कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

इलाममा कार्यरत दिनेश ‘उत्कृष्ट ट्राफिक प्रहरी ’घोषित

  • प्रकाशित मितिः November 15, 2025
  • हाम्रो पालिका
इलाममा कार्यरत दिनेश ‘उत्कृष्ट ट्राफिक प्रहरी ’घोषित

फिक्कल : इलामको बिब्ल्याटेमा कार्यरत प्रहरी सहायक हवलदार दिनेश भट्टराई साउन महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषित भएका छन् । विभागीय नीति निर्देशन बमोजिम व्यवसायिक ढंगले डयुटीमा खटिएको भन्दै प्रदेश ट्राफिक प्रहरी कार्यालयले उत्कृष्ट घोषित गरेको हो ।

ट्राफिक व्यवस्थापन मिलाउने क्रममा यत्रतत्र पार्किङ गरी राखिएको सवारी साधनलाई व्यवस्थित गर्ने कार्यमा निरन्तर सक्रियता देखाएको, सवारी दुर्घटना, ट्राफिक व्यवस्थापनका लागि सचेतनामुलक कार्यक्रम संचालन गरी नागरिकसंग समन्वय र अन्तरक्रिया गरेको जनाइएको छ ।

कार्यालय प्रमुख प्रहरी उपरिक्षक श्यामकुमार महतोले जारी गरेको सम्मानपत्रमा सेवाग्राही प्रति मुस्कान सहितको सेवा प्रदान गरी नागरिकहरुलाई प्रहरीलाई हेर्ने दृष्टिकोण सकारात्मक सोचको विकास गराउने कार्य गरेको जनाइएको छ ।

TOP