पालिका विशेष न्यूनतम सेवा मापदण्डमा अन्तु स्वास्थ्य चौकी जिल्ला भरमा पहिलो पालिका विशेष सूर्योदयमा बृक्षारोपण अभियान शुरु जीवनशैली सूर्योदयमा आप्रवासी उद्यमी,ब्यवसायीलाई सहयोग तथा सम्मान पालिका विशेष सूर्योदयका सामाजिक समस्या समाधानका लागि एलायन्सको ध्यानाकर्षण पालिका विशेष इलाम नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा पालिका विशेष इलामको माङसेबुङ गाउँपालिकाका ११० घरपरिवारलाई लालपुर्जा जीवनशैली माइजोगमाईका युवा उद्यमीलाई बस्तुगत सहायता हस्तान्तरण अर्थ वाणिज्य माईजोगमाई ५ का जेष्ठ नागरिकलाई सम्मान Uncategorized माइजोगमाईका उद्यमी युवालाई बस्तुगत सहायता हस्तान्तरण कला / मनोरञ्जन इलामे श्रष्टा दिपेन्द्रको पृथ्वीको ब्यपार
Hamropalika menu advertisement

नेपालमा डेङ्गु सङ्क्रमितको सङ्ख्या १३ हजार नाघ्यो

  • प्रकाशित मितिः July 13, 2025
  • हाम्रो पालिका
नेपालमा डेङ्गु सङ्क्रमितको सङ्ख्या १३ हजार नाघ्यो

नेपालमा डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या १३ हजार नाघेको छ ।इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको बुलेटिनअनुसार हालसम्म १३ हजार सात जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।डेङ्गुबाट सबैभन्दा बढी ललितपुरमा चार हजार ९८, काठमाडौँमा तीन हजार ५२ र मकवानपुरमा एक हजार चार सय २२ जना सङ्क्रमित छन् ।

यस्तै रुपन्देहीमा छ सय ४१, भक्तपुरमा चार सय ८२, दाङ्मा तीन सय ७८, चितवनमा तीन सय ४३, धादिङ एक सय ४५, काभ्रेपलाञ्चोकमा एक सय ३४ र दार्चुलामा एक सय २१ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।
डेङ्गुका बिरामी सबैभन्दा बढी बागमती प्रदेशमा नौ हजार नौ सय ७१ जना रहेका छन् । हालसम्म डेङ्गुको सङ्क्रमणबाट १३ जनाको निधन भइसकेको छ ।विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुने, सफा र जमेको पानीमा बस्न ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेङ्गु सर्ने गर्छ ।

TOP