फिक्कल: इलामको सूर्योदय नगरपालिका १० फिक्कल बजारबाट ब्राउन सुगर सहित एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
फिक्कल प्रहरी चौकीका प्रहरी नायब निरीक्षक बिष्णु प्रसाद सापकोटाको नेतृत्वमा खटीएको नेपाल प्रहरी र शसस्त्र प्रहरी बल आइतबारेको टोलीले बुधबार दिउसो ७ पोका ब्राउन सुगर सहित सूर्योदय नगरपालिका ९ का २९ बर्षीय बुद्ध तामाङलाई पक्राउ गरेको हो ।
प्रहरी नायब निरीक्षक सापकोटाका अनुसार पक्राउ परेका ब्यक्तिको साथबाट बरामद भएको ब्राउन सुगरको मात्रा शुन्य दशमलब २०० मिलिग्राम रहेको छ । प्रहरीले पक्राउ गरिएका तामाङ लागु औषध कारोबारी हुन सक्ने जनाएको छ । तामाङलाई कानुनी प्रक्रिया अनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।