कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

पत्रकार सोम सुसेलीद्धारा नगर सभापतीमा उम्मेद्धारी घोषणा

  • प्रकाशित मितिः November 22, 2025
  • हाम्रो पालिका
पत्रकार सोम सुसेलीद्धारा नगर सभापतीमा उम्मेद्धारी घोषणा

इलाम : नेपाली कांगे्रसको आसन्न १४ औँ महादधवेशनमा इलामका अग्रज पत्रकार सोम सुसेलीले इलाम नगरपालिकाको नगर सभापतीमा उम्मेद्धारी घोषणा गरेका छन् । इलाम नगरपालिका वडा नम्वर ९ बाट क्षेत्रिय प्रतिनिधिमा निर्वाचित सुसेलीले इलाम नगरपालिकाको नगर सभापतीमा उम्मेद्धारी घोषणा गरेका हुन् ।
नेपाल पत्रकार महासंघ प्रदेश नम्वर एकका निवर्तमान उपाध्यक्ष तथा पत्रकार महासंघ इलाम शाखाका संस्थापक सचिव समेत रहेका सुसेली पूर्व सभापती समेत हुन् । उनी २०४५ सालदेखी नेपाली कांग्रेसमा सक्रिय रहँदै आएका छन् । नगर सभापतीमा उम्मेद्धारी घोषणा गरेका सुसेली २०५३ साल देखी नेपाली कांग्रेसको क्रियाशिल सदस्य समेत रहेर काम गरिरहेका छन् । रेडियो नेपालवाणी एफएमका स्टेसन मेनेजर समेत रहेका सुसेली नेपाली कांग्रेसको बिभिन्न उपसमितिमा सक्रिय रहँदै आएका छन् ।
नेपाली कांग्रेस केन्द्रिय कार्य समितिले उनलाई कोभिड १९ को इलाम जिल्लाको सूचना संयोजकको जिम्मेवारी दिएको छ । नेपाल टे्रड युनियन कांग्रेस केन्द्रीय समिति अन्तर्गतको अनुसन्धान तथा अनुगमन उप समितिको समैत जिम्मेवारी सम्हाली रहेका छन् । साथै नेपाल मानव अधिकार संगठनका केन्द्रीय सदस्य तथा प्रदेश नम्वर एकका संयोजक समेत रहेका छन् ।उनले यस अघि स्थानिय प्रदेश र संघिय निर्वाचनमा नेपाली कांग्रेसको प्रचार समिति संयोजक भएर काम गरेका छन् ।

TOP