प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

इलामको क्षेत्र नं. २ लाई कहिले सुगम भन्न पाउने ?

  • प्रकाशित मितिः June 10, 2026
  • हाम्रो पालिका
इलामको क्षेत्र नं. २ लाई कहिले सुगम भन्न पाउने ?

माङसेबुङ : ३५ वर्षअघि दमक हुँदै लारुम्बा–रवि पुग्ने गोरेटो बाटो थियो । त्यही बाटोलाई फराकिलो पार्दै जाने काम भयो । त्यसैलाई चुनावी मुद्दा बनाएर धेरै माननीय, मन्त्री हुन पुगे । तर आज त्यो बाटो जस्ताको त्यस्तै छ ।

केही दिनअघि पाँचथरका माननीय बसन्तकुमार नेम्वाङ दमकबाट लारुम्बा हुँदै रवि पुगे । उनी चडेको गाडी धेरै ठाउँ रोकियो, बाटो पहिल्याउँदै अगाडि बढ्यो । त्यसको केही दिनपछि माननीय सुवास नेम्वाङ पनि त्यही बाटो हुँदै भोट माग्न पुगे ।फराकिलो र कालोपत्रे बनाउछु भन्दै भोट माग्न पुग्दा त्यहाँका जनताले विश्वास गरेर सुवास नेम्वाङलाई आफ्नो मत पनि जाहेर गरे । उनी पटक–पटक विजयी भए । तर, गुरुको जन्मोत्सव बाहेक त्यो बाटो फेरि फर्केर आएनन् ।

माङसेबुङमा कार्यक्रम हुँदा पनि नेम्वाङ हेलिकप्टरमा मात्र आइपुग्थे । त्यस क्षेत्रका जनताको दुःख सुख बुझ्न त परै जाओस् विकासका काममा गति नलिदा यो बेला नेम्वाङप्रति प्रश्नै–प्रश्न रहेको छ ।दलबल सहित माङसेबुङमा रहेका गुरु आत्मानन्दसँग आशिर्वाद लिन पुगेका बेला गुरुले नेम्वाङलाई यस क्षेत्रको भविष्य यहाँकै हातमा छ भन्दा पुरानै कामका विषयमा र गर्नुपर्ने बाटोको कुरा बाहेक अरु कुरा राख्न सकेनन् ।

यसरी नै गठबन्धनका उम्मेद्वार डम्बर खड्कासँग पनि गुरुले पुरानै मुद्दा उठाउँदा आफू सचेत रहेको मात्र बताए । गुरु कहाँ दमक–रवि सडकका मुद्दा लिएर आउने उम्मेद्वारहरुको लर्को उत्तिकै थियो ।संघका समानुपातिक उम्मेद्वारदेखि लिएर प्रदेशसम्मका उम्मेद्वारहरु शरणमा थिए । उनीहरुको एउटै भनाई थियो, ‘गुरु यसपालिको निर्वाचनमा आशिर्वाद प्रदान होस् ।’

गुरु आत्मानन्दले ३० वर्षअघिदेखि उठाउँदै आएको मुद्दा पटक–पटक उम्मेद्वारहरुलाई भनिरहे । उम्मेद्वारहरुले पनि गुरुको भनाईप्रति गम्भीर ध्यान भएको भन्ने शब्द बाहेक अरु भन्न सकेनन् ।

दमक–रवि बाटोमात्र होइन खानेपानीको पनि त्यतिकै समस्या क्षेत्र नं। २ मा रहेको छ । प्रशस्त जलाशय भएको ठाउँमा जनताले स्वच्छ खानेपानी खान नपाउनु, दुःख बिमार हुँदा बाटोको अभावले अकालमा ज्यान गुमाउनुपर्ने, बाटोकै अभावले कृषिजन्य सामाग्री बजार पुर्याउन नसकिने, विद्यालयमा बालबालिकाहरुलाई दिनुपर्ने सुविधाबाट बञ्चित हुनुपर्ने, विद्यालयका अधिकांश शिक्षकहरु राजनीति केन्द्रीत भएर दक्ष विद्यार्थी उत्पादनमा कमी आएको जस्ता समस्याले इलाम क्षेत्र नं। २ ग्रसित देखिन्छ ।

यस क्षेत्रमा स्थानीय सरकारले गरेको कामको परिणाम केही देखिए पनि संघ र प्रदेशको बजेटको काम त्यति धेरै जनताले अनुभव गर्न पाएका छैनन् । प्रदेशको बजेट ठाउँ–ठाउँमा देखिए पनि संघको बजेटको नामोनिशाना नभएको त्यस क्षेत्रका जनताको गुनासो छ ।

हेर्दा सुगम, हरियाली देखिए पनि कतिपय ठाउँ कर्णाली प्रदेश जस्तो देखिन्छ । बाटोको मात्र अभाव होइन, खानेपानी, बिजुली बत्ती जस्ता आधारभूत आवश्यकताका विषयको अभाव पनि त्यतिकै देखिन्छ ।मत माग्ने क्रममा पटक–पटक विजयी बनेका सुवास नेम्वाङप्रति त्यस क्षेत्रका जनताको गुनासो प्रशस्त रहेको जानिफकारहरुको भनाई छ ।० वर्षपछि हङकङबाट गुरु आश्रम भ्रमण गर्न आएका कृष्ण सुब्बा माङसेबुङको अवस्था उसबेला जस्तै देख्दा नेपालका नेतालाई सक्दो सराप गरेका थिए ।

उमेरले पाका ती सुब्बा जनताको विकासमा भन्दा सत्तामा पुगेर सुविधा लिने क्रममा लिप्त भएको कारण माङसेबुङ क्षेत्रमात्र होइन पहाडी क्षेत्र उज्यालो नभएको प्रतिक्रिया दिए । हुन त गुरुको जन्मोत्सवमा राजादेखि राष्ट्रपतिसम्म आइपुगे ।
त्यस्तै राजनेताहरु नआएका होइनन् । आउने नेताहरुले शिलान्यास गर्ने, आश्वासन दिलाउने फर्किएर गएपछि वास्तै नगर्ने भएको हुँदा माङसेबुङका जनता विश्वासिलो नेताको पर्खाइमा रहेको देखिन्छ ।yalambartimes

TOP