कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

मेची राजमार्गको भालुझोडामा दुर्घटना हुँदा अन्तुका रत्नकुमारको मृत्यु

  • प्रकाशित मितिः November 18, 2025
  • हाम्रो पालिका
मेची राजमार्गको भालुझोडामा दुर्घटना हुँदा अन्तुका रत्नकुमारको  मृत्यु

इलाम: इलाममा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ । मेची राजमार्गको भालुझोडामा दुर्घटना हुँदा मोटरसाइकल चालक इलाम सूर्योदय नगरपाकिला ४ श्रीअन्तुका रत्नकुमार थापा मगरको मृत्यू भएको हो । 
इलाम मेची राजमार्ग स्थित कन्याम– जोरकशल सडक खण्डको रोङ ४ भालुझोडामा सडक खण्डमा झापाबाट इलाम आउँदै गरेको मे ४ प ८३५५ नम्बरको बाइक र सोही दिशाबाट आउँदै गरेको मे १ ख ६५४ नम्वरको ट्रकसंग दुर्घटनामा हुँदा मोटरसाइकल चालक थापा घाइते हुनु भएको थियो । उहाँलाई उपचारका लागि भद्रपुर झापा स्थित मेची अञ्चल अस्पतालमा लैजाँदा डाक्टरले मृत घोषणा गरेको अस्पताललाई उदृत गर्दै इलाका प्रहरी कार्यालय पशुपतीनगरका इन्चार्ज बलराम गिरीले जानकारी दिनभयो । 
ट्रकलाई ओभरटेक गरेर अगाढी बढ्ने क्रममा बाइक अनियन्त्रित भई ट्रकको मुनीको भागमा पसेको जनाइएको छ । अपहन्न चारबजेतिर भएको दुर्घटनामा परि थापाको मृत्यू भएपछि ट्रक चालक इलाम सूर्योदय नगरपालिका ९ का बिमल तामाङलाई नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो । मृतकको उमेर र अन्य कुरा खुल्न सकेको छैन । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । 

TOP