प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

सहाराको स्थापना दिवसमा कन्याम सरसफाई (फोटो फिचर )

  • प्रकाशित मितिः June 19, 2026
  • हाम्रो पालिका
सहाराको स्थापना दिवसमा कन्याम सरसफाई (फोटो फिचर )

फिक्कल: कन्याममा मंगलबार एक हुल युवा हातमा बोरा र झाडु निस्किए । युवा झाडु बोकेर निस्किएकै बेला सामाजिक अभियान्ता तथा संचारकर्मी रमेश प्रसाई टुप्लुक्क कार्यक्रममा आई पुग्नु भयो । अभियान्ता प्रसाईले सामाजिक काम गर्दै गरेको थापा पाएर आफु उक्त कार्यक्रममा सहभागी भएको बताउनु भयो । प्रसाईले भन्नु भयो ‘भौतीक आँखाले त कन्याम देख्दिन तर, कन्याम सधै सफा रहोस भन्ने मेरो पनि चाहाना हो ।’ उहाले देशका प्रत्येक काममा आम नागरिकले मन सफा बनाउने बेला आएको बताउनु भयो ।
सहारा नेपाल बच तथा ऋण सहकारी संस्थाको २८ औं स्थापना दिवसको अवसरका फिक्कल शाखाले कन्याम पर्यटकीय क्षेत्रमा सरसफाई कार्यक्रम गरेको हो ।सहाराको आयोजना तथा स्थानीय संघ संस्थाको सहयोगमा भएको कार्यक्रममा स्थानीय जनप्रतिनिधि, पर्यटन ब्यवसायी, होटल ब्यवसायी, घोडचढी ब्यवसायी , सुरक्षाकर्मी , नगर प्रहरी , कर्मचारी लगायतको सहभागितामा कन्याम सरसफाई गरिएको सहारा नेपाल फिक्क्ल शाखा प्रमुख कल्पना ढुंगानाले जानकारी दिनु भयो । ‘स्थानीय युवाले थालेको अभियानलाई हामीले स्थापना दिवसमा साथ दिएका हौ’ढुंगानाले भन्नु भयो ।
उक्त अवसरका सहकारी संस्थाले सूर्योदय नगरपालिका वडा नं. ७ का अध्यक्ष लोक बहादुर राई मार्फत डष्टविन र झाडु हस्तान्तरण गरेको थियो । वडाध्यक्ष राईले सरसफाई कार्यक्रम शुरु गर्दै कन्याम क्षेत्रमा नगर र वडाले मात्र सरसफाई गरेर नपुग्ने हुँदा स्थानीय ब्यवसायी थप सक्रिय हुनु पर्ने बताउनु भयो । उहाले कन्यामलाई सफा राख्न जनप्रतिनिधि सहित सबै लाग्नु पर्ने बताउनु भयो । सरसफाईका क्रममा ३० बोरा बढी फोहोर संकलन गरिएको थियो ।
स्थानीय युवा तथा ब्यवसायीले कन्याममा साप्ताहि रुपमा कन्याम क्षेत्र सरसफाई गर्दै आएका छन । बाह्ै महिना आन्तरिक पर्यटकको भिड लाग्ने कन्याममा पर्यटकले फालेको प्लाष्टिक जन्य फोहोर थुप्रिने गरेको छ । पानीका बोतल देखि मदिराका बोतलले कन्याम पार्क सहित आसफसको चिया बगान ढाक्ने गरेको छ ।
स्थानीय पर्यटन ब्यवसायी टेकराज गिरीले कन्यामको सुन्दरता र चिया बगान जोगई राख्न सके मात्र पर्यटकको थप आर्कषण बढ्ने बताउनु भयो ।
स्थानीय युवा तथा पर्यटन ब्यवसायीले साप्ताहिक रुपमा कन्यामा सरसफाई गर्दै आएको कन्याम पर्यटन तथा सरसफाई समितिका जिवन प्रधानले जानकारी दिनु भयो ।
सहाराको स्थापना दिवसकै अवसरमा मंगलबार साझ फिक्कल शाखामा दिप प्रज्वलन सहित बिभिन्न कार्यक्रम गरिएको छ । उक्त अवसरमा आफना सदस्याका छोराछोरीलाई शैक्षिक सामग्री बितरण गरिएको कार्यालयले जनाएको छ । सहाराले बतच ऋण संगै बिभिन्न सामाजिक काम समेत गर्दै आएको छ ।

TOP