनसुुकै स्थानमा रहेको नेपाली चिया किन्न चाहने ग्राहकले मोवाइल मामार्फत चियाको प्याकेटमा रहेको क्विआर कोर्ड स्क्यान गरेर चिया उत्पादन क्षेत्र र त्यस सम्वन्धि विविध जानकारी प्राप्त गर्न सकिन्छ । बोर्डले चियाको गुणस्तर सुधारका लागि इलामका १५ वटा चिया कारखानामा सफटवेयर जडान गरेको छ । जुन सफ्टवेयरले चिया उत्पादक देखि प्रयोग कर्ता सम्मका सबै विवरण हेर्न सकिन्छ । तर,यसकालागि पनि गुणस्तरीय उत्पादन हुनु आवश्यक छ । रासायनिक विषादीको प्रयोग बन्द गर्नु स“गै आवश्यक प्राविधिक पक्षलाई पनि उत्तिकै ध्यान दिइनु पर्छ । इलामका १५ हजार धेरै कृषकले चियामा खेपेको सवैभन्दा ठूूलो चुनौती भनेको चिया कटिङ हो । चैतदेखि कात्तिकसम्म चिया टिपाई भएपछि सवै वगानमा आवश्यक्ता अनुसारको कटाई गर्नुपर्छ । तर कृषकस“ग चिया का“टछा“टकालागि आवश्यक ज्ञान छैन ।
अढाई वर्षअघि चिया तथा कफि विकास वोर्डले सुरु गरेको परियोजनाले भने का“टछा“टकालागि छुुट्टै अभियान चलाएको छ । लगातार २ सिजन वोर्डले वगानसम्म नै पुुगेर कृषकलाई चिया कटिङकालागि दक्ष वनाउदै छ ।
चिया रोप्नेदेखि का“टछा“ट गर्ने र प्रशोधनकालागि दक्ष प्राविधिकको अभाव हु“दा कृषकले भने अनुसारको गुणस्तर कायम गर्न सक्दैनन् भने उत्पादनमा पनि समस्या आउने गरेको छ । यहा“का ठूला चिया कारखानामा भारतीय प्राविधिक ल्याएर प्रशोधनको काम गराइने गरिएको छ । तर ,साना र मझौला कारखानामा स्थानीयले नै काम चलाउने गरेका छन् । प्राविधिक ज्ञानको अभावमा जिल्लाभरका कृषकले समस्या भोग्नु परेको हो ।
‘दिगो वजारिकरणकालागि गुणस्तर सुधार गर्नका लागि कृषकलाई प्रविधि मैत्री वनाउन प्रयासरत छौं,’ राष्ट्रिय चिया तथा कफि विकास वोर्डका कार्यकारी निर्देशक डाक्टर विष्णु भट्टराईले भन्नु भयोे, ‘यसकै लागि अहिले सञ्चालित नेपाल इन्किृज सस्टेनेवल टि एक्सपोर्ट परियोजनामार्फत काम भइरहेको छ ।’ उहाले का“टछा“टसहित अर्गानिक मल उत्पादन गरेर चियालाई विषादि रहित वनाउन भकारो सुधारको कार्यक्रमसम्म सञ्चालनका क्रममा रहेको बताउनु भयो । चालु आर्थिक बर्षमा १ हजार ३ सय निवेदन परेकोमा सात सय किसानलाई भकारो सुधारमा सहयोग गरीएको छ । वाँकी किसानलाई आगामी आर्थिक बर्षमा समाबेस गराईने बोर्डले जनाएको छ । निर्देशक डा. भट्टराईले भन्नु भयो‘इमान्दारी पूर्वक केहि शर्त पालना गर्न सके नेपाली चियाको बजारमा कुनै समस्यानै छैन ।’
यसअघि कृषकको पक्षमा काम गर्न नसकेको आरोप खेप्दै आएको टि वोर्डले अहिले भने कृषकका समस्या हल गर्न र अन्तराष्ट्रिय बजार प्रर्वधनकालागि निरन्तर काम गरिरहेको दावी गरेको छ । चिया रोप्नेदेखि प्रशोधन र प्याकेजिङ सम्ममा अझै धेरै सुधारको आवश्यक्ता देखिन्छ । विश्व वजारमा गुणस्तरीय र विभिन्न भेराइटीमा चियाको माग छ । तर त्यसकालागि चाहिने आवश्यक जनशक्ति सहित प्राविधिक उपकरणको प्रयोग उत्तिकै महत्वपूर्ण विषय रहेको अर्गानिक चिया उत्पादन गर्दै आएको गोर्खा टि स्टेट इलामका संचालक उदय चापाँगाईले बताउनु भयो । उहाले परियोजनाले किसान र उद्योगीलाई जोडन सक्नु पर्ने बताउनु भयो । चापाँगाईले भन्नु भयो‘समुह वा सहकारी मार्फत किसानलाई समाबेस गराउनु पर्छ ।’
माटो परिक्षणदेखि प्रशोधन, टेष्टिङ र प्याकेजिङसम्म प्राविधिक सिपको विकासकालागि काम भइरहेको निर्देशक डा.भट्टराईको भनाई छ । आवश्यक पर्ने प्राविधिक ज्ञान र सामग्रीको पहु“च कृषकस्तरसम्म पुुग्न सके आम्दानी बढाउन सहज हुने सूर्योदय १० का किसान कमल घिमिरेले बताउनु भयो ।
‘कुन उचाईमा कुन प्रजातिको चिया रोप्ने, त्यसलाई चाहिने आवश्यक मलखाद, का“टछा“टको व्यवस्थापन जस्ता विषय कृषकले पत्तो नै पाएका छैनन्’ घिमिरेले थप्नु भयो ‘परम्परागतरुपमा नै भइरहेकाले यसकालागि सुधारको प्रयास हुनु हाम्रा लागि खुशीको विषय हो ।’
१० रोपनीदेखि सयौं रोपनीसम्म चिया रोपण गर्ने कृषकले चाहेजस्तो प्रविधि प्रयोग नगर्दा त्यसको प्रत्यक्ष असर गुणस्तरमा परेको छ । अहिले उत्पादन ह“दै आएको वार्षिक करिव ६० लाख किलो तयारी अर्थोडक्स चिया मध्ये सवै भन्दा ठूलो बजार भारत नै हो । आन्तरिक खपत १० प्रतिशत र पश्चिमा बजारमा निर्यात हुने १० प्रतिशत वाहेक वा“की चिया भारतमा नै जान्छ ।
अहिले चिया टिप्नेदेखि का“टछा“ट गर्नेसम्मका मेशिन भित्रिएका छन् । तर तीनको उपयोगमा कृषकको अनुभव बाहेक अन्य सहयोग हुन सकेको छैन । होट्पा, हिमटेक्स, व्यवसायिक कृषि तथा बजार आयोजना सिए, उन्नती समावेशी बृद्धि कार्यक्रमलगायत विभिन्न संघसंस्थाले चियाको प्रविधि विकासमा लगानी नगरेका भने होइनन् । विभिन्न भेराइटीमा उत्पादन हुने अर्थोडक्स चियालाई फरक दक्षता र मेशनरी सामग्रीको आवश्यकता पर्छ । बजारको माग अनुसार भेराइटी निकाल्नु पर्ने कारखानाकालागि प्रविधि र प्राविधकको व्यवस्था गर्नु चुनौती बन्दै आएको छ ।
वोर्डले परियोजना रहुन्जेलसम्म मात्र नभएर निरन्तर प्रविधिमैत्री ढंगले चियाको गुणस्तर सुधारकालागि पहल गर्ने हो भने अहिले वार्षिक ४ अर्ब हाराहारी विदेशी मुद्रा भित्रदै आएको अवस्थामा ठूलो सुधार गर्न सकिनेमा आशावादी वन्न सकिने सरोकारवाला वताउछन् ।