Uncategorized फिक्कल माध्यमिक बिद्यालयको १०५ औं बार्षिक उत्सव सम्पन्न खेलकुद सूर्योयमा नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु जीवनशैली कार्य सम्पादन मूल्यांकनमा सूर्याेदय पहिलो अर्थ वाणिज्य इलामको सूर्योदयमा १५ दिन भित्रमा मालपोत र नापी कार्यालय स्थापना हुने अर्थ वाणिज्य ६ लाख ९० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा इलाममा सम्पन्न जीवनशैली सशस्त्र प्रहरीद्धारा केश कर्तक तालिम सञ्चालन अर्थ वाणिज्य अंग्रेजी नयाँ बर्षमा कन्याममा ‘फुड एण्ड कल्चरल फेस्टिवल’ हुने अर्थ वाणिज्य ३ लाख ८० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा फिक्कलमा सम्पन्न जीवनशैली इलाम क्षेत्र नं. १ मा सर्वसम्मत नेतृत्व चयन गर्न कांग्रेस पूर्व सभापति फोरमको पहल जीवनशैली कन्याम चिया बगानका २२ जना श्रमिकलाई निःशुल्क चस्मा वितरण
Hamropalika menu advertisement

मिस सूयोदय हुँने, विजेताले एक लाख पाउने

  • प्रकाशित मितिः February 20, 2026
  • हाम्रो पालिका
मिस सूयोदय हुँने, विजेताले एक लाख पाउने


फिक्कल:
इलामको सूर्योदय नगरपालिकामा मिस सूयोदय सिजन १ हुँने भएको छ । स्थानीय स्तरमा रहेका प्रतिभाको प्रस्फुटन गराउने उद्देश्यले जिल्लामै पहिलोपटक आयोजना गरीएको मिस सूर्योदय सिजन १ यहि असार ७ गते देखि २० गते सम्म फिक्कलमा हुँने भएको हो ।
होटल एसोसीएसन सूर्योदयको आयोजना तथा सूर्योदय जेसीज र युनाईटेट फिक्कल क्लबको सह आयोजनामा हुँने कार्यक्रमको ब्यवस्थापन समुन्त सूर्योदय मल्टी सर्भील प्रा.लिले गर्ने भएको छ ।
१६ देखि २५ बर्ष उमेर समुहका युवतीले सहभागीता जनाउन सक्ने उक्त कार्यक्रमले सौन्दर्यकला र बुद्धिमत्ताको प्रचार;संस्कृति, परम्परा र इतिहासको प्रवर्द्धन गर्ने जनाईएको छ । कार्यक्रमले सहभागीलाई स्वस्थ जीवनशैली र सामुदायिक संलग्नताको कदर गर्न प्रोत्साहित गर्ने , सामाजिक सीप र व्यक्तित्वको विकास गर्दै आत्म–विश्वास, आत्म–अनुशासन, प्रेरणा, र दृढ संकल्पमा वृद्धि गर्ने जनाईएको छ ।
प्रतिस्पर्धीको वस्ताविक पहिचानका लागि व्यवसायिक समूहद्वारा अडिसन लिइने आयोजकका कार्यक्रम संयोजक युवराज प्रधानले जानकारी दिनु भयो । उहाका अनुसार छनौटमा रहेका प्रतिष्पर्धीलाई कोरियोग्राफी ,हस्पिटालिटी, क्षमता अभिवृद्धि ,उद्घोषण तथा पब्लिक स्पिकिंग, नेतृत्व बिकास तालिम, व्यवसायिक मोडलिंग तालिम, मेकअप, आर्टिस्ट , फेसन डिजाइनिंग सम्बन्धि तालिमका साथै योगा पोषण तथा स्वस्थ्य सम्बन्धी तालिम र अंग्रेजी बोलचाल ,मनोसामाजिक परामर्श ,उत्प्रेरणा, आत्मरक्षा ,बित्तिय साक्षारता ,सामाजिक ,राजनैतिक ,समावेशिता ,पर्यटन तथा करियर सम्बन्धी परामर्श ( लोकसेवा ,बैदेशिक अध्ययन व्यवसाय बैकिङ्ग सेवा सम्बन्धी) तालिम दिईने छ ।
सहभागी मध्येबाट उत्ृष्ठ १० छनौट गरी फाईनलका लागि प्रतिष्पर्धा गराईने छ ।

पुरस्कार
मिस सूर्योदय सिजन १ विजेता
टाइटल ताज पुष्पगुच्छा छात्रवृत्ति
नगद पुरस्कार रु १०००००÷–
 विभिन्न ब्रान्डमा बैतानिक दूत तथा विज्ञापन खेल्ने अवसर
 म्युजिक भिडियो खेल्ने अवसर

Mr & Miss Province No= 1 मा सहभागिताको अवसर

मिस सूर्योदय सिजन १ प्रथम रनरअप
टाइटल ताज पुष्पगुच्छा तथा नगद रु ५००००÷–
मिस सूर्योदय सिजन १ सेकेण्ड रनरअप
टाइटल ताज पुष्पगुच्छा तथा नगद रु २५०००÷–
अन्य

 BEAUTY WITH PURPOSE

 BEAUTY WITH INTELLIGENT

   PHOTOGENIC

   BEST SMILE

   ORGANIZERÚS CHOICE

कार्यक्रमको फाईनल असार २० गते हुने छ ।

TOP