कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

सुवास नेम्वाङ विरुद्ध स्वतन्त्र उम्मेद्धारी दिने खनालको घोषणा

  • प्रकाशित मितिः November 12, 2025
  • हाम्रो पालिका
सुवास नेम्वाङ विरुद्ध स्वतन्त्र उम्मेद्धारी दिने खनालको घोषणा

इलाम : लामो समयदेखि सुवास नेम्बाङलाई जिताउन लागिपरेका इलामका केशव खनाल यस पटक भने नेम्बाङ बिरुद्ध स्वतन्त्र उम्मेदवारी दिने भएका छन । पटक पटक चुनाव जितेर पनि नेम्बाङले इलामको क्षेत्र नं। २ लाई विकास गर्न नसकेको भन्दै स्वतन्त्रबाट नेम्बाङसँग चुनाव लड्ने भएका हुन ।

यस क्षेत्रबाट चुनाव जितेर गएर राष्ट्रको मुख्य पोस्टमा पुगे पनि चुनाव जितेको क्षेत्रमा विकास गर्न नसकेको कारण अव नयाँ पुस्ता अघि बढ्नु पर्ने भन्दै चुनाव लड्ने घोषण गरेका हुन । ‘मैले नेम्बाङलाई चिन्दा देखि बेलासेको पुल र २ नं. क्षेत्रमा एउटा पनि बिजुलीको पोल थिएन भनेर भाषण गरेका नेम्बाङ अहिले पनि त्यही भाषण गर्छन् खनालले भने, ‘२५ वर्षमा पनि एउटै भाषण दोर्यायाईरहने कस्तो काम गरेछन् आफै बुझ्नु भन्दै माई नगरपालिकामा एक दुई वटा पुल बनाएका छन तर अन्य क्षेत्रमा भने न बाटो छ न पुल नै बिरामी हुँदा त्यहाँका जनता मर्नुपर्ने अवस्था छ ।’ ‘अहिले पनि इलामको क्षेत्र नं २ कर्णाली नै छ, खनालले भने नेम्बाङले जिते सम्म अझै पनि त्यहाँको विकास नहुने भन्दै अव देश विकासका लागि युवा अघि बढ्नुको विकल्प छैन ।’

इलामको क्षेत्र नं २ को फाकफोकथुममा जाँनुहोस त्यहाँ जाँदै गर्दा त्यहाँको विकास देखेर यति पिडा हुन्छ, त्यस क्षेत्रमा जान २५ वर्ष लगाएर बनाएको दोवानको एउटा पुल पनि खोलाले बगाएको छ, बाटोको स्थिति कुरै नगरौ राँके रबि सडकको अवस्था सबैले देखेकै छ अहिले सम्म बिजुलीको पोल छैन’ खनालले भने, ‘त्यही क्षेत्रबाट चुनाव जितेका नेम्बाङले पहिले कर्णाली थियो भनेर भाषण गर्दे गर्दा अहिले पनि कर्णाली नै छ भनेर कहिले पनि महसुस भएन र उहाँले अब गर्न सक्नुहुन्न भनेर इलामको २ नं। क्षेत्रमा उम्मेदवारी दिँदै छु ।’
अव उहाँ शारीरिक रुपमा पनि पाको भइसक्नु भएको र एउटै भाषणले २५÷३० वर्ष त्यस क्षेत्रमा जितायौँ अव पनि जिताउने कारण कुनै पनि नभएको भन्दै मलाई जिताउनु भयो भने यो क्षेत्र कर्णाली थियो भन्ने चाहिँ उच्चारण गर्नु नपर्ने बनाउने खनालले बताए । उनले आफूले जितेको खण्डमा सडक, विजुली, पक्की पुल, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर काम गर्ने बताए । उनले इलामको क्षेत्र नं २ को विकासमा युवा नलागी परिवर्तन नहुने भन्दै सबै युवा एक भएर लाग्न आव्हान गरेका छन ।

विक्रम संवद २०३६ सालमा जन्मिएका खनाल बुढा नेताले गरेको हेरिसकेको अब युवाले गर्नुपर्ने बताउँछन्। आफु जन्मेको ठाउँ विकास हुन नसकेपछि विकासकै लागि आफूले उम्मेदवारी दिने खनालको भनाई छ । हाल समेत राँके रवि सडक निर्माणमा जनप्रतिनिधिले प्रश्न नउठाएको, नेपाल टार मङ्गलवारे पक्की सडक कच्चीमा परिणत हुनै लाग्दा समेत सुवासचन्द्र नेम्बाङ र सो क्षेत्रका जनप्रतिनिधि हेरेर नै बसेका कारण पनि सो क्षेत्रमा विकास हुन नसकेको उहाँको भनाई छ ।

साथै स्वास्थ्य क्षेत्रमा विकास हुन नसकेको, पर्यटन प्रवर्द्धनमा काम नभएको र समग्रमा विकास अघि बढाउन सो क्षेत्रका नेता लागि नपरेका कारण आफूले उम्मेदवारी दिन लागेको उनी बताउछन् । कसैसँग प्रतिष्पर्दा भन्दा नि इलाम क्षेत्र नम्बर दुईका बासिन्दाले मत दिए भने विकासका लागि आफू तल्लीन हुने उनको भनाई छ । खनाल समेत नेकपा एमाले इलामको बिभिन्न पदमा रहेर काम गर्दै आएका छन ।

२०५३ सालमा एमालेको विद्यार्थी संगठन अखिलको इलाम नगरपालिकाको संस्थापक कोषाध्यक्ष भएर काम गरे । नेकपा एमाले इलामकै उद्योग तथा वाणिज्य बिभागको जिल्ला सदस्य समेत भै सकेका खनाल पछिल्लो समय एमाले इलाम नगरपालिका नगरकमिटी सचिवालय सदस्य पदबाट राजिनामा दिइसकेको बताउँछन । ब्यवसाय तथा राजनितिसँगै सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय खनालको नेपाल बन्दमा इलामलाई बन्दमुक्त बनाउन महत्वपूर्ण भुमिका मानिन्छ । सन्दकपुर अनलाईनबाट

TOP