कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

इलाममा भन्सार छलीको कपडा सहित गाडी बरामद

  • प्रकाशित मितिः November 20, 2025
  • हाम्रो पालिका
इलाममा भन्सार छलीको कपडा सहित गाडी बरामद

फिक्कल: इलामको पशुपतिनगर स्थित नेपाल भारत खुल्ला सिमानाबाट हुँदै भारतबाट अबैध रुपमा भन्सार छलेर ल्याईएको कपडा प्रहरीले इलामको गोलाखर्कबाट बरामद गरेको छ । भारतबाट पशुपतिनगर नाका हुँदै इलाम नगरपालिका ९ गोलाखर्कमा पु¥याईएको पाँच लाख बढीको अवैध कपडा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलिले बरामद गरेको हो ।
मेची राजमार्गमा चेक प्वाईन्ट खडा चेकजाँच गर्ने क्रममा मे १ ज २०६६ नम्बरको गाडिमा जुम्लाको हिमा गाउँपालिका वडा नं. १ बस्ने ४७ बर्षीय पूर्ण शाहीले इलाम पशुपतिनगरको नेपाल भारत खुल्ला सिमा नाकाको प्रयोग गरी भारतबाट भन्सार छलेर ल्याउदै गरेको पाँच लाख ११ हजार दुई सय २० रुपियाँ मुल्य बराबरको कपडा र मे १ ज २०६६ नम्बरको गाडी सहित बरामद गरी कारवाहीका लागि भन्सार कार्यालय पशुपतिनगरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

TOP