कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

इलाममा ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु

  • प्रकाशित मितिः November 12, 2025
  • हाम्रो पालिका
इलाममा ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु

इलाम: इलाममा नेपाली कांग्रेसको चुनाव लक्षित अभियान शुरु भएको छ । देशब्यापी कार्यक्रम अन्र्तगत शुक्रबार केन्द्रीय प्रतिनिधि महेन्द्र कुमारी लिम्बुको उपस्थितिमा अभियानको शुरु गरिएको हो ।

इलाममा महेन्द्र कुमारी लिम्बु केन्द्रीय प्रतिनिधिका रुपमा आएकी छन् । उनले इलाममा भएको कार्यक्रमको औपचारिक रुपमा उद्घाटन गरेकी छन् । जिल्ला सभापती डम्बरबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, प्रदेश समिति सदस्य लगायत स्थानिय तहमा निर्वाचित जनप्रतिनिधि, भातृ संगठन तथा सुभेक्षुक संस्थाका प्रतिनिधिको समेत सहभागिता रहेको पार्टी जिल्ला सचिव पूर्णप्रसाद गौतमले जानकारी दिए । उनले चुनाव केन्द्रीत यो पहिलो चरणको कार्यक्रम भएको र आचार संहिता लाग्नु हुनु अघिसम्म अभियानकै रुपमा कार्यक्रम सञ्चालन गरिने बताए ।

सो कार्यक्रममा प्रदेश समिति सदस्य र जिल्ला समितिले समेत मातहतमा प्रतिनिधि खटाउने कांग्रेसले बताएको छ।अभियानका क्रममा जनताका समस्या सुन्ने, सरकारले गरेको कामको जानकारी गराउने र सत्तारुढ गठबन्धनका दलहरुबीच तालमेलको औचित्य पुष्टि गर्ने कांग्रेसले जनाएको छ।
सत्तारुढ कांग्रेसले आगामी मंसिर ४ को प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन लक्षित अभियान चलाएको हो। अभियान शुक्रबारदेखि २४ गतेसम्म चल्ने जनाइएको छ ।अभियानका लागि कांग्रेसले यसअघि नै केन्द्रीय प्रतिनिधि ७७ वटै जिल्लामा पठाएको थियो ।

TOP