सन्दकपुर गोल्डकप चैत २४ देखि – Hamropalika
प्रदेश रास्वपा सभापति एवं गृहमन्त्री लामिछानेद्वारा लारुम्बाको चुनावी सभामा सम्बोधन,कांग्रेस प्रतिपक्षमा पुगेपछि बर्बराउन थालेको आरोप प्रदेश इलामबासीका समस्यामा सधैं साथ दिइरहेको छु: कांग्रेस उम्मेदवार खड्का प्रदेश वर्तमान सत्ता गठबन्धन माघ कट्दैनः कांग्रेस महामन्त्री गगन थापा जीवनशैली बैशाख १५ गते कांग्रेसलाई सबैले मतदान गर्छनः महामन्त्री बिश्व प्रकाश शर्मा प्रदेश इलामको गोर्खेमा स्वास्थ्य शिविर हुँदै, ३५ सयमा ‘होलबडी जाँच प्रदेश पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह थेगिमको मंगलबारेमा चुनावी सभा प्रदेश वैशाख १५ मा हुने इलाम क्षेत्र नं. २ को उपनिर्वाचनको तयारी तीव्र प्रदेश आचारसंहिता विपरित इलाममा दुर्गा प्रसाईंको ‘नो भोट’ अभियान पर्यटन इलामको फिक्कलमा २ दिने सडक महोत्सव शुरु पालिका विशेष ‘इलम इलाम’ अवधारणसहित कांग्रेस उम्मेदवार खड्काका यी हुन् ८ मुद्दा
Hamropalika menu advertisement

सन्दकपुर गोल्डकप चैत २४ देखि

  • प्रकाशित मितिः May 2, 2024
  • hamro_palika

इलाम : तेस्रो सन्दकपुर आमन्त्रित गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । सन्दकपुर गाउँपालिका ३ देउरालीस्थित सात खाल्डे सहिद खेलमैदानमा चैत २४ गतेदेखि वैशाख १ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ ।

देउराली स्पोर्टिङ क्लबको आयोजना तथा सन्दकपुर गाउँपालिकाको संरक्षकत्वमा हुने प्रतियोगिताको विजेताले नगद १ लाख ५१ हजार र आकर्षक ट्रफी प्राप्त गर्नेछ । आयोजक समितिका उपाध्यक्ष सुरेश बुर्जा मगरका अनुसार उपविजेताले नगद ८१ हजार र ट्रफी पाउने छ भने प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद २ हजार प्राप्त गर्नेछ ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट रक्षक र सर्वाधिक गोलकर्ताले जनही ४र४ हजार पाउने आयोजक समितिका उपाध्यक्ष मगरले जानकारी दिए ।उनका अनुसार प्रतियोगितामा इलाम, ताप्लेजुङ, झापा र ललितपुरका ८ टिमको सहभागिता रहने छ । जसमा इलामको आयोजक टिम, रेड हर्ष एफसी, फिक्कल युनाइटेड एफसी, नव प्रयास युवा क्लब फुङ्लिङ्ङ नगरपालिका ताप्लेजुङ, झापाको बिर्तामोड युनाइटेड एफसी, दमक युनाइटेड एकाडेमी, बुट्टाबारी युनाइटेड क्लब र ललितपुरको सुनाकोठी एफसी रहेका छन् ।

TOP