माघ २० गतेदेखि ‘प्रथम देउमाई कप’ हुने – Hamropalika
जीवनशैली इलामका पाँच पालिकाका जनप्रतिनिधिलाई तालिम जीवनशैली नयाँ बुलन्द अनलाइन पत्रकारिता पुरस्कार २०८१ बाट प्रकाश नेपाल पुरस्कृत खेलकुद माईजोगमाई अध्यक्ष कपको उपाधि सूर्योदयलाई पालिका विशेष करेन्ट लागेर माई नगरपालिकाका शक्तिकुमार राईको मृत्यु प्रदेश रास्वपा सभापति एवं गृहमन्त्री लामिछानेद्वारा लारुम्बाको चुनावी सभामा सम्बोधन,कांग्रेस प्रतिपक्षमा पुगेपछि बर्बराउन थालेको आरोप प्रदेश इलामबासीका समस्यामा सधैं साथ दिइरहेको छु: कांग्रेस उम्मेदवार खड्का प्रदेश वर्तमान सत्ता गठबन्धन माघ कट्दैनः कांग्रेस महामन्त्री गगन थापा जीवनशैली बैशाख १५ गते कांग्रेसलाई सबैले मतदान गर्छनः महामन्त्री बिश्व प्रकाश शर्मा प्रदेश इलामको गोर्खेमा स्वास्थ्य शिविर हुँदै, ३५ सयमा ‘होलबडी जाँच प्रदेश पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह थेगिमको मंगलबारेमा चुनावी सभा
Hamropalika menu advertisement

माघ २० गतेदेखि ‘प्रथम देउमाई कप’ हुने

  • प्रकाशित मितिः May 14, 2024
  • hamro_palika

इलामः आगामी माघ २० गतेदेखि २७ गतेसम्म प्रथम ‘देउमाई कप’ हुने भएको छ । देउमाई स्पोटिङ क्लबको आयोजनामा हुने प्रतियोगितामा इलामका सबै १० वटा पालिका र पाँचथरको एक गरी ११ वटा टिमको सहभागिता रहने छ ।भानुभक्त माविको छात्रावास खेल मैदानमा प्रतियोगिता सञ्चालन गरिने क्लबका अध्यक्ष मणिकुमार तामाङले जानकारी दिए ।उनका अनुसार प्रतियोगिता यो प्रथम अन्तर पालिका प्रतियोगिता समेत हो ।
प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । पहिलो तथा उद्घाटन खेलमा आयोजक देउमाई नगरपालिका र माई नगरपालिका बिच प्रतिस्पर्धा हुने भएको छ ।प्रतियोगिताको प्रथम हुने टिमले नगद दुई लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । दोस्रो हुने टिमले नगद एक लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजक समिति सदस्य तथा प्रचार समिति संयोजक मौसम खनालको भनाई छ ।

उनका अनुसार उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी लगायतलाई समेत पुरस्कार वितरण गरिने छ ।इलामको देउमाई नगरपालिकाको सोही खेल मैदानमा केही वर्ष अघि अन्तर्राष्ट्रिय स्तरकै प्रतियोगिता हुने गरेको भएपछि पछिल्ला केही वर्ष यता ठुला प्रतियोगिता हुन सकिरहेको छैन । यो प्रतियोगिताले स्थानीय क्षेत्रमा नै खेलाडी उत्पादन, तथा खेल क्षेत्रको विकास हुने अपेक्षा गरिएको छ ।

खेल पर्यटनको प्रवर्द्धन तथा खेलाडीहरूलाई ब्यवसायिकतामा जोड दिएर प्रतियोगिता गर्न लागिएको आयोजकको भनाई छ । ‘युवाहरूको एकता र ऐकवद्धता, खेलकुदमा सहकार्य र सहभागिता’ भन्ने मूल नारा सहित प्रतियोगिता गर्न लागिएको हो ।

TOP