सूर्योदय ४ मा नेपाली कांग्रेसको वडा सम्मेलन सम्पन्न – Hamropalika
प्रदेश रास्वपा सभापति एवं गृहमन्त्री लामिछानेद्वारा लारुम्बाको चुनावी सभामा सम्बोधन,कांग्रेस प्रतिपक्षमा पुगेपछि बर्बराउन थालेको आरोप प्रदेश इलामबासीका समस्यामा सधैं साथ दिइरहेको छु: कांग्रेस उम्मेदवार खड्का प्रदेश वर्तमान सत्ता गठबन्धन माघ कट्दैनः कांग्रेस महामन्त्री गगन थापा जीवनशैली बैशाख १५ गते कांग्रेसलाई सबैले मतदान गर्छनः महामन्त्री बिश्व प्रकाश शर्मा प्रदेश इलामको गोर्खेमा स्वास्थ्य शिविर हुँदै, ३५ सयमा ‘होलबडी जाँच प्रदेश पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह थेगिमको मंगलबारेमा चुनावी सभा प्रदेश वैशाख १५ मा हुने इलाम क्षेत्र नं. २ को उपनिर्वाचनको तयारी तीव्र प्रदेश आचारसंहिता विपरित इलाममा दुर्गा प्रसाईंको ‘नो भोट’ अभियान पर्यटन इलामको फिक्कलमा २ दिने सडक महोत्सव शुरु पालिका विशेष ‘इलम इलाम’ अवधारणसहित कांग्रेस उम्मेदवार खड्काका यी हुन् ८ मुद्दा
Hamropalika menu advertisement

सूर्योदय ४ मा नेपाली कांग्रेसको वडा सम्मेलन सम्पन्न

  • प्रकाशित मितिः May 7, 2024
  • hamro_palika
बिवेक शर्मा लामिछाने

इलामको सूर्योदय नगरपालिका वडा नं. ४ मा नेपाली कांग्रेसको वडा सम्मेलन सम्पन्न भएको छ ।सबै वडामा वडा सम्मेलन गर्ने नगर समितिको कार्य तालिका अनुसार बुधबार वडा नम्बर ४ को वडा सम्मेलन सम्पन्न भएको हो ।
वडा नं ४ का कार्यवहाक वडा सभापती कृष्ण घिमिरेको सभापतित्व तथा महासमिति सदस्य धन कुमार आलेको प्रमुख आतित्थ्यतामा सम्पन्न उक्त कार्यक्रममा १ नं क्षेत्रका क्षेत्रीय सभापती तथा प्रदेश सांसद शमशेर राई दुवै प्रदेशका प्रदेशका सभापती मैया लिम्बु , निस्कल राई ,नगर सभापती जीवन नेपाल ,क्षेत्रीय प्रतिनिधि ,नगर सदस्य, महासमिति सदस्य, सहित दलित संघका कार्यवहाक अध्यक्ष भक्त वागदास प्रदेश अधिवेशन प्रतिनिधी , गाउँ कार्य समितिका पधाधिकारी र क्रियासिल सदस्य गरि करिव २ सय बढीको उपस्थिती रहेको थियो।
बिभिन्न नृत्य ,गायन लगायतका सांस्कृतिक कार्यक्रम सहित सम्पन्न उक्त कार्यक्रममा धेरै वटा वडाका वडा सभापतिको समेत उपस्थिती थियो।साथै कांग्रेसबाट निर्वाचित प्रतिनिधको उपस्थितीमा कांग्रेसमा रहेर लामो समय सम्म काम गर्नुहने सिताराम नेपाल, रत्न वहादुर लिम्बु र खड़ग बहादुर बस्नेत साथै नेपाली कांग्रेसवाट वडा नं. ४ मा निर्वाचित वडा सदस्य, जीवनकान्त न्यौपाने, प्रदेश सांसद समशेर राई, बन्धना अधिकारी, उपमेयर दुर्गा कुमार बराल, स्वबियु निर्वाचनमा निर्वाचित सदस्य आकाश खनाल र सुजल अर्याललाई खादा ओडाएर सम्मान पत्र सहित सम्मान गरिएको थियो
।वडा सचिव दिपेन्द्र पोखेलले संचालन गर्नु भएको उक्त कार्यक्रम वडा उपसभापती लाल वहादुर वस्नेतले स्वागत तथा उमेश लाप्चाले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु भएको थियो । कार्यक्रममा राजनितिक , आर्थिक,साथै भावी योजना सहितको प्रतिवेदन प्रस्तुत गरिएको थियो।कार्यक्रममा वोल्ने अधिकांश व्यक्तिले पार्टी सुदृढीकरणको आवश्यकता औंल्याउनु भएको थियो ।

TOP