कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

फिक्कलमा शल्यक्रिया सहितको ३ दिने आँखा शिविर शुरु

  • प्रकाशित मितिः November 18, 2025
  • हाम्रो पालिका
फिक्कलमा शल्यक्रिया सहितको ३ दिने आँखा शिविर शुरु

फिक्कल: इलामको सूर्योदय नगरपालिकामा शल्यक्रिया सहितको तीन दिने आँखा शिविर शुरु भएको छ ।सूर्योदय नगरपालिका र नेत्रज्योती संघ जिल्ला शाखा इलामको संयुक्त आयोजना र विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा शल्यक्रिया सहितको आँखा आँखा शिविर शुरु भएको हो ।
यस भाद्र ३ गते देखि १६ गते सम्म सूर्योदयका सम्पूर्ण वडामा मोतिया बिन्दुको छनौट तथा आँखा उपचार सेवा सहितको शिविर सञ्चालन भएको थियो ।वडा स्तरको शिविरमा जम्मा १हजार ४ सय ४५ जनाले सेवा लिएकोमा जम्मा १ सय ७२ जनामा मोतिया बिन्दुको समस्या देखिएको थियो । ३५ जनामा शल्यक्रिया गर्नु पर्ने प्रकृतिको विभिन्न समस्या देखिएकोले जम्मा २ सय ७ जनालाई शल्यक्रियाको लागि फिक्कल शल्यक्रिया शिविरमा सहभागी गराईको सूर्योदय नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक रविन खत्रीले जानकारी दिनु भयो ।
शिविरको पहिलो दिन जम्मा ५६ जनाको शल्यक्रिया गरिएकोमा मोतियाविन्दु भएका ४७ जना र अन्य माईनर सर्जरी ८ जनाको गरियो भने ७३ जना महिला सहित जम्मा १ सय ३५ जनालाई निःशुल्क आँखा जाँच (ओ.पि.डी) सेवा उपलब्ध गराईएको छ ।
शिविरमा चस्मा तथा औषधी वितरण समेत गरिएको छ ।शल्यक्रिया सेवाको लागि बिराटनगर आँखा अस्पतालका सिनियर सर्जन डाक्टर प्रज्ञा लुईटेलको टिमले सेवा दिईरहेकोछ । शिविरको औपचारिक उद्घाटन कार्यक्रम नेत्रज्योतीसँघ इलामका सभापती इन्द्र फुयालको अध्यक्षता र नगर प्रमुख रण बहादुर राईको प्रमुख आतित्यथामा शुरु भएको थियो । शिविरको उद्घाटनमा सूर्योदय नगरपालिकाका सामाजिक विकास समिति सयोजक डिक बहादुर बम्जन, प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराइ, नेत्र ज्योती संघका पदाधिकारी, नगर स्वास्थ्य क्षेत्रका प्रमुख सहभागी बन्नु भएको थियो । शिविरमा भोलि र पर्सी पनि सबै किसिमका सेवा उपलब्ध गराइने छ ।

TOP