कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

रेडक्रस इलामद्धारा सूर्योदय , माई र रोङलाई स्वास्थ्य सामग्री हस्तान्तरण

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
रेडक्रस इलामद्धारा सूर्योदय , माई र रोङलाई स्वास्थ्य सामग्री हस्तान्तरण

फिक्क्ल:नेपाल रेडक्रस सोसाइटी इलामले सूर्योदय , माई र रोङलाई स्वास्थ्य सामाग्री हस्तान्तरण रेको छ । कोभिड संक्रमण बढिरहेका बेला रेडक्रसले स्थानीय पालिकाहरुलाई कोभिडका बिरामीको उपचारमा सहजताका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । रेडक्रसले सूर्योदय नगरपालिकामा एक थान अक्सिजन कन्सन्ट्रेटर, एक थान वाटर प्युरिफायर र पिपिई सेट प्रदान गरेको फिक्कल उपशाखाका सभापति सुजन नेपालले जानकारी दिनु भएको छ ।

जिल्ला सभापति शिव गौतम र उपशाखा सभापति नेपालबाट संयुक्त रुपमा नगर प्रमुख रण बहादुर राईलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । सीमासँग जोडिएको क्षेत्र भएकाले कोभिड संक्रमितको संख्या भने बढिरहेको छ । जिल्लास्थित कोभिड संकट व्यवस्थापन समितिले पनि सरुर्योदयलाई कोभिड संक्रमणको ‘रेड जोन’मा राखेको थियो ।
यस्तै नेपाल रेडक्रस सोसाइटी दानाबारी उपशाखा र जिल्ला शाखाले संयुक्त रुपमा माई नगर अस्पताललाई एक थान अक्सिजन कन्सन्ट्रेटर सहित स्वास्थ्य सामग्री प्रदान गरेको छ । रेडक्रस जिल्ला शाखाका शिब प्रसाद गौतम लगायत रेडक्रसकर्मीहरुको टोलीले माईका स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेल र माई नगरपालिका लेखा शाखा प्रमुख क्षेत्रनाथ शर्मालाई संयुक्त रुपमा १० लिटर क्षमताका कन्सन्ट्रेटर एक थान, पिपिई लगायत स्वास्थ्य सामाग्री प्रदान गरेको रेडक्रस दानाबारी उपशाखा सभापति मित्र प्रसाद गौतमले जानकारी दिए।
स्वास्थ्य बिमा कार्यक्रम सहित जिल्लाकै दोस्रो १५ बेडको सरकारी अस्पताल सन्चालन गरिएको माई नगर अस्पतालमा अब ७ बटा अक्सिजन कन्सन्ट्रेटर भएको प्रमुख कट्टेलले जानकारी दिनु भयो । उक्त अस्पतालमा मेडिकल अधिकृत डा राम कृष्ण आचार्य सहित स्वास्थ्यकर्मीको टोलीले दैनिक ६० जना भन्दा बढीको स्वास्थ्य परिक्षण गरि रहेका छन ।
रेडक्रस सोसाइटी इलामले रोङ गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोभिड संक्रमण बढिरहेका बेला रेडक्रसले एक थान अक्सिजन कन्सन्ट्रेटर, एक थान वाटर प्युरिफायर र पिपिई सेट प्रदान गरेको गाउँपालिकाले जनाएको छ ।
झापाको सीमा क्षेत्रसँग जोडिएको रोङमा कोभिड संक्रमितको संख्या भने बढिरहेको छ । जिल्लास्थित कोभिड संकट व्यवस्थापन समितिले पनि रोङलाई पनि कोभिड संक्रमणको ‘रेड जोन’मा राखेको थियो । रोङमा दोस्रो लहरको कोभिडबाट ४८३ जना संक्रमण पुष्टि भएको छ भने ६ जनाको मृत्यु भएको छ ।

TOP