जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

असोज १ देखि मेची राजमार्गमा यातायात चल्ने

  • प्रकाशित मितिः May 29, 2026
  • हाम्रो पालिका
असोज १ देखि मेची राजमार्गमा यातायात चल्ने


विर्तामोड । लामो समयदेखिको बन्दाबन्दीले हजारौ मजदुरको रोजीरोटी गुमेको र बैँकको साँबा ब्याज तिर्न समस्या भएको भन्दै मेची राजमार्गमा सञ्चालन भइरहेको सार्वजनिक सवारी साधन असोज १ गते संचालनमा आउने भएका छन । मेची राजमार्ग क्षेत्रमा संचालन हुदै आएका १३ वटा यातायात सम्बद्ध संघ–संस्थाले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै आउँदो असोज १ गतेदेखि सवारी सञ्चालन गर्ने जनाएका हुन ।

यातायात व्यवसायीहरुले झापाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन–पत्र बुझाउँदै बन्दाबन्दीका कारण यातायात मजदुरको जीवन कष्टकर भएको, व्यवसायीहरुले बैकको व्याज र ऋण तिर्न नसक्ने अवस्था आएको भन्दै मेची राजमार्ग अन्तर्गत चल्ने सबै सार्वजनिक सवारीहरु पूर्ण रुपले सञ्चालन गर्ने ज्ञापनपत्रमा जनाएका हुन् ।

आइतवार प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ज्ञापन–पत्रमा बन्दाबन्दीको सबैभन्दा बढी असर यातायात क्षेत्रमा परेकोले इलाम, पाँचथर र ताप्लेजुङ जिल्ला प्रशासन कार्यालय समक्ष समेत ज्ञापन बुझाइने संस्थाका प्रतिनिधिले बताएका छन । बिर्तामोडस्थित टेकबहादुर गिरी बसपार्कमा भएको बैठकमा कञ्चनजंघा मेची यातायात, पूर्वाञ्चल यातायात प्रालि, विशाल भलाई यातायात प्रालि, बुद्धशान्ति यातायात, बुद्धशान्ति अटो प्रालि, हातेमालो यातायात, मेची पहाडी यातायात, पाथीभरा यातायात, अर्जुनधारा यातायात, हिमाल यातायात, तमोर मैवा यातायात, मेची अटो यातायात र तिम्बुङ पोखरी यातायातका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता थियो ।

ज्ञापनको बोधार्थ जिल्लाप्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बिर्तामोडलाई दिइएको कञ्चनजंघा यातायातका अध्यक्ष नरहरि चापागाँईले बताए । झापाबाट पुवी पहाडी जिल्ला इलाम, पाँचथर ताप्लेजुङ्ग लगायातका जिल्लाहरुमा साना ठुला गरि सयौ यातायात संचालनमा छन ।

TOP