जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द
Hamropalika menu advertisement

सूर्योदय ४ मा नेपाली कांग्रेसको वडा सम्मेलन सम्पन्न

  • प्रकाशित मितिः April 23, 2026
  • हाम्रो पालिका
सूर्योदय ४ मा नेपाली कांग्रेसको वडा सम्मेलन सम्पन्न
बिवेक शर्मा लामिछाने

इलामको सूर्योदय नगरपालिका वडा नं. ४ मा नेपाली कांग्रेसको वडा सम्मेलन सम्पन्न भएको छ ।सबै वडामा वडा सम्मेलन गर्ने नगर समितिको कार्य तालिका अनुसार बुधबार वडा नम्बर ४ को वडा सम्मेलन सम्पन्न भएको हो ।
वडा नं ४ का कार्यवहाक वडा सभापती कृष्ण घिमिरेको सभापतित्व तथा महासमिति सदस्य धन कुमार आलेको प्रमुख आतित्थ्यतामा सम्पन्न उक्त कार्यक्रममा १ नं क्षेत्रका क्षेत्रीय सभापती तथा प्रदेश सांसद शमशेर राई दुवै प्रदेशका प्रदेशका सभापती मैया लिम्बु , निस्कल राई ,नगर सभापती जीवन नेपाल ,क्षेत्रीय प्रतिनिधि ,नगर सदस्य, महासमिति सदस्य, सहित दलित संघका कार्यवहाक अध्यक्ष भक्त वागदास प्रदेश अधिवेशन प्रतिनिधी , गाउँ कार्य समितिका पधाधिकारी र क्रियासिल सदस्य गरि करिव २ सय बढीको उपस्थिती रहेको थियो।
बिभिन्न नृत्य ,गायन लगायतका सांस्कृतिक कार्यक्रम सहित सम्पन्न उक्त कार्यक्रममा धेरै वटा वडाका वडा सभापतिको समेत उपस्थिती थियो।साथै कांग्रेसबाट निर्वाचित प्रतिनिधको उपस्थितीमा कांग्रेसमा रहेर लामो समय सम्म काम गर्नुहने सिताराम नेपाल, रत्न वहादुर लिम्बु र खड़ग बहादुर बस्नेत साथै नेपाली कांग्रेसवाट वडा नं. ४ मा निर्वाचित वडा सदस्य, जीवनकान्त न्यौपाने, प्रदेश सांसद समशेर राई, बन्धना अधिकारी, उपमेयर दुर्गा कुमार बराल, स्वबियु निर्वाचनमा निर्वाचित सदस्य आकाश खनाल र सुजल अर्याललाई खादा ओडाएर सम्मान पत्र सहित सम्मान गरिएको थियो
।वडा सचिव दिपेन्द्र पोखेलले संचालन गर्नु भएको उक्त कार्यक्रम वडा उपसभापती लाल वहादुर वस्नेतले स्वागत तथा उमेश लाप्चाले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु भएको थियो । कार्यक्रममा राजनितिक , आर्थिक,साथै भावी योजना सहितको प्रतिवेदन प्रस्तुत गरिएको थियो।कार्यक्रममा वोल्ने अधिकांश व्यक्तिले पार्टी सुदृढीकरणको आवश्यकता औंल्याउनु भएको थियो ।

TOP