कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

बार एसोसिएसन इलामको अध्यक्षमा पौडेल निर्वाचित

  • प्रकाशित मितिः November 12, 2025
  • हाम्रो पालिका
बार एसोसिएसन इलामको अध्यक्षमा पौडेल निर्वाचित

इलाम: उच्च अदालत बार एसोसिएसन इलामको अध्यक्षमा उत्तम पौडेल निर्वाचित भएका छन् ।शुक्रबा नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा प्रतिष्पर्धी उम्मेद्वारलाई कृष्ण श्रेष्ठलाई २४ मतान्तरले पराजित गर्दै पौडेल निर्वाचित भएका हुन् । पौडेलले ३४ मत पाउँदा प्रतिष्पर्दी श्रेष्ठले १० मत मात्र पाएका थिए ।

उपाध्यक्षमा विद्या सापकोटाले ३२ प्राप्त गर्दै विजयी भइन् । प्रतिष्पर्दी भिम रिजालले १२ मत ल्याएका थिए ।सचिवमा लोकबहादुर तामाङ, कोषाध्यक्षमा प्रदिप अधिकारी निर्वाचित भएका छन् । सदस्यहरुमा जसबहादुर लुंगेली, सुधिर बोहोरा, अशेष मगर, तीर्थराज खतिवडा र जीवन कोइराला निर्वाचित भएका छन् ।

केन्द्रिय पार्षदमा हिरन्य प्रसाद अधिकारी ४० मत, मणीराम निरौला ३३ मत र भाष्कर पोखरेलले ३२ मत सहित विजयी भएका छन् । तारानिधी घिमिरेले ११ मत मात्र पाएका छन् ।अध्यक्ष सहित उपाध्यक्ष र केन्द्रीय पार्सद गरि तीन पदमा मात्र चुनाव भएको थियो । अन्य पदमा सर्वसहमत नेतृत्व चयन भएको हो ।

यस पटकको नेतृत्व चयनका लागि प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन ९पिपिएलए० र डेमोक्रेटिक लयर्स एसोसिएसन ९डिएलए० ले गठबन्धन गरेका थिए । श्रेष्ठ भने गणतान्त्रिक प्रगतीशिल कानुन व्यवसायी एसोसिएसन आरपिएलएबाट अध्यक्षमा मनोनयन दर्ता गराएका थिए ।
आगामी २ वर्षको लागि नयाँ नेतृत्व चयन भएको हो । निर्वाचनमा ६३ जना मतदाता थिए ।

TOP